रुसले तीनवटा युक्रेनी नौसैनिक जहाजहरू नियन्त्रणमा लिएपछि जङ्गी शासन लागु गर्ने कि नगर्ने भनेर युक्रेनको संसद्ले निर्णय लिँदैछ।
सन् २०१४ मा रुसले आफैँमा विलय गराएको क्राइमियाको समुद्री क्षेत्र हुँदै अघि बढिरहेका बेला ती जहाजहरूलाई नियन्त्रणमा लिएको थियो। यो घटनापछि रुस र युक्रेनबीच तनाव चुलिएको छ। राष्ट्रपति पेट्रो पोरोसेन्कोले जङ्गी शासन लागु गराउनुको अर्थ युद्धको घोषणा नभएको बताएका छन्। रुसी गतिविधिले अन्तर्राष्ट्रिय कानुनको चरम उल्लङ्घन गरेको पनि पोरोसेन्कोले बताएका छन्। युक्रेनको पूर्वी क्षेत्रमा रुसी समर्थनप्राप्त पृथक्तावादीहरूका विरुद्ध युक्रेनी फौजले लडाइँ गरिरहे पनि हालैका वर्षमा दुई देशका सेना खुला रूपमा सङ्घर्षमा देखिएको यो पहिलो पटक हो। सन् २००३ मा मस्को तथा कियभस्थित सरकारहरूबीच भएको सन्धिअनुसार कर्च स्ट्रेट जलमार्ग र सी अफ आजोफ दुवै देशका साझा समुद्री क्षेत्र हुन्। तर रुसले युक्रेनी जहाजहरू अवैध रुपमा उसको समुद्री क्षेत्रमा प्रवेश गरेको बताएको छ। रुसी पक्षले उसको पानीजहाजलाई रोक्ने क्रममा एउटा जहाजलाई ठक्कर दिएको युक्रेनले बताएको छ। त्यसपछि पनि सी अफ आजोभतर्फ जाने एकमात्र जलमार्ग कर्च स्ट्रेटतर्फ पानीजहाजहरू अघि बढेको तर रुसले कर्च स्ट्रेटमुनि एउटा ट्याङ्कर राखेर अवरोध सिर्जना गरेको र जहाजहरू नियन्त्रणमा लिएको बताइएको छ। कर्च स्ट्रेट जलमार्गबाट नियन्त्रणमा लिइएका पानीजहाजको नाविक दलका सदस्यहरूसँग अहिले सोधपुछ चलिरहेको रुसले बताएको छ। ती पानीजहाजमा २३ जना युक्रेनीहरू भएको र छजना नाविक दलका सदस्य घाइते भएको युक्रेनले बताएको छ। रुसको सङ्घीय सुरक्षा निकायले गस्तीमा रहेको उसको एउटा डुङ्गाले युक्रेनी पानीजहाजहरू नियन्त्रणमा लिन बल प्रयोग गरेको तर तीन नाविक मात्र घाइते भएको बताएको छ। ब्ल्याक सी तथा सी अफ आजोभमाथिको पहुँचलाई लिएर रुस र युक्रेन दुवैबीच तनाव बढिरहेको छ। हालैका महिनामा रुसले युक्रेनी बन्दरगाहहरूतर्फ जाने वा त्यहाँबाट आउने सबै पानीजहाजहरूको जाँच गर्न थालेको छ। रुसका विदेशमन्त्री सर्गे ल्याभरोफले युक्रेनले \'नौसैनिक कानुनसहित अन्तर्राष्ट्रिय कानुनका महत्त्वपूर्ण नियमहरूको उल्लङ्घन\' गरेको टिप्पणी गरेका छन्। रुसले सी अफ आजोभतर्फ जाने मार्ग बन्द गर्ने कार्य अस्वीकार्य भएको जर्मन विदेशमन्त्रीले बताएका छन्। बीबीसी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: