Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

प्रचण्डको त्यो एक कल फोन, जसलार्इ मिल्दैछ यस्तो राहत

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जिल्लाको माडीमा जङ्गली हात्तीको आक्रमणबाट दुई महिलाको मृत्युपछि माडीवासीले राखेको मागका विषयमा जानकारी लिएका छन् । सो क्षेत्रका सांसद समेत रहेका प्रचण्डले प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतमार्फत माडीवासीका मागका विषयमा जानकारी लिएका हुन् । दुई दिनअघि जङ्गली हात्तीले दुई महिलालाई आक्रमण गरी मारेपछि बिहीबार बिहानैबाट माडीवासी आन्दोलित भएका थिए । दिनभरको प्रयासपछि साँझ वार्तामार्फत आन्दोलन स्थगित गराइएको थियो । प्रजिअ बस्नेतले भने, “अध्यक्ष प्रचण्डले माडीवासीको मागका विषयमा जानकारी लिएर त्यसलाई पूरा गराउने प्रतिबद्धता जनाउनुभएको छ ।” पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डको टेलिफोनपछि प्रमुख जिल्ला अधिकारी बस्नेत आफै वार्तामा सहभागी हुन माडी पुगेका थिए । सम्झौतापछि सोको जानकारी आफूले दाहाललाई गराएको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए । सहमतिमा पीडित पक्षलाई तत्काल माडी नगरपालिकाबाट किरिया खर्चबापत रु २५ हजार उपलब्ध गराउने, क्षतिपूर्तिबापत राज्यले उपलब्ध गराउने रकम एक महिनाभित्र उपलब्ध गराउने, यस अघिका घटनाका क्षतिपूर्ति रकम पनि एक महीनाभित्र उपलब्ध गराउने, हात्तीलाई तत्काल बस्ती प्रवेश गर्न रोक लगाइ नियन्त्रणमा राख्ने सहमति भएको छ । यसैगरी प्राविधिक टोलीले उक्त हात्तीको पहिचान गरी आवश्यकता अनुसार उनीहरुको सुझावमा दाह्रा काट्ने लगायतका कार्य गर्ने सहमति भएको छ । हात्तीलाई मार्नुपर्ने अवस्था आएमा जनप्रतिनिधि र निकुञ्जको समेत सिफारिसमा सम्बन्धित निकायमा अनुरोध गर्ने, निकुञ्ज ऐनलाई समय सापेक्ष परिमार्जन गर्ने सहमति भएको थियो । मृतक सुशीला भण्डारीका दुई छोरालाई शिक्षाका लागि माडी नगरपालिकाले रु पाँच लाख व्यवस्था गर्ने, अर्की मृतक कृष्णकली जैसी पौडेलका छोरालाई माडी नगरपालिकामा रोजगारीको व्यवस्थापन गर्ने सहमति भएको छ । बुधबार दिउँसो रीउ खोल किनारमा घाँस काट्न गएका स्थानीयबासी ३५ वर्षीया सुशीला भण्डारी र ६० वर्षीया कृष्णकली जैसी पौडेलको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । यसैबीच निकुञ्जले हात्ती नियन्त्रणका लागि प्राविधिक सहितको टोली परिचालन गरेको छ । आठजना प्राविधिकसहित २० जना सुरक्षाकर्मी परिचालन भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बताए । हात्तीलाई डार्ट गरेर बेहोस् बनाउने, दाह्रा काट्ने र सेटेलाइट रेडियोकलर जडान गरी छाड्न निर्देशन दिइएको छ । प्रमुख संरक्षण अधिकृत ढकालका अनुसार त्यस पश्चात पनि बस्ती पसेमा सो हात्ती मार्ने प्रक्रिया अघि बढाउने तयारी गरिएको छ । बिहीबार राति भने हात्ती बस्तीमा पसेको छैन । यो आर्थिक वर्षमा सो हात्तीले दुई महिलासहित तीन जनाको ज्यान लिइसकेको छ । हात्ती पर्साबाट आएको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending