Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

गलत रिर्पाेट बनाएर बलात्कारी उम्काउन खोज्ने २ डाक्टर अख्तियारको फन्दामा

काठमाडाैं । बलात्कारका आरोपी बचाउन स्वास्थ्य परिक्षणको गलत प्रतिवेदन बनाउने दुईजना डाक्टर भ्रष्टचारको मुद्दामा मुछिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर अंचल अस्पतालमा कार्यरत् डा. विजयकुमार सिंह र डा.रम्भा गोइतविरुद्ध आज भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो । आयोगका अनुसार, इलाका प्रहरी कार्यालय खजुरी, धनुषाले अनुसन्धान गरेको ८ भदौको बलात्कारसम्बन्धी घटनामा डाक्टरद्वय सिंह र गोइतले गलत प्रतिवेदन तयार गरेका थिए । प्रहरीले बलात्कृत भएकी १२ वर्षीय बालिकालाई अस्पतालमा स्वास्थ्य परिक्षणका लागि लगेको थियो। अस्पतालमा डाक्टर सिंह र गोइतले चिकित्सकले न्यूनतम गर्नसक्ने र गर्नुपर्ने कार्य समेत नगरी अनुसन्धान कार्य प्रभावित गर्ने गरि स्वास्थ्य परीक्षण प्रतिवेदन दिएको अनुसन्धानबाट खुलेको छ। पीडितले जनकपुर अस्पतालको स्वास्थ्य परिक्षण प्रतिवेदनमा चित्त नबुझेपछि जिल्ला अस्पताल सिरहामा बालिकाको स्वास्थ्य परिक्षण गराउँदै अख्तियारमा समेत निवेदन दिएका थिए । आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार, सिंह र गोइतले पदको दुरुपयोग गरेको अनुसन्धानमा प्रमाणित भएको छ। र सिरहा जिल्ला अस्पतालमा गरिएको स्वास्थ्य परिक्षण प्रतिवेदनले अघिल्लो प्रतिवेदन गलत रहेको प्रमाणित गरेको हो। आयोगले नेपाल मेडिकल काउन्सीलमा दर्ता नम्बर ३१५५० रहेका डाक्टर सिंह र दर्ता नम्बर १०२०६ रहेकी गोइत विरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा २ बमोजिमको सजाय मागदाबी गरेको छ। ऐन अनुसार, दुबैलाई तीन महिनादेखि १ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending