अमेरिकी न्याय मन्त्रालयले चीन तथा ताइवानका तीन व्यक्ति तथा दुई कम्पनीले अमेरिकी कम्पनीहरूका गोप्य व्यापारिक सूचना चोरेको जनाएको छ।
अमेरिकी महान्यायाधिवक्ता जेफ सेसन्सले चीनको बढ्दो औद्योगिक जासुसी कार्यको सामना गर्न नयाँ कदम चालिएको बताएका छन्। चीनको त्यस्तो जासुसी अमेरिकाको आर्थिक समृद्धि र प्रतिस्पर्धी क्षमतामाथि साँच्चिकै खतरा भएको भन्दै उनले अमेरिकाले अब त्यो नसहने बताएका छन्। चीनले अमेरिकाको विश्वासिलो साझेदार बन्न चाहेको वा भ्रष्ट अर्थतन्त्र चलाउने बेइमान बन्न चाहेको भन्नेबारे निर्णय गर्नु पर्ने उनले बताए। बेइजिङले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन। सेप्टेम्बरयता मन्त्रालयले चीनस्थित कम्पनी तथा व्यक्तिहरूमाथि आर्थिक जासुसीको मुद्दा अघि सारेको यो चौथो घटना हो। पछिल्लो घटनामा ती कम्पनी तथा व्यक्तिहरूले एक सय अर्ब डलर मूल्य भएको अमेरिकी सेमिकन्डक्टर कम्पनी माइक्रोनको गोप्य व्यापारिक सूचना चोरेको अभियोग लगाइएको छ। ती सूचना आइडाहोस्थित माइक्रोन कम्पनीको डाइनामिक र्यान्डम एक्सेस मेमोरी स्टोरेज डिभाइससँग सम्बन्धित रहेको बताइएको छ। ती दुईमध्ये एक चिनियाँ कम्पनी फुजियान जिन्ह्वा इन्टिग्रेटेड सर्किट कम्पनी चिनियाँ सरकारी स्वामित्वमा छ। गत वर्ष पनि माइक्रोनले आफ्नो गोप्य जानकारी चोरेको आरोपमा फुजियान तथा ताइवानी कम्पनी युनाइटेड माइक्रोइलेक्ट्रिक्सविरुद्ध मुद्दा हालेको थियो। यो वर्ष विश्वका दुई आर्थिक महाशक्ति राष्ट्र अमेरिका र चीनबीच व्यापारिक तनाव चर्किएको छ। दुवैले एक अर्कामाथि चर्का आयात कर लगाएका छन्। ट्रम्प प्रशासनले दुई सय अर्ब डलर बराबरका चिनियाँ आयातमा कर लगाइदिएको छ। प्रतिक्रियामा चीनले ६० अर्ब डलर बराबरका अमेरिकी आयातमा कर थोपरिदिएको छ। ट्रम्पले आफ्ना ती कदमहरूका कारण रुष्ट चीनले अमेरिकी चुनावमा हस्तक्षेप गर्न खोजेको पनि आरोप लगाएका छन्। बीबीसी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: