काठमाडौं । दुर्गम क्षेत्रका जिल्लामा तिहारका लागि खाद्यान्नको ढुवानीको उचित व्यवस्थापन गरिसकेको नेपाल खाद्य संस्थानले जनाएको छ । संस्थानका प्रवक्ता शङ्कर सापकोटाका अनुसार दुर्गम जिल्लामध्ये हुम्ला जिल्लाबाहेक अन्य जिल्लामा आउँदो तिहारका लागि खाद्यान्नको कुनै समस्या छैन । हुम्लामा पनि दैनिक ३० देखि ४० क्विन्टल चामल ढुवानी गर्ने कार्य शुरु भइसकेको छ । मध्य र सुदूरपश्चिम जिल्लामा खाद्यान्नको समस्या हुने गरेकोमा जाजरकोट, बाजुरा तथा मुगु जिल्लामा पनि खाद्यान्नको समस्याको समाधान भइसकेको जानकारी दिँदै उनले सडक नपुगेको डोल्पामा निजी क्षेत्रको विमानमार्फत चामल ढुवानी भइरहेको बताए । संस्थानका अनुसार यस वर्ष देशका सबै भूभागमा राम्रो पानी परेको र किसानको परिश्रम पनि राम्रो भएकाले धानको उत्पादन बढ्ने अनुमान गरिएको हो । प्रवक्ता सापकोटाले भन्नुभयो, “यो वर्ष करीब ६० लाख क्विन्टल धान उत्पादन हुने अनुमान छ ।” तराई क्षेत्रका किसान धान बिक्री गरेर तिहार मनाउने परम्परा भएकाले उनीहरूले धमाधम बजारमा पु¥याउने काम शुरु गरेका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...



प्रतिकृया लेख्नुहोस्: