Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

लिंग परिवर्तन गरेका ब्रूस जेनरको केटलिन अवतारले तोड्यो ओबामाको रेकर्ड

ट्रान्सजेन्डर ओलम्पिक च्याम्पियन र टेलिभिजन रियालिटी स्टार ब्रूस जेनरले भर्खरै एक टेलिभिजन अन्तर्वातामा उनको भित्री आत्मा एक महिलाको भएको खुलासा गरेका थिए । ब्रूस आफ्नो महिलाको रुपमा पहिलो पटक सार्वजनिक भएका छन् । ब्रूस जेनर अब केटलिन जेनर बनिसकेकी छिन् र उनी भेनिटी फेयर म्यागजिनका लागि उनले कभरफोटो सूट गरेर सबैलाई अचम्मित बनाएकी छिन् । एक लुकबाट तोडिन् सबै रेकर्डः केटलिनले ट्विटरमा आफ्नो अकाउन्ट पनि बनाएकी छिन् र संसारभरी ट्रान्सजेन्डर, बाइसेक्सुअल र गे कम्युनिटीद्वारा उनको निकै तारिफ गरिँदैछ । ६५ वर्षकी केटलिनको यो नयाँ अवतारले ट्विटरमा अमेरिकी राष्ट्रपति बराक ओबामाको ट्विटर रेकर्ड पनि तोडेको छ । केटलिनले सबैभन्दा कम समयमा सबैभन्दा धेरै फलोअर्स भएका कारण उनले ओबामालाई उछिनेकी छिन् । म्यागजिनको कभर पेज कटलिनको तस्बिरसँगै एउटा ट्यागलाइन ‘कल मी केटलिन’ पनि प्रिन्ट गरिएको छ । सेलिब्रिटी फोटोग्राफर एनी लिबोविट्जद्वारा गरिएको केटलिनको यो फोटोसूट जतिबेला भ्यानिटी फेयर म्यागजिनमा सार्वजनिक भयो त्यतिबेला नै केटलिनले आफ्नो नयाँ अवतारको विषयमा ट्विट गरेकी छिन् । केटलिनले ट्विटरमार्फत आफ्नो खुसी व्यक्त गर्दै भनिन्, ‘म निकै खुसी छु , यति लामो संघर्ष पछि आफ्नो वास्तविक जीवन बाँच्नका लागि ।’ जितिसकेका छन् ओलम्पिकमा स्वर्ण पदक: सन् १९७६ को मन्ट्रियल ओलम्पिकमा ब्रूस जेनरले डेकाथेलानमा स्वर्ण पदक जितेका थिए । डेकाथेलान अर्थात दश खेलको प्रतियोगिता जसमा संसारभरिका पुरुषको असली ताकतको परीक्षा हुने गर्दछ । किन उठाए यस्तो कदम ? म्यागजिनलाई दिएको अन्तर्वातामा उनले उनको पहिलो श्रीमतीले निकै नराम्रो व्यवहार गर्ने गरेको खुलासा गरे । जसका कारण उनलाई आफ्नो लिंग परिवर्तन गर्ने सोच आयो । लिंग परिवर्तन गर्नुभन्दा पहिले ब्रूस जेनर २३ वर्षसम्म क्रिस नामकी महिलासँग वैवाहिक सम्बन्धमा रहेका थिए । उनका दुई छोरी छन् । किम कार्दासियनले गरिन् समर्थनः ब्रूस रियालिटी टिभी स्टार किम कार्दासियनको सौतेनी बुवा हुन् । आफ्नो पिताले लिंग परिवर्तन गरेको कुरामा उनले समर्थन जनाएकी छिन् । यूएस म्यागजिनलाई दिएको अन्तर्वार्तामा उनले भनिन्, ‘ब्रूसको जति ठूलो मन छ उनी त्यति नै इमान्दार छन् । उनले आफूले चाहेको तरिकाले जीवन व्यतीत गरिरहेको देखेर म निकै खुसी छु । उनलाई आन्तरिक खुसी मिलेको छ र यो निकै खुसीको कुरा हो ।’:
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies