Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

उर्जामन्त्री पुनको अफर मान्लान त विप्लवले ?

रोल्पा ।  नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का नेता तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई शान्तिपूर्ण राजनीति गर्न सुझाव दिएका छन् । सोमबार लिबाङमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पुनले विप्लवलाई पुरानै तरिकाको युद्धबाट सम्भव नभएको सुझाव दिएका छन् । ‘शान्तिपूर्ण राजनीति गर्नुस् । जनमत बनाएर सरकारलाई कन्भिन्स गर्नुस्, संविधान संशोधन गर्न सकिन्छ’, मन्त्री पुनले भने, ‘पुरानै तरिकाको युद्धबाट सम्भव छैन ।’ मन्त्री पुनले विप्लव नेतृत्वको नेकपालाई वार्तामा आए नेतामाथिका मुद्दा खारेज गर्न सकिने प्रस्ताव राखेका हुन् । ‘हतियार उठाएका कतिपय शक्तिसँग त सरकारले वार्ता गर्न तयार छ । विप्लवजीहरुले त अझै हतियार उठाइसक्नु भएको छैन । वार्तामा बसेर असहमति टुंग्याउन सकिन्छ’, मन्त्री पुनले भने, ‘वार्तामा बस्ने हो भने विप्लवलगायतका नेतामाथिका मुद्दा खारेज गर्न सकिन्छ ।’ विप्लव नेतृत्वको नेकपाबाट ठाउँठाउँमा हतियार प्रदर्शन, तालिम, केही अपराधिक काम र चन्दा असुली भइरहेकोमा मन्त्री पुनले आपत्ति जनाए । ‘स्थानीय तहका कतिपय जनप्रतिनिधि र कार्यालय प्रमुखहरुलाई धम्काउने काम भइरहेको छ । नेतृत्वले स्पष्ट पार्नुपर्छ’, मन्त्री पुनले भने, ‘यस्ता काम रोकिनुपर्छ । अन्यथा राज्यले एसर्टिभ ढंगले कदम चाल्न बाध्य हुन्छ ।’ संविधानप्रतिको र विगतको परिवर्तन संस्थागत गर्ने सन्दर्भका असन्तुष्टि वार्ताबाट समाधान गर्न सकिने मन्त्री पुनले जोड दिदै भने, ‘परिवर्तनविरोधी घरेलु र अन्तर्राष्ट्रिय शक्तिबाट विप्लव नेतृत्वको नेकपा प्रयोग हुनु हुँदैन ।’ नेपाल सरकारको मन्त्रिमण्डल हेरफेर हल्ला मात्र भएको मन्त्री पुनले दावी गरे । ‘यो सरकार पाँच वर्ष टिक्छ । एक आर्थिक वर्षसम्म मन्त्रीको काम हेरिन्छ । त्यसैले पनि अहिले नै मन्त्री फेरबदल हल्ला मात्र हुन्’, मन्त्री पुनले भने, ‘सरकार अस्थिर छ भन्ने हल्ला फैलाउने काम भएको मात्र हो ।’ सकारले पहिलो छ महिनामा ऐन र कानून निर्माण गरेको र अन्तराष्ट्रिय कुटनैटिक सम्बन्ध सुधार गरेको बताए । ‘संसद चलेको हरेका पाँच दिनमा एउटा ऐन जारी भएको छ । यो नेपालको इतिहासमा नौलो हो’, मन्त्री पुनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीलीको भारत र चिन भ्रमणले कुटनैटिक सम्बन्ध सुदृढ भएको छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: