काठमाडौं, १५ माघ । अखिल (क्रान्तिकारी) का पूर्व केन्द्रीय अध्यक्ष रमेश मल्लले क्रान्तिकारी युवा र नेकपा साम्राज्यवादसामू नझुक्ने बताएका छन् । सानोठिमी क्याम्पस भक्तपुरमा अखिल (क्रान्तिकारी) र अखिलको संयुक्त आयोजनामा भलिबल प्रतियोगिताको उद्घाटन र नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रममा बोल्दै युवा नेता मल्लले भेनेजुएलामाथि अमेरिकी आक्रमण आफूहरुका लागि मान्य नहुने बताए ।
कार्यक्रममा नेता मल्लले भने, ‘अमेरिकी साम्राज्यवादले भेनेजुयलामाथि गरेको हस्तक्षेपको निन्दा गर्नु हरेक स्वतन्त्र राष्ट्र र जनताको कर्तव्य हो, अधिकार हो । अमेरिकी दूतावासको प्रतिक्रिया विश्वव्यापी कम्युनिस्ट पार्टी र सरकारका विरुद्ध हस्तक्षेपको हिस्सा हो । हामी कसैको गुलाम होइनौं ।’
नेकपाका अध्यक्ष प्रचण्डले अमेरिकी हस्तक्षेपका विरुद्ध जारी गरेको विज्ञप्तिलाई लिएर अमेरिकी दूतावासले सरकारको आधिकारिक धारणा मागेकोमा नेता मल्लले आक्रोश पोखे । मल्लले भने, ‘हामी विश्व सर्वहारा वर्ग र श्रमजीवी जनताको पक्षमा छौं, हाम्रो आफ्नै विश्वदृष्टिकोण छ, राजनीति छ । हामीले हाम्रो राजनीतिक पक्षधरता प्रस्तुत गर्दा स्पष्टिकरण सोध्ने अधिकार कसैलाई छैन ।’
मल्लले साम्राज्यवादको ‘फुटाउ र शासन गर’को नीति धेरै समय नटिक्ने बताए । उनले भने, ‘अब विश्वमा एक ध्रुव मात्र छैन, विश्व बहुध्रुवमा विभाजित हुँदैछ । भेनेजुयलामाथिको हस्तक्षेप फुटाउ र शासन गर नीतिकै अर्को रुप हो, त्यो आपराधिक मानसिकता हो । हामी भेनेजुयला र राष्ट्रपति निकोलस मादुरोको पक्षमा दृढतापूर्वक उभिन्छौं ।’
मल्लले कम्युनिष्टहरु संसारभरिको शोषण र अत्याचारको पक्षमा उभिनुपर्ने बताए । उनले भने, ‘हामी कम्युनिष्ट हौं, विश्वभरि जुनकुनै ठाउँमा हुने शोषण, अत्याचार र हस्तक्षेपको हामी विरोधी हौं । हामी विश्वन्धुत्व चाहन्छौं, यसमा हाम्रो कसैसँग सम्झौता हुँदैन । हाम्रो ऐक्यवद्दता जारी रहन्छ ।’
बेपत्ता योद्धा पोखरराज बुढाथोकी सम्झना गर्दै मल्लले भने, ‘सानोठिमी क्याम्पस क्रान्तिकारीको रक्तरन्जित भूमि हो, अब यो एकतावद्द अखिलको नेतृत्वले निरन्तरता दिनेछ । एकीकृत अखिलले शहिद र बलिदानीको गौरवशाली गाथा कायम राख्नेछ ।’
भर्खरै संसदबाट पारित भएको चिकित्सा शिक्षा विधेयकको विरोध गर्नुको अर्थ नभएको मल्लले बताए । उनले भने, ‘कांग्रेसले झुटको खेती गरिरहेको छ, विधेयकमा १–२ वर्षमा नै कुनै मेडिकल कलेजलाई सम्बन्धन दिने अवस्था छैन । गोविन्द केसीका पछि लागेर कांग्रेसको भलो हुँदैन ।’
मल्लले तोकिएकै मितिमा स्ववियू निर्वाचन हुने पनि बताए । ‘लोकतन्त्र सबैले मान्नुपर्छ, यो सबैका लागि हो’ मल्लले भने, ‘कांग्रेस र नेविसंघ स्ववियू निर्वाचनबाट भाग्न खोज्दैछ, निर्वाचनबाट भाग्नकै लागि आन्दोलनको कुरा गरिएको हो । तर, निर्वाचनबाट कोही भाग्न सक्दैन, भाग्न दिँदैनौं ।’
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: