Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

एक पत्रकारका नजरमा प्रकाशः बाहिर चर्चा गरिएजस्ता थिएनन् प्रकाश

वरिष्ठ पत्रकार मोहन मैनाली सरले हाँसोठट्टामा मलाई ‘राष्ट्रिय जेठान’ भन्नुहुन्छ । धेरैको जेठान भएकाले ‘राष्ट्रिय जेठान’ भन्नुपर्ने उहाँको तर्क । घरका बैनीज्वाईंहरु त हुँदै हुनुहुन्छ, त्यसबाहेक नरेन्द्र केसी, डिल्ली मल्ल, सूर्य थापा, नेत्र केसी सबै ज्वाईंसापहरु । त्यसैमध्ये प्रकाश दाहाललाई पनि म ज्वाईंसाप भनेरै बोलाउँथें । उनलाई ज्वाईंसाप भन्नुमा पनि एउटा कथा छ ।

प्रकाश दाहालले बीना मगरसँग बिहे गरेपछि पार्टीले उनलाई कारवाही ग¥यो र उनी भारतको नयाँ दिल्लीमा बस्न थाले । उनी खाली नै थिए, त्यही भएर होला, सामाजिक सञ्जालमा निकै सक्रिय रहन्थे । हामी एक अर्काका स्टाटस र फोटोमा कमेण्ट गर्दै कमेण्ट बक्समै कुराकानी चलाउँथ्यौं । यसमा सक्रिय सहभागिता रहन्थ्यो काठमाडौंका साथी मनोज आठपहरियाको ।

फोटो र स्टाटसमा कमेण्ट गर्दागर्दै मनोज आठपहरियाले मलाई उचाल्दै भने, ‘‘प्रकाशलाई ज्वाइँसाप भनेर जिस्काउनु त ।’ मैले ‘भैगो’ भने । यसै गरी अर्को दिन पनि मनोजले त्यही कुरा दोहो¥याए । अनि मैले पनि कमेण्टमै ‘ज्वाइँसाप’ भनेर लेखें । बीनालाई लिएर गएको हुनाले ज्वाइँसाप भनेको भन्ठानेर केही दिनसम्म उनी अन्कनाइरहे । पछि आफैं ‘जेठानसाप’ भनेर बोल्न थाले र त्यही साइनोले निरन्तरता पायो । जब दशैं, तिहार, नयाँ वर्ष वा अन्य कुनै विशेष पर्वहरु आउँथे, फेसबुक म्यासेन्जरमा प्रकाश दाहाल लेख्थे, ‘जेठानसाप, यसपालि त केही आएन त ।’ कुन पर्व वा अवसरमा हो, उसैको शुभकामना बनाएर पठाइदिन्थें म । उनी पोष्टिन्थे सामाजिक सञ्जालहरुमा ।

[caption id=\"attachment_216146\" align=\"alignleft\" width=\"152\"]\"\" उदय जीएम, पत्रकार[/caption]

आफ्ना बुवा पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाङमा कुनै कार्यक्रम हुँदा उनी स्टाटस लेख्थे, ‘आज दाङ जाँदैछु । आदरणीय जेठानसाप उदय जीएमलगायतका साथीहरुसँग पक्कै भेट हुनेछ ।’ फर्किँदा एउटा सेल्फी हानेर पोष्टिन्थे र लाग्थे बुवा प्रचण्डसँगै आफ्नो गन्तव्यतिर ।

कहिले मोबाइलमा म्यासेज पठाउँथे, ‘जेठानसाप म तपाईंको सिधा माथि आकाशमा ।’ म जिस्किन्थें, ‘मेरो माथि आकाशमा भएको भन्ने के प्रमाण छ ? आकाशबाट मेरो घरको फोटो खिचेर पठाउनू ।’ उनी घोराहीको फोटो खिचेर पठाउँथे ।

एकपटक अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी कामको सिलसिलामा दाङ आउनु भयो । गणेश चित्रालयमा कार्यक्रम चल्दै थियो । प्रकाशले फोनमा भने, ‘‘तपाईंले हल्ला गरिरहने मेवाड कफी हाउसको चिया पिउने मन छ ।’’ म गणेश चित्रालयको प्रवेशद्वारनेर पुगें । प्रकाशलाई ल्याएर मेरै पसलमा पुगें । ‘दिदी ज्ञानमाला’सँग चिनापर्ची गराएँ र मेवाड कफी हाउसमा लिएर गएँ । त्यहीं चिया र चियागफ सक्यौं । अनि, कसैले सेल्फी खिच्यौं र सामूहिक फोटो पनि ।

बेला मौकामा अध्यक्ष प्रचण्डसँगै जतिपटक दाङ आउँथे प्रकाश, सायद उति नै पटक भेटघाट हुन्थ्यो हाम्रो । उनलाई प्रष्टै थाहा थियो मेरो फरक आस्था, फरक विचार तैपनि पछिल्लोपटक बुवा प्रचण्ड प्रधानमन्त्री हुँदा बुवाको कार्यकाल सफल बनाउने र मीडियाका विषयमा धेरैपटक सल्लाह लिन्थे । मुलूक अत्यन्त संवेदनशील घडीमा रहेको बेला होस् वा सहजतापूर्ण अवस्था । जहिले पनि प्रचण्ड नेपाली राजनीतिको केन्द्रविन्दुमा रहे । जतिबेला पनि सहजै फोन उठाउने र आफूसँग भएको दिन मिल्ने सूचना सहजै दिने गर्थे उनी । कतिपय बेला उनी यति उदार पनि हुन्थे कि विश्वास गरेर उनले लिक गरेका केही तस्वीरहरु पोष्ट गरिदिएर एक अर्थमा विश्वासघात उनलाई अनाहकमा विवादमा पनि तानिन्थ्यो । उनी गुनासो पोख्थे, म अनावश्यक उदार नहुन भन्थें ।

मेरो जेठो छोरा अजय जीएमलाई कलेज भर्ना गर्न गएको बेला राजधानीमा हल्लिने क्रममा वरिष्ठ कवि स्नेह सायमीले एक्कासी मलाई सिंहदरबार छिराउनु भो । शिक्षा मन्त्रालयमा तत्कालीन शिक्षामन्त्री धनिराम पौडेललाई भेट्दै गर्दा मैले फेसबुक म्यासेन्जरमा लेखें, ‘कता ?’ प्रकाशले लेखे, ‘म प्रधानमन्त्री कार्यालयमा । तपाईं कता ?’

मैले आफू शिक्षा मन्त्रालयमा भएको बताएपछि उनले प्रधानमन्त्री कार्यालयमा बोलाए । त्यहाँ पुगेर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग फोटो खिच्ने अवसर जु¥यो । प्रकाश दाहाल र तत्कालीन प्रेस सल्लाहकार गोविन्द आचार्यजीले खिचेको फोटो म्यासेन्जरमा आएपछि मैले पोष्टिएँ, ‘जिन्दगीमा पहिलोपटक सिंहदरबार छिरियो । खप्परमा त लेखेरै आएको रहेछु, पहिलोपटक नै प्रधानमन्त्रीसँग प्रधानमन्त्री कार्यालयमा फोटो खिच्ने सौभाग्य प्राप्त भो ।’

केही दिनपछि यसैलाई थाहाखबर डटकममा भाइ जयसिंह महराले लेख्नु भो, ‘‘सिंहदरबार छिर्ने छापामार शैली ।’’ २०७४ भदौ ४–५ गते नेपाल पत्रकार महासङ्घको २५ औं महाधिवेशन राजधानीमा सम्पन्न भयो । प्रेस सेन्टर, प्रेस युनियन, प्रगतिशील पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासङ्घ लगायतका संगठनहरुको ‘लोकतान्त्रिक–प्रगतिशील–समावेशी व्यावसायिक प्यानल’को तर्फबाट ‘जनजाति सचिव’मा मेरो उम्मेदवारी थियो । प्रकाश दाहालले मेरो लागि आफ्नो फेसबुक पेजमा मत मागेका थिए ।

हाम्रो प्यानल विजयी भएपछि तत्कालीन माओवादी केन्द्रका अध्यक्ष तथा कांग्रेससँगको गठबन्धनका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित सिङ्गै केन्द्रीय समितिलाई बधाई तथा भोजको कार्यक्रम आयोजना गर्नुभयो लाजिम्पाटमा । प्रकाश दाहालसँगको अन्तिम भेट र कुराकानी त्यहीं भयो । धेरैपटक फोटो खिचिएकै थियो, त्यो बेला चाहिँ बैनी बीनासँग फोटो खिचेर भोजमा सहभागी भइयो । बीना र रेणुजीसँगको प्रत्यक्ष भेट चाहिँ त्यहीँ पहिलो थियो ।

महासङ्घको चुनावका बेला पनि उम्मेदवार चयन गर्दा मेरो पक्षमा आफ्नो वृत्तमा पूरै लविङ गरेका रहेछन् प्रकाशले । त्यो कुरा चाहिँ उनले भनेनन्, मैले अरु नै स्रोतबाट पछि थाहा पाएँ । मान्छेहरु प्रकाश दाहालको छवि तत्कालीन राजा ज्ञानेन्द्रका छोरा पारस शाहसँग तुलना गर्थे । यद्यपि, उनी सहज थिए, सरल थिए र सबैसँग सजिलै भिज्नसक्ने थिए । एउटा सञ्चारकर्मीको हिसाबले भन्ने हो भने उनी मीडियामैत्री थिए । मैले देखेका, भोगेका र सङ्गत गरेका प्रकाश दाहाल बाहिर चर्चा गरिएजस्ता बिलकुलै थिएनन् । बरु, मीडियामैत्री प्रकाश मेरै आँखाअगाडि मीडियाको कोपभाजनमा परिरहे ।

एक दिन अनलाइनहरुमा समाचार आयो । प्रकाश दाहाल नयाँ दिल्ली बस्दाको समय थियो त्यो । समाचारको आशय थियो, प्रकाश दाहाल बीना मगरसहित विभिन्न देशको शयर गरिरहेका छन् । मोजमस्ती गरिहेका छन् ।

मैले फेसबुकमै सोधें, ‘खुब देश विदेशमा मस्ती गरिएको छ रे त ।’ उनले एकै छिनमा नयाँ दिल्लीबाट फोन गरे र भने, ‘यी हेर्नुस, म यहाँ नयाँ दिल्लीमा छु । पत्रकारहरु कस्ता कस्ता र कतिसम्म झुठ समाचार लेख्न सक्छन् ? आफै बुझ्नुस् ।’ म आफू पनि पत्रकार भएको नाताले आफैं लज्जित महशुस गर्थें र धैर्य गर्नुस्, सबै ठिक हुन्छ भनेर सम्झाउँथें ।

प्रकाश दाहाल मीडिया वा सोसल मीडियाको कोपभाजनमा पर्नु, तारो बन्नुमा उनको एउटै दोष थियो कि उनी प्रचण्डका छोरा थिए । राजनीतिक द्वेष र पूर्वाग्रहका कारण प्रचण्डलाई प्रहार गर्ने ठाउँ ढुकेर बस्ने र यता प्रकाश दाहाललाई दानव वा राक्षसको जस्तो छवि बनाएर प्रस्तुत गरिदिने ।

प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुने पक्कापक्की भएको अवस्थामा दाङका तर काठमाडौंमा बस्ने एकजना पत्रकारले लेखेको स्टाटसको स्क्रिनसट पठाएर प्रकाशले भने, ‘‘उहाँलाई एक महिना मसँग सङ्गत गर्न लगाइदिनुस् । एक महिनाको सङ्गतमा म उहाँले भनेजस्तै रहेछु भन्ने लाग्यो भने त्यतिबेला जति लेखे पनि लेख्नुहोला । अहिले चाहिँ फेसबुक र ट्वीटरका ती स्टाटस् हटाउन भनिदिनु होला ।’’

मैले यी कुरा जस्ताको तस्तै स्टाटसवाला पत्रकारलाई सुनाइदिएपछि ती स्टाटसहरु डिलिट गरिए । लगातार मीडियाको कोपभाजनमा परेतापनि उनी आफू भने मीडियामैत्री नै थिए । (मंसीर, २०७४)

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending