Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

गृहमन्त्री थापाकाे भन्छन्, अनुसन्धानमा प्रश्न नउठ्ने गरी गर्नुपर्छ

काठमाडौँ, १० पुस । गृहमन्त्री रामबहादुर थापाले सरकारी वकिलले अपराध अनुसन्धान र अभियोजन गर्दा प्रश्न उठ्न नदिने गरी काम गर्नुपर्ने बताएका छन् । महान्यायाधिवक्ताको कार्यालयले आयोजना गरेको सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलनको समापनमा उनले सरकारी वकिलले सरकारवादी मुद्दाको प्रतिरक्षाका लागि लड्ने भएको हुनाले प्रश्न नउठ्ने गरी काम गर्ने बताए ।

गृहमन्त्री थापाले भने, “संविधान र कानूनले दिएको जिम्मेवारी सरकारी वकिलले पूरा गर्नुपर्छ, सरकारवादी मुद्दा लड्ने भएको हुँदा प्रमाणलाई वैज्ञानिक र वस्तुनिष्ट बनाउने तरिकाले काम गर्नुपर्छ ।” राज्यमा शान्ति सुरक्षा कायम गर्न फौजदारी न्याय प्रशासनलाई आधुनिकीकरण गर्नुपर्ने आवश्यकता भएको उल्लेख गर्दै संहिता लगायतका कानून कार्यान्वयनमा सरकारी वकिलले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिए । गृहमन्त्री थापाले गम्भीर अपराधीलाई कानूनी दायरामा ल्याउन सरकारी वकिलको मुख्य जिम्मेवारी रहेको र त्यसका लागि सरकारी वकिलले चनाखो भएर मुद्दामा अनुसन्धान गर्नुपर्ने आवश्कता औँल्याए । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संविधान र कानूनले दिएको जिम्मेवारीलाई बुझेर आफ्नो विवेकलाई प्रभावमा पार्न नसक्ने तरिकाले काम गर्न आग्रह गरे । उनले अपराधलाई न्यूनीकरण गर्न सरकारी वकिलले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिँदै सबै सरकारी वकिललाई कानूनको बुझाइमा एकरुपता हुनुपर्ने जोड दिए । मन्त्री ढकालले संविधानसहित नेपालमा ३३९ कानून भएको र त्यसमध्ये १६५ वटा कानून संविधानसम्मत भएको र बाँकी कानून संशोधन गर्न जरुरी रहेको जानकारी दिए । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सरकारी वकिलले व्यवसायिक, निष्ठान र निष्पक्ष तरिकाले काम गर्नुपर्नेमा जोड दिँदै संविधान कानून पद्धतिभित्र रहेर काम गर्न आग्रह गरे । सरकारी वकिलको कार्यालयमा पाँच वर्षमा ४० प्रतिशत मुद्दा वृद्धि भएको हुँदा अहिलेसम्म जम्मा सरकारी वकिलको दरबन्दी ४५२ रहेकोमा ४०० मात्र सरकारी वकिल रहेको छन् । तीमध्ये ६२ जना महिला वकिल रहेका छन् । सरकारी वकिलको यही पुस ८,९ र १० गते तीन दिनसम्म चलेको सम्मेलनले संविधानमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक सबै प्रकारका सरकारवादी मुद्दाको अभियोजन सरकारी वकिलबाट गरिनुपर्नेलगायत ३० बँुदे घोषणपत्र जारी गरेको छ । सम्मेलनमा ३०० सरकारी वकिल सहभागि थिए । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending