Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

‘छिमेकीहरुसँग मिलेर विकास गर्न चाहन्छौं’ : रेनु दाहाल

चितवन । नेपालका लागि पाकिस्तानी राजदुत डा. मजर जाबेद लगायतको प्रतिनिधि मण्डललाई भरतपुर महानगरपालिकामा सोमबार स्वागत गरिएको छ । महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी, प्रदेश सांसद गीता वाग्ले, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले प्रतिनिधि मण्डललाई स्वागत गरेकी हुन् ।

कार्यक्रममा महानगर प्र्रमुख दाहालले नेपालका लागि मित्रराष्ट्र पाकिस्तानका राजदुत डा. मजर जाबेदलाई भरतपुर महानरपालिकामा स्वागत गर्न पाउँदा खुसी लागेको बताइन् । नेपाल र पाकिस्तानबीच मैत्री सम्बन्ध कायम भएसँगै मित्रराष्ट्र पाकिस्तानले नेपालको भौतिक, सामाजिक र साँस्कृतिक विकासका साथै प्राविधिक विकासको क्षेत्रमा महत्वपूर्ण सहयोग आइरहेको जानकारी गराउँदै उनले आगामी दिनमा पनि निरन्तरताको अपेक्षा गरिन् ।

आफ्नो सहयोगलाई निरन्तरता दिंदै पाकिस्तानी दुतावासले भरतपुर महानगरपालिकाभित्र रहेका नारायणी विद्यामन्दिर माध्यमिक विद्यालय, शिवनगरलाई सुविधासम्पन्न कम्प्युटर ल्याब स्थापनार्थ सहयोग गरेकोेमा राजदुत जाबेदलाई धन्यवाद गरेकी थिइन् । यस सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कम्प्युटरको अधिकतम उपयोग गरी ज्ञान र सीप हासिल गर्न आग्रह गरिन् ।

महानगर प्रमुख दाहालले यस्ताखाले सहयोगले नेपाल र पाकिस्तानबीच कायम रहेको सुमधुर सम्बन्धलाई अझै जनस्तरमा सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले पाकिस्तान सरकारको सहयोगमा भरतपुर महानगरपालिकाभित्र सञ्चालनमा रहेको भरतपुर आँखा अस्पताल देशकै नमूना अस्पतालको रूपमा सञ्चालनमा रहेको बताइन् । देशकै मध्यभागमा रहेको भरतपुर महानगरपालिकाले यसको समुचित विकासका लागि योजनावद्ध काम भइरहेको दाहालले बताइन् ।

पाकिस्तानी राजदुत डा. जाबेदले पाकिस्तानको कुनै एक शहरसँग भगिनी सम्बन्ध कायम गर्न गरेको प्रस्तावले आफूलाई उत्साहित बनाएको महानगर प्रमुख दाहालले बताइन् । प्रमुख दाहालले मैत्री सम्बन्ध कायम गर्ने प्रक्रियालाई अगाडि बढाउने बताइन् ।

प्रदेश सांसद गीता वाग्लेले राजदुतलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै पाकिस्तानले नेपाललाई विगतदेखि गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् । सो अवसरमा राजदुत लगायतको प्रतिनिधि मण्डललाई भरतपुर महानगरपालिकाको वर्तमान अवस्था र यसका सम्भावनाहरूको बारेमा जानकारी गराइएको थियो । राजदुत डा. मजर जाबेदले आफू र आफ्नो प्रतिनिधि मण्डललाई न्यानो आतिथ्यता दिएकोमा धन्यवाद दिँदै नेपाल पाकिस्तानको असल मित्र भएको बताए ।

डा. जाबेदले नेपाल र पाकिस्तानबीच मैत्री सम्बन्ध कायम भएसँगै पाकिस्तानी जनता र नेपाली जनताबीच अत्यन्तै हार्दिकतापूर्ण सम्बन्ध रहेको बताए । डा. जाबेदले पाकिस्तान सरकारले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा प्रविधि आदानप्रदानका कार्यक्रम अगाडि बढाउन लागेको बताउँदै यसले दुई देशको आपसी हितमा सहयोग गर्ने बताए ।

जाबेदले नेपाल र पाकिस्तानको भौगोलिक अवस्थासमेत मिल्दोजुल्दो रहेको बताउँदै नेपाल र पाकिस्तानको मैत्रीपूर्ण सम्बन्धलाई अझै बलियो बनाउन भरतपुर महानगरपालिका र पाकिस्तानको कुनै एक शहरसँग भगिनी सम्बन्ध राख्न प्रस्ताव गरे ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending