Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

के मङ्सिर ८ गतेको जनसभामा आउलान् विप्लव ?

काठमाडौं । आगामी मङ्सिर ८ गते विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गर्ने जनसभामा पार्टीका महसचिव विप्लव आउनेबारे अझै ठोस भएको छैन । अहिलेसम्म विप्लवले नै सभालाई सम्बोधन गर्ने भनेर प्रचार प्रसार गरिएको भए पनि यो समाचार तयार पार्दासम्म विप्लव आउनेबारे अझै ठोस नभएको नेकपाले जनाएको छ ।

नेकपाका एक केन्द्रिय सदस्यले भने- “सरकारले वार्ता गर्ने भनेर झुक्याउदै यो जनसभासम्म गर्न दिने र त्यस लगत्तै महासचिव विप्लवलाई गिरफ्तार गर्ने योजना बनाएको सुचना हामीकहाँ आएको छ । त्यसैले महासचिव सार्बजनिक नहुने भन्ने छ पार्टीको केन्द्रिय समितिले पनि उहालैअ सार्बजनिक हुन् अनुमै दिएको छैन सायद उहाँ आउनुहुदैन होला ।“

उनका अनुसार विप्लवले कार्यक्रमलाई सम्बोधन गर्ने स्थिति नबनेमा पार्टीका प्रवक्ता खडक बहादुर विश्वकर्मा (प्रकाण्ड)ले सम्बोधन गर्ने भन्ने आन्तरिक निर्णय भएको छ । अहिले नै सभालाई प्रकाण्डले सम्बोधन गर्ने भनेपछि सभामा आउने जनसहभागिता कम हुनसक्छ भनेर उनको प्रचार भने गरिएको छैन । प्रकाण्डको पक्राउपछि पार्टीमा उनिमाथि नै प्रश्न चिन्ह खडा भएकोले विप्लव नेकपा भित्र उनि कमजोर भएका छन् ।

श्रोतका अनुसार कार्तिक १५ गतेबाट ३ दिनसम्म बसेको पार्टी स्थायी समिति बैठकमा प्रकाण्ड गिरफ्तार हुँदा पार्टीको योजना, दस्ताबेज, र सेना निर्माण तथा परिचालन सम्बन्धि महत्वपुर्ण डकुमेन्ट प्रहरीको हातमा परेको भन्दै ब्यापक आलोचना भएको थियो । प्रकाण्ड पार्टीको केन्द्रिय समितिको बैठक सकेर काठमाडौँ फर्किदा पार्टीको पत्रकार संगठन् भित्र शंसयपूर्ण भूमिका भएका व्यक्तिहरुको सम्पर्कमा आएको, केही ब्यापारीहरुलाई फोन गरेर काठमाडौँ आउदै गरेको जानकारी दिएकोलगायतका कारण पक्राउ परेको भन्दै उनको ब्यापक आलोचना भएको थियो ।

पार्टीका योजना, दस्तावेज र आयब्याय बिवरणसमेत भएको डायरी, ल्यापटप, पेनड्राइभ मोबाइललगायतका सबै सामाग्री प्रहरीले लिएपछि पार्टीको सबै योजना प्रहरीकहा गएको भन्दै अहिले प्रकाण्डप्रति पार्टीका नेता कार्यकर्ता ब्यापक असन्तुष्ट बनेका छन् ।

जनसभाको प्रचार प्रसारमा लागे विप्लवका दुई पत्रकार संगठन

यस्तै मङ्सिर ८ गते नेकपाले आयोजना गरेको जनसभाको प्रचार प्रसार भने अनौठो तरिकाले गर्न थालिएको छ । विप्लवको पार्टीमा भएको क्रान्तिकारी पत्रकार संगठन नेपाल फुटेर दुई टुक्रा बनिरहेका बेला दुवै संगठनले आफुलाई पार्टीकै पत्रकार संगठन भन्दै प्रचारप्रसार थालेका छन् ।

लामो समयसम्म पत्रकार संगठन भित्रको विवाद विप्लवले हल गर्न नसकेपछि अहिलेको जनसभामा पार्टीका दुई वटा पत्रकार संगठनले एकै नामबाट आ(आफ्नो तरिकाले प्रचारप्रसार गर्ने भएका छन् । दिल्लिराज रावत नेतृत्वको संगठनका उपाध्यक्ष जन्मदेब जैशी महासचिव बाबुराम भुषालले आफ्नो संगठनको तर्फबाट पार्टीको जनसभाका लागि आबस्यक प्रचारप्रसार गर्ने निर्णय गरिएकोबारे एक बक्तब्य नै जारी गरेका छन् ।

पार्टीले संगठनको विवाद हाल नगरे पनि सल्यानका युद्धकालिन कार्यकर्ता रहेका पत्रकार डिल्लीराज रावत नेतृत्वको क्रान्तिकारी पत्रकार संगठन र स्याङ्जाका माओवादी शान्ति प्रक्रियामा आएपछि ६५ साल तिर पार्टीमा लागेका पत्रकार प्रकाश डुम्रे नेतृत्वका संगठनले अलग(अलग तरिकाले सभाको प्रचार गर्ने निर्णय गरेका छन् ।

बैठकले टेलिभिजन, अनलाईन, पत्र–पत्रिका, रेडियोमा प्रचारलाई अझ व्यवस्थित गर्न संयोजनको जिम्मा पनि तोकिएको छ । जसअनुसार अनलाइनमा कमल बुढा, पत्रपत्रिकामा धनञ्जय बुढा, टेलिभिजनमा रुपक कुलाल, प्रचार सामाग्री उत्पादनमा दिया चन्द र सुरज प्याकुरेल तथा रेडियोमा बैकुण्ठ गिरी र सुदिप बर्देवालाई जिम्मा दिइएको छ ।

त्यस्तै बैठकमा श्रमजिवीका हकहितसँग सम्बन्धित मागहरु पुरा गर्न निरन्तर दवाव दिने र प्रेस विरोधी कानुन संशोधनका लागि जारी आन्दोलन अझ सशक्त पार्ने निर्णय गरेको जानकारी गराउँदै प्रचार प्रसारसहित हरतरहले साथ सहयोगका लागि नेपाल पत्रकार महासंघ, विभिन्न संचार संगठनहरु, सञ्चारगृहका प्रकाशक र सम्पादकहरु, मिडियाकर्मीहरुसँग हार्दिक अपिल समेत गरेको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending