Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

रासायनिक कारखानाबाहिर विस्फोटन, २२ जनाको मृत्यु

उत्तर चीनमा एउटा रासायनिक कारखानाबाहिर भएको विस्फोटनमा परेर कम्तीमा २२ जनाको मृत्यु भएको छ र अन्य २२ जना घाइते भएका छन्।

प्रारम्भिक विवरणका अनुसार बेइजिङबाट २०० किलोमिटर उत्तरमा रहेको जान्जियाकोस्थित \'खबेई शन्ह्वा केमिकल को\' नामक कारखानामा रासायनिक पदार्थ लिएर गएको एउटा गाडीमा विस्फोटन भएको थियो। घटनास्थलबाट प्राप्त तस्बिरमा बाटोमा दर्जनौँ कार र ट्रकहरू जलेको देखिन्छ। चीनले सन् २०२२ मा ग्रीष्मकालीन ओलिम्पिक्स हुँदा गर्दा जान्जियाकोमा पनि केही खेल आयोजना हुनेछ। विस्फोटन स्थानीय समयानुसार मध्यराति 00:४१ बजे भएको थियो। स्थानीय अधिकारीहरूका अनुसार सो घटनामा ३८ वटा ट्रक र १२ अन्य सवारीसाधनमा आगो लागेको थियो। घाइतेहरूलाई अस्पताल लगिएको छ। सो सहरको स्थानीय सरकारले घटनास्थलमा खोज तथा उद्धार जारी रहेको र के कारण त्यो दुर्घटना भयो त्यसबारे अनुसन्धान हुँदै गरेको बताएको छ। सो कारखानमा उत्पादन भने पहिला नै बन्द भइसकेको बताइएको छ। बेइजिङस्थित बीबीसी सम्वाददाता स्टिभन मक्डोनलका अनुसार तीव्र आर्थिक विकास भएको भए पनि चीनमा औद्योगिक सुरक्षाका चुनौतीहरू देखिने गरेका छन् र रासायनिक विस्फोटनका घटनाहरू निरन्तर हुने गरेका छन्। गत जुलाईमा रासायनिक कारखानमा भएको विस्फोटनमा १९ जनाको मृत्यु भएको थियो। सन् २०१५ मा पूर्वोत्तरमा बन्दरगाह भएको सहर तियान्जिनमा एउटा गोदाममा विस्फोटन हुँदा १७३ जनाको ज्यान गएको थियो। सो घटनाबारे गरिएको अनुसन्धानले भ्रष्टाचार एवम् राजनीतिक सम्बन्ध भएका व्यक्ति र अधिकारीहरूको मिलमतोमा पर्याप्त सुरक्षाव्यवस्था नगरिएको देखाएको थियो। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending