Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

तीन दशक बित्दासमेत बनेन सडक

सल्यान । सदरमुकाम खलङ्गादेखि पश्चिमी क्षेत्र सल्लीबजार जोड्ने सडक निर्माण शुरु भएको ३० वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठले २०४५ सालमा शिलान्यास गरेकाे सडक पूरा नहुँदा पश्चिमी क्षेत्रका बासिन्दाले जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । शारदा नगरपालिकाको दुलधारापोखरादेखि बालुवासङ्ग्रहीसम्म ३२ किलोमिटर सडकको ट्र्याक खोलेर साना गाडी सञ्चालन गरिए पनि ढुक्कसँग यात्रा गर्ने अवस्था छैन ।

“साँघुरो सडकमा घुम्ती भएकाले साना गाडीलाई समेत मुस्किल पर्छ, गाडीमा चढ्दा धेरै ठाउँमा मुटुले ठाउँ छोड्छ,” स्थानीयवासी हरिहर कवरले भने । वनगाड कुपिण्डेको ज्यामिरे, कोटभिरलगायतका स्थानमा सडक बढी जोखिमयुक्त रहेको छ । सडकको स्तरोन्नति गर्ने जिम्मेवारी पाएको सन्तोषी निर्माण सेवाले काममा ढिलाइ गरेको स्थानीयवासीको गुनासो छ ।

सडकको ३२ किलोमिटरमध्ये १४ किलोमिटर सडक वटाशील र १८ किलोमिटर ग्राभेल गर्नका लागि दुई वर्षअघि सन्तोषी निर्माण सेवाले जिम्मा पाएको थियो । दुई वर्ष पूरा हुँदासमेत आधा काम पनि पूरा नभएको स्थानीयवासी दुर्गा विसीले जानकारी दिए । समय सकिएको एक वर्ष पूरा हुन लाग्दासमेत काम सकिएको छैन् । कूल रु २४ करोड लागतमा निर्माण थालिएको उक्त सडकको अवस्था अत्यन्तै नाजुक छ । सडककै कारण केही समयअघि कुपिण्डेदह घुम्न आएका १३ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको थियो ।

देशकै १०० पर्यटकीयस्थलमा परेको कुपिण्डे दह यही सडकखण्डको बीचमा पर्दछ । बर्षेनी हजाराैं पर्यटक घुम्न यहाँ आउने गरेका छन् । सल्यान सदरमुकामबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने यो मुख्य मार्गसमेत हो । काममा ढिलाइ भएको जनगुनासो बढ्न थालेपछि कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले काम छिटो सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

यस्तै सङ्घीय सांसद टेकबहादुर बस्नेतले समयमा काम नसके ठेकेदार कम्पनीलाई कारवाही गरिने चेतावनी दिएका छन्। सडक निर्माण गर्दा सडकमा रहेका ठूला चट्टान तथा उपकरण पु–याउन गाह्रो भएकाले निर्माण कार्य ढिला भएको निर्माण सेवाका ठेकेदार उज्ज्वल कँडेलले प्रतिक्रिया दिए।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending