Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

प्रचण्ड-ओलीले पूरा गर्लान झलनाथ खनालको यी माग ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले स्थायी कमिटीको बैठक तत्काल बोलाएर पार्टी एकीकरणको प्रक्रिया टुंग्याउनुपर्ने माग गरेका छन् । झापाको बिर्तामोडमा प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले सो कुरा बताएका हुन् । तल्लो तहका कमिटी र जनवर्गीय संगठन विघटनको अवस्थामा रहेकाले पार्टीभित्र असन्तुष्टि चुलिएको नेता खनालले बताए । ‘हामीले पार्टी एकीकरणपछि तलका सबै कमिटी भंग गर्‍यौँ, जनवर्गीय संगठन पनि भंग गर्‍यौँ, अनि यसबाट सन्तुष्ट को हुन्छ र ?’ उनले भने, ‘चाँडोभन्दा चाँडो एकीकरणको प्रक्रिया पूरा गरेर पार्टीलाई एकताबद्ध बनाउनुपर्छ, त्यो काम चाँडो नभएकाले सबै असन्तुष्ट छन् ।’ पार्टीका महत्वपूर्ण बैठक हुन नसकेकाले एकीकरण प्रक्रिया टुंगोमा नपुगेको उनले बताए । कोही असन्तुष्ट रहेकाले र कोही घुम्न जाने कारणले बैठक बस्न नसकेको खनालको भनाइ थियो । ‘स्थायी कमिटीको बैठक सम्पन्न भएपछि पार्टीले नयाँ गति लिन्छ,’ उनले भने, ‘बैठक पहिले नै बस्नुपर्ने थियो, १२ र १३ गते बस्नुपर्ने बैठक प्रधानमन्त्री बिरामी भएपछि सर्‍यो, अबचाहिँ बस्छ होला  ।’ एकीकरण टुंगिनुको कुनै विकल्प नरहेको नेता खनालले बताए । एकीकरण प्रक्रियामा ढिलाइ हुनुमा पार्टी नेतृत्वको कमजोरी रहेको उनको भनाइ छ । नेता खनालले पार्टी नेतृत्वको कमजोरीले सरकारका काम सुस्त भएको र विकासका कामले गति लिन नसकेको टिप्पणी गरे । देश विकासका लागि पार्टी एकता टुंग्याउनुको विकल्प नभएको दोहो¥याउँदै नेता खनालले पार्टीलाई एकढिक्का बनाएर लैजान सबै तयार हुनुपर्नेमा जोड दिए । सरकारले गरेको काममा अझै सन्तुष्टि प्राप्त नभएको उनले जिकिर गरे । ‘सरकारले कामको गति तीव्र बनाउन सक्नुपर्छ,’ उनले भने, ‘सरकारले किन गति लिन सकेन भन्ने प्रश्नको जवाफ खोज्न हामी पनि लागिपरेका छौँ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: