Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

क्याम्पाचौरबाट क्रिकेट यात्रा सुरु गरेका सन्दीप कति कमाउँछन् ?

काठमाडाैं । युएईमा चलिरहेको क्रिकेटको नयाँ संस्करण टी–१० लिगमा कमेन्टेटरले सन्दीप लामिछानेको प्रशंसा गरिरहेका थिए । विश्वचर्चित कमेन्टेटरको प्रशंसाका लायक बनेका सन्दीपले केबल १८ वर्षको उमेरमै विश्वका नामुद क्रिकेटरहरूसँग खेलिसकेका छन् । यतिवेला उनलाई विश्वमै ख्यातिप्राप्त टी–२० र टी–१० लिग खेल्न भ्याई–नभ्याई छ । अाजको नयाँ पत्रिकामा खबर छ-उनी यतिसम्म व्यस्त छन् कि उनले घरेलु टी–२० एभरेस्ट प्रिमियर लिगमा समेत खेल्न नभ्याउने भएका छन् । उनी ललितपुर पेट्रियट्सबाट दुई खेल मात्र खेलेर बिग ब्यास खेल्न अस्ट्रेलिया जानेछन् । उनले यो वर्ष मात्र पाँचवटा लिग खेलिसकेका छन् । अरू चार लिग खेल्ने तयारीमा छन् । यो वर्ष खेलेरै उनले दुई करोड रुपैयाँ कमाइसकेका छन् ।  क्याम्पाचौरबाट सुरु यात्रा साढे दुई वर्षअघि प्रशिक्षक पुबुदु दासानायकेले चितवनबाट काठमाडौंमा ल्याउँदा सन्दीप लामिछानेको क्रिकेट यात्रा कहाँसम्म पुग्छ वा रोकिन्छ भन्ने कसैलाई थाहा थिएन । जर्नी टु विश्वकपका लागि प्रशिक्षक पुबुदुलाई बिल्कुलै नयाँ युवा खेलाडीको आश्यकता थियो । यही अभियान पूरा गर्न उनी एक दिन चितवन पुगेका थिए । त्यहाँको क्याम्पाचौरमा एक १६ वर्षीय ठिटो बलिङ गरिरहेको थियो । उसलाई पूर्वक्रिकेटर राजु खड्काले प्रशिक्षण दिइरहेका थिए । त्यो ठिटोको खेल देखेर पुबुदु प्रभावित भइहाले । ती ठिटो थिए, सन्दीप लामिछाने । सन्दीपको लेगब्रेक र गुगुली देख्दा नेपालका लागि क्यानेडियन प्रशिक्षक पुबुदु दंग परेका थिए । आँखा नै झिमिक्क नगरी पुबुदुले सन्दीपको बल फयाँक्ने शैली र पिचमा बलको टर्निङ हेरिरहे । त्यसपछि उनले सन्दीपलाई एकैपटक जर्नी टु विश्वकपको क्याम्पमा समावेश गरे । रमाइलो पक्ष के थियो भने त्रिवि क्रिकेट मैदानमा सिनियर टोलीका अनभुवी खेलाडीले पनि सन्दीपमाथि विश्वास गरेका थिएनन् । धेरैजसोले ‘पुबुदुले कस्तो फुच्चे खेलाडी राष्ट्रिय टोलीका लागि छनोट गरेको’ भनेर टिप्पणी गरेका थिए । केही समय सन्दीपले नेपालका स्टार क्रिकेटरको बीचमा एक्लो महसुस पनि गरे । अझ फर्ममा रहेका र लामो समय नेपाली क्रिकेटलाई योगदान दिइरहेका स्ट्राइक स्पिनरद्वय शक्ति गौचन र वसन्त रेग्मीबीच सन्दीपले आफूलाई प्रमाणित गर्नुपर्ने थियो । राष्ट्रिय टोलीमा समावेश भई प्लेइनिङ ११ भित्र अटाउनु पनि चुनौतीपूर्ण थियो । तर, उनले आफूलाई अब्बल प्रमाणित गरिछाडे ।  सन्दीपको मूल्य ६७ लाख प्रशिक्षक पुबुदुले भारतमा भएको सन् २०११ को एकदिवसीय विश्वकपमा क्यानडालाई छनोट गराएका थिए । तिनै प्रशिक्षकको कोहिनुर हिरा कहाँ नक्कली हुन सक्छ र ? वास्तवमै सन्दीप अहिले कोहिनुर हिराझैँ चम्किएका छन् । क्याम्पाचौरको नेटमा बल फ्याँक्ने ‘फुच्चे केटो’को भाउ विश्व क्रिकेट बजारमा औसतमा ६७ लाख पुगिसकेको छ । पछिल्लोपटक अस्ट्रेलियाको बिग ब्यास र बंगलादेश प्रिमियर लिगले उनलाई ६० हजार डलरमा अनुबन्ध गरेका छन् । अब विश्वको प्रत्येक टी–२० लिगमा सन्दीप अपरिहार्य खेलाडी भइसकेका छन् । एक वर्षभित्र सन्दीपले विभिन्न अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्लबमा आबद्ध हुँदै दुई करोड हाराहारीमा आम्दानी गरिसकेका छन् । नेपालको जस्तो अर्धव्यावसायिक खेलकुदमा खेलेरै करोडपति हुने उनी एक्ला खेलाडी हुन् । अपवादका रूपमा केही खेलाडी छन्, जो सरकारबाट पुरस्कृत हुँदै करोडपति बनेका छन् । तर, मैदानभित्र खेल्न लाखौँमा बिक्री हुने र एक वर्ष नपुग्दै करोडपति खेलाडीमा दर्ता हुने उनी मात्र हुन् । ‘यो मेरो सफलता नेपालको सफलता हो, म सफल हुनु भनेको राष्ट्र पनि सफल हुनु हो,’ सारजहाँमा चलिरहेको टी–१० लिगमा आबद्ध हुनुअघि एक पत्रकार सम्मेलनमा सन्दीपले भनेका थिए । सन्दीपको सफलता र चर्चाको पछि सम्भवत दुई प्रमुख व्यक्ति छन् । प्रशिक्षक पुबुदु पहिलो हुन्, जसले सन्दीपलाई प्लेटफर्म दिलाए । त्यसपछि अस्ट्रेलियाका एकदिवसीय विश्व च्याम्पियन कप्तान माइकल क्लार्कलाई हुन् । यदि क्लार्कले सन्दीपलाई ‘वर्ल्ड क्लास’ लेग स्पिनर भनी प्रशंसा नगरेका भए यति चाँडै यहाँसम्म पुग्न उनलाई मुस्किल हुन सक्थ्यो । वास्तवमै सन्दीप र क्लार्कबीचको कनेक्सन जादुमयी नै थियो । दुई वर्षअघि क्लार्कले आफ्नो एकेडेमीमा प्रशिक्षण गर्न सन्दीपलाई बोलाए । त्यहीँबाट सन्दीपका लागि अन्तर्राष्ट्रिय क्रिकेटको ढोका खुल्यो । सिड्नी एयरपोर्टदेखि एकेडेमीसम्म क्लार्कले सन्दीपलाई आफ्नै सानो भाइजस्तै व्यवहार देखाए । यति मात्र होइन, क्लार्कले सन्दीपलाई विश्वभरि चिनाउन टेलिभिजन लाइभ कार्यक्रमसमेत राखे । त्यहाँ सन्दीपलाई क्लार्क ‘लिलिट च्याम्प बडी’ भनी बोलाए । एक तथ्यांकअनुसार एक वर्षभित्र १० राष्ट्र भ्रमण गर्ने र युवा अवस्थामा धेरै टी–२० लिगमा आबद्ध हुने सन्दीप विश्वका दसौँ क्रिकेटर बनेका छन् । आइपिएल यात्रा सन् २०१२ तिर इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्सले शक्ति गौचनलाई ट्रायलमा बोलाउँदा ठूलै चर्चा भएको थियो । उनले ट्रायल दिएको पाँच वर्षपछि सन्दीप सीधै आइपिएलको अक्सनमा परे । नेपाली खेलाडी सीधै अक्सनमा समावेश भएको रेकर्ड बन्यो । दिल्ली डेयरडेभिल्सले विदेशी खेलाडीको कोटामा सन्दीपलाई २० लाख भारुमा अनुबन्ध ग-यो । धेरै नेपाली समर्थकलाई के लागेको थियो भने गत सिजनको आइपिएलमा सन्दीप सुरुमै दिल्लीको प्लेइनिङ ११ भित्र पर्नेछन् । तर, सन्दीपले आइपिएल डेब्यु गर्न ११ खेलसम्म प्रतीक्षा गर्नुप-यो । भनिन्छ, प्रतीक्षाको फल असाध्यै मीठो हुन्छ । सन्दीपको हकमा यस्तै भइदियो । जब दिल्ली प्ले अफको दौडबाट बाहिरियो, प्रशिक्षक रिकी पोन्टिङले १२औँ खेलमा सन्दीपलाई समावेश गरे । उनले विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्ज बेंग्लोरविरुद्ध बलिङ गर्ने अवसर पाए । मैदानमा प्रवेश गरेलगत्तै सन्दीपले एकैपटक तीन रेकर्ड राखे । आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी, आइपिएलमा तेस्रो कम उमेरका खेलाडी तथा आइपिएल खेल्ने १३औँ राष्ट्रका खेलाडी । आइपिएलको डेब्यु खेलमै सन्दीपले सनसनीपूर्ण बलिङ गरी भारतीय कप्तान कोहली र दक्षिण अफ्रिकाका एबि डी भिलियर्सजस्ता दिग्गज ब्याट्सम्यानलाई बाँधेर राखे । पार्थिव पटेललाई आउट गरेर विकेट पनि लिए । त्यसपछि सन्दीपले थप दुई खेलमा पनि अवसर पाए । उनले तीन खेलेर जम्मा पाँच विकेट लिए । ‘११ खेलको प्रतीक्षा गरेँ, मैले कुनै पनि समयमा धैर्य गुमाइनँ,’ आइपिएलमा सहभागी भएर नेपाल फर्किंदा सन्दीपले भनेका थिए । एक वर्षभित्र सन्दीपले टी–२० लिगहरूमा गरेको प्रदर्शन आधारमै दिल्लीले यसपटक पनि उनलाई नयाँ सिजनका लागि रिटेन गरेको छ । यसपटक सन्दीपको मूल्य पक्कै पनि बढ्नेछ । तर, कति बढ्ने हो, त्यो यकिन भइसकेको छैन । दिल्लीले अब एक करोडभन्दा माथि नै पारिश्रमिक दिने अनुमान छ । किनभने सन्दीप युवा क्रिकेटरमाझ स्टार बनिसकेका छन् । ‘दिल्लीबाट पुनः खेल्न पाउँदा खुसी लागेको छ, यसपटक प्राप्त अवसरमा थप राम्रो प्रदर्शन गर्छु,’ दिल्लीले रिटेन गरेपछि सन्दीपले ट्विट गरे । व्यस्त समयतालिका आइपिएलबाट सुरु भएको सन्दीपको फ्रेन्चाइज टी–२० यात्राले निकै फड्को मारिसकेको छ । सायद, सन्दीप स्वयंले पनि आफू एकाएक विश्व क्रिकेटकै प्रिय युवा क्रिकेटर हुन्छु भनेर कल्पना पनि गरेका थिएनन् होला । अहिले उनी टी–२० क्रिकेटकै एउटा ब्रान्डेड खेलाडी बनिसकेका छन् । जो–कोही क्लबले पनि उनलाई आबद्ध गर्न चाहन्छन्, औसतभन्दा अलि बढी रकम तिरेर भित्र्याउन अग्रसर भइरहेका छन् । यसै कारण हो, विश्वमा जति पनि फेन्चाइज क्लबबीच टी–२० खेल भइरहेका छन्, त्यहाँ नेपालको पनि प्रतिनिधित्व गरी सन्दीपले गुगुली बल फ्याँकिरहेका हुन्छन् । आउँदा पाँच महिनासम्म सन्दीप नेपालमा भन्दा विदेशी भूमिमै रहनेछन् । यस अवधिमा सन्दीपले पाँच राष्ट्रमा लिग खेल्नेछन् । आइपिएलपछि उनी विश्वकै अर्को प्रतिष्ठित लिग बिग ब्यास खेल्न जाँदै छन् । तर, उनले बिग ब्यासका पूरै खेल भने खेल्ने छैनन् । बीचमा बंगलादेश प्रिमियर लिग खेल्न आउनेछन् । र, फेरि अस्ट्रेलिया फर्किनेछन् । यहीबीच समय मिलाउँदै उनी घरेलु टी–२० लिग र राष्ट्रिय टोलीमा पनि आबद्ध हुनेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending