Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

वामदेवलाई लाग्यो अर्को झड्का

काठमाडाैं । राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफूलाई दिन नेकपा नेता वामदेव गौतमले राखेको प्रस्ताव प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेका छन् । रुष्ट गौतमले गैरनाफामूलक निजी कम्पनी खोलेर विकास अभियानको नेतृत्व गर्ने र सबैलाई चकित बनाउने दाबी गरेका छन् । अाजको नयाँ पत्रिकामा खबर छ-गत संसदीय निर्वाचनमा बर्दियाबाट पराजित गौतम सक्रिय भूमिकामा फर्कन आतुर छन् । संसद्मा जान उनले डोल्पा, बैतडी, दैलेख, बाँके, प्युठान, नवलपरासीका सांसदलाई राजीनामा दिन आग्रह गरेका थिए । अरू सांसदले अस्वीकार गरे पनि काठमाडौं ७ का रामवीर मानन्धर राजीनामा दिन तयार भएका थिए । तर, पार्टीभित्रकै शक्तिले आफूलाई संसद्मा जान रोकेको उनको गुनासो छ । संसद्को मार्ग लगभग बन्द भएपछि गौतमले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठनको नयाँ पहल सुरु गरेका थिए । गौतमकै नेतृत्वमा लेखिएको चुनावी घोषणापत्रमा पनि त्यस्तो संयन्त्र गठन गर्ने उल्लेख छ । प्राधिकरणको नेतृत्व आफूले पाए विकासको महाअभियान सुरु गर्ने भन्दै उनले प्रधानमन्त्रीलाई सहमति गराउन खोजेका थिए । ठूला विकास परियोजनालाई नयाँ ढंगले अघि बढाउन प्रधानमन्त्री तयार भएका छन्, तर त्यसको नेतृत्व गौतमलाई दिन असहमत भएका छन् । ठूला विकास परियोजना एउटा नेतालाई जिम्मा दिएर कार्यकारी सरकार अभिभावक मात्र बन्न वैज्ञानिक नहुने प्रधानमन्त्री कार्यालयको निष्कर्ष छ । त्यसैले ठूला सबै परियोजना अब प्रधानमन्त्रीकै मातहतमा लग्ने गरी कानुन बनाउन मन्त्रिपरिषद्ले सैद्धान्तिक निर्णय गरेको छ । यो निर्णयसँगै गौतमले चाहेजस्तै स्वायत्त प्राधिकरण गठन हुने सम्भावना समाप्त भएको छ । प्रधानमन्त्रीको निर्णयबाट दुःखी गौतमले भने अब गैरनाफामूलक कम्पनीबाट विकास निर्माण महाअभियान सञ्चालन गर्ने दाबी गरेका छन् । २५ अर्बभन्दा माथिका आयोजनाको व्यवस्थापक निजामतीभन्दा बाहिरका र विदेशी पनि ल्याउन सकिने ऐन बन्दै राष्ट्रिय गौरवका तथा २५ अर्बभन्दा बढी लगानीका आयोजना निर्माण दु्रत गतिमा गर्न प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष निगरानीमा सञ्चालन गर्ने तयारी भएको छ । ५ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएका आयोजना २५ वर्षमा पनि नसकिएपछि छुट्टै ऐनमार्फत प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष निगरानीमा ल्याउन लागिएको हो । आयोजना निर्माणको व्यवस्थापन सम्बन्धित मन्त्रालयले नै गर्ने, तर प्रत्यक्ष निगरानी प्रधानमन्त्री कार्यालयको रहने गरी ऐन ल्याउन लागिएको आर्थिक पूर्वाधार महाशाखा हेर्ने सचिव केदारबहादुर अधिकारीले नयाँ पत्रिकालाई बताए । ‘छोटो बाटोबाट लक्ष्यअनुसार काम गर्न सकिन्छ कि भनेर ऐनको मस्यौदा हुँदै छ । बजेट व्यवस्था, मुआब्जा वितरण, अन्तरमन्त्रालय अवरोधदेखि निर्माण सामग्री अभावजस्ता जटिलता हटाएर लक्ष्यअनुसार आयोजना सम्पन्न गर्न खोजिएको हो । आयोजना भने मन्त्रालयअन्तर्गत नै रहन्छ,’ सचिव अधिकारीले भने, ‘प्रधानमन्त्री कार्यालय कार्यान्वयन गर्ने नभई नीति बनाउने तथा सोहीअनुसार काम भए/नभएको अनुगमन गर्ने निकाय हो ।’ आइतबारको मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रिय पूर्वाधार द्रुत निर्माणसम्बन्धी ऐनको विधेयक तयार गर्न स्वीकृतिसमेत दिइसकेको छ । अधिकारीले ऐन मस्यौदाकै क्रममा रहेकाले कतिपय व्यवस्था फेरबदल हुन सक्ने पनि बताए । के–के समेट्छ ऐनले ? आयोजनाहरू सम्बन्धित मन्त्रालयले छनोट तथा डिजाइन गर्नेछन् । प्रारम्भिक अध्ययन सकेपछि निर्माण सम्पन्न हुने लक्ष्य पनि मन्त्रालयले नै तोक्नेछ । त्यसका लागि आवश्यक कर्मचारी, निर्माण सामग्री र बजेटको प्रस्ताव पनि मन्त्रालयले गर्नेछ । प्रस्तावित नयाँ ऐनअनुसार मन्त्रालयले लिएको लक्ष्यअनुसार समयमा बजेट उपलब्ध गराउने, जनशक्ति व्यवस्थापन गर्ने काम सम्बन्धित कार्यालयले गर्नेछन् । आयोजनाप्रमुख तोक्ने र आयोजनाप्रमुखसँग कार्यसम्पादन करार पनि मन्त्रालयले नै गर्छ । यी आयोजनाको काम लक्ष्यअनुसार भए÷नभएको प्रत्यक्ष निगरानी गर्न प्रधानमन्त्रीको अध्यक्षतामा समिति बन्छ । समितिलाई आयोजना सञ्चालनमा कुनै अप्ठ्यारा आए तत्काल निर्णय गरेर सहज बनाउनेदेखि समयमै काम नगरे कारबाही गर्नेसम्मको अधिकार समितिले पाउँछ । यस्तै, नयाँ ऐनले राष्ट्रिय गौरवका आयोजनाको परिभाषासमेत गर्नेछ । रणनीतिक महत्वको २५ अर्बदेखि माथिका आयोजना यसभित्र रहनेछन् । लागत र प्रकृतिका आधारमा यस ऐनअन्तर्गत आयोजना सञ्चालन हुनेछन् । व्यवस्थापक बाहिरबाट ल्याउने प्रस्तावित ऐनअन्तर्गत सञ्चालन हुने आयोजनाका प्रमुख कार्यकारी अधिकृत निजामति सेवाभन्दा बाहिरबाट पनि ल्याउन सकिने प्रस्ताव छ । आवश्यक पर्दा विदेशी नागरिकलाई समेत कार्यकारी अधिकृत बनाएर आयोजना निर्माण गर्ने गरी ऐनको मस्यौदा बनिरहेको छ । आयोजनाका कर्मचारी पनि निजामति सेवाबाहिरका ल्याउन सकिनेछ । खुला प्रतिस्पर्धाबाट योग्य जनशक्तिसँग कार्यसम्पादन करार गर्न सकिने विकल्प राखिएको सचिव अधिकारीले जानकारी दिए । उनले यसअघि राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै कानुन नहुँदा कार्यान्वयनमा जटिलता रहेको बताए । ‘अब त्यस्ता आयोजनालाई सहज रूपमा सञ्चालन गर्न मात्र खोजिएको हो, मन्त्रालयबाट खोस्ने र मन्त्रिपरिषद् कार्यालयअन्तर्गत ल्याउन खोजिएको भने होइन,’ उनले भने ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending