चितवन, पुष १० । जिल्लाको प्रमुख शहर नारायणगढ बजार नजिकै रहेको बिपी शान्तिनगर वनलाई भरतपुर महानगरपालिकाले आकर्षक पार्कका रुपमा विकास गर्ने भएको छ । नारायणी नदीको बीचमा टापुका रुपमा रहेको नगरवन ११२ बिघा क्षेत्रफलमा फैलिएको छ । सिसौ, टिक, खयर, बाँस, बेद, सिमल, इपिलइपिलको रुख र झाडीले ढाकेको टापुको बीचमा बिपीको शालिक छ भने सँगै तीन टहरा रहेका छन् । शालिक जीर्ण बनेको छ । टहरा प्रयोगविहीन छन् । जताततै झाडीले ढाकिएको छ ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सो ठाउँलाई आकर्षक पार्कका रुपमा विकास गर्न लागिएको बताइन् । हाल अत्यावश्यक कामका लागि रु ४० लाख विनियोजन गरेर काम थालेको र राष्ट्रिय गौरवको आयोजनाका रुपमा नगरवनलाई राखेर काम गर्ने सोच बनाएको उनले बताइन् । “गुरुयोजना तयार गरी सङ्घीय सरकारसँग बजेट माग गरेर देशकै महत्वपूर्ण पार्कका रुपमा विकास गर्ने योजना छ,” दाहालले भनिन् ।
विश्वका ठूला शहरमा पर्यटकलाई घुमाउनका लागि बनाइने पार्क जस्तै विभिन्न गतिविधि गर्न मिल्ने गरी उद्यान निर्माण गर्ने महानगरको लक्ष्य छ । सो ठाउँ जिल्ला वनअन्तर्गत पर्दछ । पहिलो चरणमा सो क्षेत्रको स्वामित्व ग्रहण गरी गुरुयोजना निर्माण गरेर काम अगाडि बढाउन लागिएको हो । भरतपुर महानगरपालिका–३ का वडाध्यक्ष चन्द्रमित्र पण्डित हाल विनियोजित बजेटबाट चार वनभोज स्थल, फुटपाथ निर्माण, वृक्षरोपण, बिपीको शालिकको मर्मत र रङरोगन, शालिक आसपास बगैँचा निर्माण, विद्युत्को व्यवस्था, शौचालय तथा पानीको व्यवस्था गरिँदैछ ।
सोही ठाउँमा बालबालिकाका लागि पार्क तथा सुरक्षाको व्यवस्थासमेत मिलाइँदै छ । सो क्षेत्रमा वन्यजन्तुबाट जोगिनका लागि विद्युतीय तारबारसमेत गर्ने योजना छ । सीमित ठाउँमा तारबार गरिन्छ भने अन्यत्र क्षेत्रमा जनावरका लागि उपयुक्त हुने गरी छाडिनेछ । नारायणीको भङ्गालोमाथि बनाइएको झोलुङ्गे पुल तरेर नगरवन जानुपर्ने हुन्छ ।
भङ्गालोको पानीमा जल क्रिडा गर्न मिल्ने गरी व्यवस्थापन गर्ने योजना बनाइएको पण्डितले बताए । झोलुङ्गे पुलको छेउमा आकर्षक रेष्टुरेण्ट सञ्चालन गर्ने योजना छ । यहाँ हाल एकसिङ्गे गैँडा, बाघ, मृग, चित्तललगायतका जनावर र चराचुरुङ्गी देख्न पाइन्छ । नारायणी नदीको मूल प्रवाह र भङ्गालाको बीचमा नगरवन छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: