Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

शर्त उल्लङ्घन गर्ने जलविद्युत् कम्पनीलाई कारवाही

काठमाडौं । सरकारले तोकेको नियम उल्लङ्घन गरी जलविद्युत् आयोजना सञ्चालन तथा शेयर स्वामित्व परिवर्तन गरेको अभियोगमा १३ जलविद्युत् आयोजनाका प्रवद्र्धकलाई कारवाही गरेको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चालू आर्थिक वर्षको चार महीनामा आठ कम्पनीलाई कारवाही गरेको हो । बाँकी पाँच कम्पनी भने अघिल्लो वर्ष कारवाहीमा परेका हुन् । विद्युत् ऐन २०४९ को दफा ३८ बमोजिम ती कम्पनीलाई रु पाँच हजार दण्ड गरिएको हो । सो ऐनले जलविद्युत् आयोजनाको अनुमतिपत्र लिनुपर्नेमा सो नलिइ वा अनुमतिपत्रमा उल्लेख भएका शर्त पालन नगरी विद्युत् उत्पादन, प्रसारण वा वितरण गरेमा तोकिएका अधिकारीले रु पाँच हजारसम्म जरिवाना गर्न र त्यस्तो काम बन्द गराउन सक्ने व्यवस्था गरेको छ । 

सोही ऐनअनुसार विभागले सुरी खोला हाइड्रोपावर, म्याग्दी हाइड्रोपावर, तुँदी पावर, भगवती हाइड्रोपावर, कालिका इनर्जी, इष्टर्न हाइड्रो पावर पुवा खोला एक हाइड्रो पावर र बज्र इनर्जी भेन्चर्सलाई कारवाही गरेको छ । ती कम्पनीलाई ऐनको दफा सात उल्लङ्घन गरेको अभियोग लागेको छ । विभागका अनुसार रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी पनि कारवाहीमा परेको छ । उक्त कम्पनीले विभागको स्वीकृति नलिइ कम्पनीको संरचना परिवर्तन गरेको तथा प्रालिलाई लिमिटेडमा लैजान आवश्यक प्रक्रिया पूरा नगरेको पाइएको छ । 

कारवाहीमा पर्ने कम्पनीमा मनाङ टे«ड लिङ्क प्रालि र हिमाल पावर लिमिटेड छन् । ती कम्पनीले पनि विभागको स्वीकृति नलिइ कम्पनीको नाम परिवर्तन गरेको पाइएको छ । यस्तै पोखरी हाइड्रो पावर र सिसा हाइड्रो इलेक्ट्रिक कम्पनीले विभागको स्वीकृति नलिइ शेयर संरचना परिवर्तन गरेको पाइएकाले कारवाही गरिएको विभागले जनाएको छ । ऐनअनुसार कुनै विद्युत् उत्पादन वा रुपान्तरण केन्द्र, प्रसारण लाइन, वितरण लाइन वा सोसँग सम्बन्धित अन्य कुनै संरचनामा प्रतिकूल असर पार्ने कुनै काम गरेमा, भत्काएमा, बिगारेमा वा कुनै किसिमले हानि नोक्सानी पु¥याएमा कारवाही हुने व्यवस्था छ । यस्तै त्यस्ता कामका लागि कोही कसैलाई प्रेरित गरेमा हानि नोक्सानीको बिगो असुल गरी बिगोबमोजिम जरिवाना वा १० वर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी प्रावधान छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: