Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

यसकारण कांग्रेसको चियापान अहिलेसम्मकै भव्य हुने दावी

काठमाडौं । नेपाली काँग्रेसले देशका सबै जिल्लामा एकै समयमा चियापानको आयोजना गर्दैछ । कांग्रेसले यो वर्षको चियापान विगत भन्दा फरक र भव्य हुने दावी समेत गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार शुक्रबार दिउँसो १ बजे देशभर चियापान हुनेछ । केन्द्रमा तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मिलेर काँग्रेस मुख्यालय विपीनगर, सानेपामा विशेष चियापान कार्यक्रम आयोजना हुनेछ । यो विशेष चियापानका लागि १५ हजार निमन्त्रणा कार्ड बाँडिएको छ । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रतिपक्ष दलका नेता तथा कार्यकर्ता, सरकारी प्रतिनिधि, कुटनीतिक नियोगका प्रतिनिधि लगायतका लागि १५ हजार कार्ड बाँडिएको हो । काँग्रेसका नेता तथा कार्यकर्ताका लागि कार्ड छैन । पौडेल भन्छन् –आयोजक नै काँग्रेस भएपछि आफूलाई नै के को कार्ड । सबै आयोजक । पौडेलले पार्टी मुख्यालयमा हुने चियापानमा झण्डै ५० हजार जनाको सहभागीता रहने छ । विपीको मेलमिलाप नीति अन्तर्गत काँग्रेसले चाडपर्वको अवसर पारेर हरेक वर्ष चियापान गर्दै आएको छ । दशैंको पूर्णिमाका दिन हुने चियापान यसपटक भने काँग्रेसका प्रभावशाली नेता चक्रप्रसाद बास्तोलाको निधन भएका कारण पछाडि सरेको हो । यसकारण अहिलेसम्मकै भब्य काँग्रेस प्रवक्ता शर्माका अनुसार ३ जिल्लाको आयोजनामा ललितपुरको सानेपामा कार्यक्रम भइरहँदा सोही समयमा बाँकी रहेका ७४ जिल्लाले सदरमुकाममा चियापानको आयोजना गर्नेछन् । केन्द्रमा मात्र मेलमिलापको नीति अपनाएको काँग्रेसले यसपटकदेखि स्थानीय तहलाई पनि केन्द्रबिन्दू बनाएको छ । प्रवक्ता शर्माले सबैलाई समेट्ने उद्धेश्यले यस पटकदेखि जिल्लाहरुमा पनि चियापान राखिएको बताए । उनले भने, ‘काँग्रेसले एकताको सन्देश दिनलाई नै सबै ठाउँमा एउटै समयमा चियापानको आयोजना गरेको हो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending