Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

प्रकाशबारे बोल्दाबोल्दै प्रचण्डको गला अवरुद्ध भएपछि सीता दाहाल भावविह्वल

[caption id=\"attachment_163890\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडाैं । प्रकाश दाहालको पहिलो स्मृति सभामा पुष्पकमल दाहाल प्रचण्ड भक्कानिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले ललितपुरको खुमलटारमा सोमबार बिहान स्मृति सभा आयोजना गरिएको थियो । कार्यक्रममा बोल्ने क्रममा प्रचण्डले छोरा प्रकाशको निधनको बेला पार्टी सम्हाल्ने कि घर सम्हाल्ने स्थिति आएको र सबैको सहयोगमा दुवै सम्हालेको स्मरण गरे । उनले देश, जनता, नेता कार्यकर्ताले साथ नदिएको भए आफ्नो परिवार बिघटन हुनसक्थ्यो भनेपछि गला अवरुद्ध भएको थियो । गला अवरुद्ध पार्दै प्रचण्डले भने, ‘यो उपस्थितिले हाम्रो परिवार, पार्टी र मलाई नयाँ ऊर्जा थपेको महसुस भएको छ । यो उपस्थिति राष्ट्रको हितमा निरन्तर लाग्ने प्रेरणा बनेको छ । यस किसिमको सद्भाव, प्रेरणा र विश्वास हुँदैनथ्यो भने शायद हाम्रो परिवार नै विघटन भइसकेको हुनेथियो ।’ प्रकाशको असामयिक निधनपछिको अवस्थालाई सामना गर्न सजिलो नभएको स्मरण गर्दै प्रचण्डले यसक्रममा पाएको साथ, सद्भाव र हौसलाका लागि सबैलाई धन्यवाद दिए । सोही सद्भावले आफूहरूमा शोकलाई शक्तिमा बदल्ने प्रेरणा मिलेको प्रचण्डको भनाइ थियो । उनले प्रकाश दाहाल बिस्तारै परिपक्व हुँदै गएको अवस्था पनि स्मरण गरे । \"\" ‘उसमा बालसुलभ कमी कमजोरी पनि थियो तर नजिकबाट नियालेको नाताले धेरै परिपक्व हुँदै थियो । भरोसा गर्न सकिने अवस्था थियो,’ प्रचण्डले भने । प्रकाशको निधनपछि नर्भिक अस्पतालदेखि आर्यघाटसम्म पुगेको युवाको भीडले आफूमा धेरै प्रकाशहरूको जिम्मेवारी रहेको महसुस भएको प्रचण्डले सुनाए । प्रधानमन्त्री केपी शर्मा ओलीले स्व. प्रकाश दाहालको सम्झना गरेका छन् । एक वर्ष अगाडि अर्थात आजकै दिन हृदयघातका कारण निधन भएका प्रकाशको स्मृति कार्यक्रममा उनले प्रचण्डलाई यस्तो अवस्थामा सम्हालिन गाह्रो भएको बताए । प्रधानमन्त्री ओलीले प्रकाशको निधनका बेला भएको त्यो दुःखदायी क्षण सम्झिँदै एकवर्षअगाडि आजकै दिन पत्याउन नसकिने खबर रहेको भन्दै भने, ‘प्रचण्ड र म झापा थियौं, प्रचण्डजीले बिहान फोन आयो भनेर एउटा दुःखद खबर सुनाउनु भयो । त्यो खबर पत्याउन म तयार थिइँन, तर बास्तविकता थियो त्यो । प्रचण्डजीले त्यो धैर्यता राखेर सम्हालिनुभयो ।’ प्रधानमन्त्रीले यसो भन्दै गर्दा प्रचण्ड पत्नी सीता दाहाल भावविह्वल भइन् । रातो ज्याकेटमाथि कालो सल ओडेकी सीताका आँखाबाट आँशु झरिरहेका थिए । उनीसँगै रोइरहेकी भरतपुर महानगरपालिकाकी मेयर छोरी रेणु दाहालले सम्हालिरहेकी थिइन् । उनी छोराको निधनपछि डिप्रेशनको शिकार भएकी छन् । हाल उनी उपचार गराउँदै आएकी छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending