Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

युसेन बोल्टको अस्ट्रेलियाली क्लबमा फुटबल यात्रा टुङ्गियो

जमैकाका पूर्वधावक युसेन बोल्टको अस्ट्रेलियाली फुटबल क्लब सेन्ट्रल कोस्ट मरिनर्समा ट्रायल टुङ्गिएको छ।

आठचोटि ओलिम्पिक्समा स्वर्ण पदक जितेका र अनेक कीर्तिमान बनाएका बोल्टले गत अगस्टमा ए लिग खेल्ने सो क्लबमा \'अनिश्चित अवधिका लागि प्रशिक्षण\' गर्न थालेका थिए। अस्ट्रेलिया बसाइका क्रममा एउटा मैत्रीपूर्ण खेलमा उनले दुई गोल गरेका थिए। तर लिगका खेलमा भने उनी सहभागी भएनन्। मरिनर्सले बोल्टलाई क्लबमै राख्न गरिएको प्रयास विफल भएको शुक्रवार जनाएको छ। गत महिना सो क्लबले बोल्टसँग सम्बन्धनका लागि \'फुटबल\' र \'व्यापारिक\' प्रस्ताव बनाइएको बताएको थियो। त्यसका लागि \'तेस्रो पक्ष\' सहभागी हुनुपर्ने थियो। तर विभिन्न सम्भावित साझेदारहरूसँग वार्ता गर्दा पनि सहमति भने हुन नसकेको क्लबले बताएको छ। मरिनर्सका मालिक माइक चार्ल्स्‌वर्थले बोल्टको आठहप्ते ट्रायल सफल भएको भन्दै उनलाई धन्यवाद दिएका छन्। \"उनी टोलीमा धेरै राम्ररी मिलेका थिए र उनले फुटबल खेलाडीका रूपमा लामो पाइला चालेका छन्,\" चार्ल्स्‌वर्थले भने। एक सय मिटर र दुई सय मिटर धावनमा विश्वकीर्तिमान बनाएका बोल्टले व्यावसायिक फुटबल खेल्नु आफ्नो \'सपना\' भएको बताएका छन्। उनले सो अस्ट्रेलियाली क्लबका मालिक, व्यवस्थापन, कर्मचारी, खेलाडी र समर्थकलाई आफ्नो बसाइलाई न्यानो बनाएको भन्दै धन्यवाद दिएका छन्। बोल्टले सन् २०१७ मा धावनबाट सन्न्यास लिएका थिए। यसअघि बोल्टले जर्मनी, नर्वे र दक्षिण अफ्रिकाका क्लबहरूमा अभ्यास गरेका थिए। बीबीसी  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending