Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

जब ओलीले प्रचण्डतिर हेरेर जे हुनु भइहाल्यो भनेपछि मेरो मन भक्कानियो

२०७४ मंसिर ३ गते झिसमिसेमै गङ्गाको मोवाइल बज्यो, एक्कासी गङ्गाले आत्तिदै भनिन्, “भाइ बिरामी भएर हस्पिटल लगेको छ रे।” सोचें, सामान्य केही भएको होला । सायद भाई प्रकाश निरोगी भएका कारण पनि मैले त्यसो सोचेको हुनुपर्छ। २०७४ मंसिर २१ गते तराईका जिल्लामा सङ्घीय र प्रादेशिक निर्वाचनको चटारो थियो, म मोरङ् ६ (क) को उम्मेदवार भएका कारण निर्वाचनमा सहयोगका निम्ति सानी छोरी ईशान्वीसहित ठूलो भिनाजु सागर केसी विराटनगर आएको २ दिनमात्र भएको थियो। निर्वाचनको समय भएका कारण बुवा (ससुराबुवा) त्यो दिन मंसिर ३ गते काँकडभित्ताको चुनावी सभालाई सम्बोधन गर्नका लागि झापामा हुनुहुन्थ्यो । भाई बिरामी भएको खबरपछि गङ्गाले बुवालाई फोन सम्पर्क गरिन्। बुवाले ‘तुरुन्त आउनू’ भन्नुभएछ, त्यसपछि हामी झापा गयौं। बाटोमा यात्राका क्रममा सामान्य नै होला भन्ने विश्वासका साथ झापा पुगियो। त्यहॉ पुगेपछि एकजना प्रहरीले ‘प्रकाशजीको बारेमा खबर नराम्रो छ’ भने । मलाई हस्पिटल लगेको छ, राम्रो भइहाल्छ नि भन्ने भयो । मानिसहरुको घुइँचो लागेको थियो, तात्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि त्यही हुनुहुन्थ्यो, माहोल एकदमै सुनसान थियो । त्यसै क्रममा हामीलाई लिन काठमाडौंबाट हेलिकप्टर आयो, हामी जब हेलिकप्टरमा बस्यौं, अध्यक्ष ओलीज्यूले बुवातिर हेर्दै भन्नुभयो, “जे हुनु भइहाल्यो, तपाईं लगायत परिवारलाई समवेदना छ” त्यो आवाज मेरो कानमा गुञ्जियो । म स्तब्ध भएँ, गङ्गालाई हेरें बुवालाई हेरें । यो के भएको हो, मन बेचैन भयो, ऑशु थामिएनन् । विगतमा भाइ प्रकाशसँग बिताएका हरेक पल स्मरण हुन थाले, मनमनै प्रार्थना गर्न थालें, “यो सबै गलत होस्, प्रकाशलाई ठीकठाक देख्न पाउँ । तर, समयले त्यसो गरेन, अन्ततः भाइ प्रकाशले हामीलाई साँच्चै याद मात्र छोडेर सदाका लागि बिदा लिईसकेको रहेछ । हामी एउटै छानामुनी लामो समय सँगै बस्यौं, भाइसँग मेरो छुट्टै सम्बन्ध थियो, हामी सालाभेना कम, साथी बढी थियौं, सायद उमेरले पनि होला। सँगै घुम्न जाने, क्रिकेट खेल्ने, रमाइलो गर्ने गथ्र्यौं हामी । वास्तवमा, प्रकाश सामान्य स्वभावको थियो, सोझो थियो, सामान्य कुरामा रमाउँथ्यो, बाटोमा राखिएका ठेलागाडाका मःम खॉदा औधी खुशी हुन्थ्यो प्रकाश । अनावश्यक खर्च नगर्ने बानी थियो । सामाजिक काम गर्न औधी रुचि भएका कारण उसले विदेशमा अलपत्र नेपाली युवाहरुलाई स्वदेश फर्काउने अभियान नै चलायो । युवाहरुका हर समस्यामा प्रिय साथी थियो ऊ । उसको बारेमा केही भ्रम छरिए, उसमाथि निरन्तर प्रहार भइरह्यो । जीवनमा उसले चालेका सबै कदम रहर पक्कै थिएनन्, कति त बाध्यता पनि थिए । तर, दुनियाँले उनका बाध्यता बुझ्ने र खोतल्ने प्रयास कहिल्यै गरेन । कहिलेकाहीँ लाग्छ, ‘प्रकाशको बारेमा जस्तो गलत प्रचार गरियो, ऊ बिल्कुल त्यस्तो थिएन । आज उनी हामीसँग छैनन्, म घरिघरि सोच्छु, ‘समाजले प्रकाश भाइप्रति किन यति धेरै अन्याय गरेको होला ? उनका राम्रा काम र अनुकरणीय देन किन ओझेल पारिएको होला ?’ प्रकाशले बढ्दो उमेरसँगै आफूलाई परिपक्व बनाउँदै लग्यो । दोस्रोपटक बुवा प्रधानमन्त्री हुँदा उसले सचिवालयमा बसेर गरेको मेहेनत अहिले पनि मन्त्रालयका सचिव र कर्मचारीहरु सम्झन्छन् । प्रधानमन्त्रीका रुपमा बुवाले गरेका धेरै निर्णयहरुमा भाइ प्रकाशको सहयोग, सल्लाह र बेजोड मेहेनत छ भन्ने कुरा मलाई राम्रोसँग महशुस अनि स्मरण हुन्छ । अन्ततः भाइ प्रकाशले छोडेर गएको पनि एक वर्ष पुगिसकेछ । समय बलवान छ, जीवनमा मृत्यु एकमात्र सत्य हो, यसमा भन्नु केही पनि छैन । तर, प्रकाशको जीवनमा मृत्यु छिटो आयो, यो नै हामी सबैका लागि ठूलो पीडाको विषय हो । भौतिक शरीर नभए पनि उसको देशप्रतिको माया, परिवारप्रतिको जिम्मेवारी, यूवाप्रतिको स्नेह र मोह, अनि समृद्ध र आधुनिक नेपालका लागि गरेको योगदान सधैं स्मरणीय रहनेछ । भाइ प्रकाश!! व्यक्तिगत रुपमा तिमीले गरेको सहयोग र सम्मानप्रति रिणी छु, आभारी छु, जीवनभरि आभारी रहनेछु । तिमीले देखेका अधुरा सपना सकेसम्म पूरा गर्ने कोशिस गर्नेछु। यही नै तिम्रा लागि सच्चा श्रद्धाञ्जली हुनेछ । हार्दिक श्रद्धाञ्जली प्रिय भाइ !! (अाचार्य प्रकाशका भिनाजू हुन् ।) र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending