चितवन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीको जारी बैठकले नेकपाको तल्लो तहसम्मको एकता टुङ्ग्याउने बताएका छन् । भरतपुर महानगरपालिका २३, जगतपुरस्थित लक्ष्मी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको सोमबार उद्घाटन गर्दै प्रचण्डले जारी बैठकबाटै नेकपाको तल्लो तहको एकीकरण टुङ्गो लगाउने जानकारी दिए । प्रचण्डले स्थायी कमिटीको बैठकमा बिशेषगरी सरकारको काम पनि प्रभावकारी गर्नेमा केन्द्रित रहेको बताए ।
चितवन क्षेत्र नम्बर ३ का सांसद समेत रहनु भएका प्रचण्डले जगतपुर र माडी क्षेत्रको मुख्य समस्याका रुपमा रहेका जङ्गली जनावर र बाढीको समस्या समधान गर्ने गरी परियोजना बढाउन लागिएको जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्ज, राप्ती र नारायणी नदी गौरवको विषय भए पनि यहाँका बासिन्दालाई समस्याको रुपमा खडा भएको प्रचण्डको भनाई छ ।
दुबै समस्या समधान गर्न राप्ती र नारायणी नदीमा तटबन्धसहितको रिङ्रोड निर्माणका लागि डिपिआर तयार भइरहेको भन्दै उनले बहुबर्षीय योजनासहित काम आगाडि बढ्ने बताए । ‘ठोरी माडी हुलाकी सडक निर्माण गर्दा माडीको समस्या समधान हुन्छ’ उनले भने, ‘रिउ खोलामा तटबन्ध पनि हुने गरी हुलाकी सडकको डिपिआर निर्माणको काम अघि बढिरहेको छ । यसले माडी क्षेत्रको जङ्गली जनावर र बाढीको खतरा हराएर जान्छ ।’ अध्यक्ष प्रचण्डले अबको ४ बर्षभित्र चितवनका मुख्य बाटाहरु पिच हुने दोहो-याए ।
अध्यक्ष प्रचण्डले नेकपाको दुईतिहाई सरकारले सैद्धान्तिक शिक्षालाई कम गर्दै प्राविधिक र व्यावसायिक शिक्षालाई ७० प्रतिशत पु¥याउने लक्ष्य लिएको बताए । नयाँ सविधानले मौलिक अधिकारी सम्बन्धी शिक्षा, स्वास्थ्य, रोजगारी नपाए अदालतमा गएर मुद्दा दिन सक्ने व्यवस्था गरेको औंल्याए । अदालतले बेरोजगारी, शिक्षा र स्वास्थ्यबाट बञ्चितको पक्षमा फैसला गर्ने प्रावधान संविधानले गरेको जानकारी दिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: