Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

मोदीको महिलाप्रति विवादास्पद टिप्पणीः ५० करोडकी गर्लफ्रेन्ड !

अवसर राजस्थानमा चुनावी सभाको थियो, तर कुरा गर्दै जाँदा जनता दल (युनाइटेड) का नेता शरद यादवले टिप्पणी गरे, \"वसुन्धरालाई आराम दिनूस्, निकै थाकिसकिन्। पहिले पातली उनी अहिले धेरै मोटी भइसकिन्। हाम्रो मध्यप्रदेशकी छोरी हुन्।\"

शरद यादवको शब्दमा त्यो केवल ठट्टा थियो। तर वसुन्धरा राजेले त्यसप्रति कडा आपत्ति जनाउँदै त्यसबाट आफूले अपमानित भएको महसुस गरिरहेको बताइन्। शरद यादवको मुखबाट त्यस्तो टिप्पणी पहिलो पटक निस्केको होइन।
मान्छेको तौल घटनु-बढ्नु स्वाभाविक कुरा हो। तर पुरूष नेताहरू मोटो भए त्यस्ता सार्वजनिक टिप्पणी दिइन्छन् त?

\"\"

शरद यादव


कुरा केवल तौलको मात्र होइन। पहिरन, रूप-रङ्ग, आनीबानीलाई लिएर महिला र महिला नेताहरू पुरूष नेताहरूबाट अश्लील, अभद्र र अपमानजनक टिप्पणीका शिकार हुने गरेका छन्।

छोरीभन्दा भोटको इज्जत
शरद यादवकै कुरा गर्ने हो भने त्यो मामिलामा उनले विशेषज्ञता नै हासिल गरेका छन्। उनले सन् १९९७ मा संसद्‍मा महिला आरक्षण विधेयकमाथिको बहसमा भनेका थिए, \"यो विधेयकबाट पुरुष जस्तो छोटो कपाल राख्ने (पर-कटी) महिलालाई मात्र फाइदा पुग्छ। उनीहरूले हाम्रा (ग्रामीण महिलाको) प्रतिनिधित्व कसरी गर्छन्?\"

बीस वर्षपछि सन् २०१७ मा उनको अर्को भनाइ आयो, \"भोटको इज्जत तपाईँकी छोरीको इज्जतभन्दा बढी छ। यदि छोरीको इज्जत गयो भने गाउँ र टोलको मात्र इज्जत जान्छ। तर भोट एक पटक विक्री भयो भने देश र राज्यको इज्जत जान्छ।\"

यति मात्र होइन, शरद यादव संसद्‍मा महिलाको रङ्ग र शरीरको बनोटप्रति पनि कटाक्ष गर्न चुकेनन्। उनले भने, \"दक्षिणका महिला जति राम्री हुन्छन्…जति उनीहरूको शरीर देख्दा (हातले शारीरिक बनावट सङ्केत गर्दै)…उनीहरूले नृत्य जान्छन्…मैले त उनीहरूको सुन्दरताको प्रशंसा गरिरहेको छु। (त्यसबीच सांसदको हाँसो सुनिन्छ।)\"

यति चर्चा गरिसकेपछि भनि हालौँ, शरद यादवले सर्वश्रेष्ठ सांसदको अवार्ड पनि पाइसकेका छन्।

५० करोडकी गर्लफ्रेन्ड

\"\"

शशि थरूर र उनकी पत्नी सुनन्दा पुष्कर


प्रायःजसो चुनावी सभामा राजनीतिक वक्तव्यबाजीका क्रममा महिलाहरूलाई निशाना बनाइने गरेको छ।

नरेन्द्र मोदीले सन् २०१२ मा चुनावीसभालाई सम्बोधन गर्दै शशि थरूरकी पत्नी सुनन्दा पुष्करबारे भने, \"वाह क्या गर्लफेन्ड, तपाईँले कहिल्यै ५० करोडकी गर्लफेन्ड देख्नुभएको छ?\"

जवाफ दिँदै शशि थरूरले ट्वीट गरे, \"मोदीजी, मेरी पत्नी ५० करोडकी होइन्, बरू अमूल्य छिन्। तर तपाईँले त्यो बुझ्नुसक्नुहुन्न। किनकि कसैको निम्ति तपाईँ प्रेम गर्न लायक नै हुनुहुन्न।\"

हालैको कुरा गर्ने हो भने सन् २०१८ मा प्रधानमन्त्री मोदीले संसद्‌मा सम्बोधन गर्दै थिए। कांग्रेस सांसद रेणुका चौधरी जोड-जोडले हाँस्न थालिन। मुस्कुराउँदै मोदीले भने, \"सभापतिजी रेणुकाजीलाई तपाईँले केही नभन्न्स्, रामायण सिरियलपछि यस्तो हाँसो सुन्ने मौका आजै पाइयो।\"

पछि केन्द्र सरकारका राज्यमन्त्री किरण रिजीजूले फेसबुकमा एउटा भिडिओ शेयर गर्दै रेणुका चौधरीको हाँसोको तुलना रामायणकी एक पात्र शूर्पणखासँग गरे।

नृत्याङ्गना
भाजपाका नेता नरेश अग्रवालले अभिनेत्री तथा सांसद जया बच्चनलाई \'चलचित्रकी नृत्याङ्गना\' भनि टिप्पणी गरेका थिए।

चलचित्रमा दिएको योगदानका निम्ति जया बच्चनले पदमश्री सम्मान पाइसकेकी छन्। सन् २०१८ मा उनलाई समाजवादी पार्टीले राज्यसभामा फेरि मनोनित गर्दा नेता अग्रवालले त्यस्तो टिप्पणी गरेका हुन्।

तर जया बच्चनमात्र एक्ली उदाहरण होइनन्। सन् २०१२ मा गुजरातमा चुनावी परिणामबारे टिभीमा भइरहेको बहसमा कांग्रेस सांसद सञ्जय निरुपमले स्मृति ईरानीलाई भने, \"हिजोसम्म तपाईँले पैसाको निम्ति नाच्ने गर्नुहुन्थ्यो, आज राजनीति सिक्दै हुनुहुन्छ।\"

\"\"

स्मृति ईरानी

त्यसको आलोचना भएपछि उनले स्पष्टीकरण दिँदै एउटा टिप्पणी मात्र नहेरी \'सन्दर्भ बुझ्न पूरै कार्यक्रम हेर्न\' आग्रह गरे।

बलात्कारको मूल्य
सन् २०१२ मा भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका नेता अनिसुर रहमानले मुख्यमन्त्री ममता बनर्जीले बलात्कारको मूल्य तोकेको भन्दै पीडित महिलालाई सम्भवत: न्याय नमिल्ने अभिव्यक्ति दिए।

उनले भने, \"म ममता दिदीलाई सोध्न चाहन्छु, उनलाई कति क्षतिपूर्ति चाहियो, बलात्कारको निम्ति कति पैसा लिनुहुन्छ?\"

यस्ता विवादित टिप्पणीको फेहरिस्त लामो छ। तैपनि नेताहरू सामान्य आलोचनापछि उम्किन्छन्। बीबीसी

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending