काठमाडौँ, ‘गोरखा भूकम्प’ को प्रभावका कारण काठमाडौँ उपत्यकाका विभिन्न निजी विद्यालयलाई आफ्ना विद्यार्थी अन्यत्र जाने हुन् कि भन्ने त्रास देखिएको छ ।
उपत्यकामा सामुदायिकभन्दा तेब्बर सङ्ख्यामा रहेका निजी विद्यालयले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना गरिसकेका छन् । विद्यालय सञ्चालकले हाल ‘सरुवापत्र’ लिन चाहनेका बारेमा सूचना दिन नचाहेको र सकेसम्म आफ्नै विद्यालयमा राख्न चाहेको पनि देखिएको छ । ती विद्यार्थी उपत्यका बाहिर वा मुलुक बाहिर जान सक्ने अनुमान गरिएको छ । गत वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पका कारण बिदा दिइएका विद्यालय आइतबारदेखि सञ्चालनमा आए पनि आधाभन्दा बढी विद्यार्थी अनुपस्थित छन् । केही दिनमा विद्यार्थी उपस्थितिको सङ्ख्या बढ्ने सम्भावना भएको तर केही प्रतिशत विद्यार्थी स्थानान्तरण हुने निजी विद्यालय सञ्चालकका संस्थाले जनाएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का अध्यक्ष लक्ष्यबहादुर केसीले हाल स्पष्ट आँकडा प्राप्त नभए पनि १० देखि १५ प्रतिशतसम्म विद्यार्थी स्थानान्तरण हुन सक्ने बताउनुभयो । उपत्यकामा करिब एक सय निजी विद्यालय छन् । केही विद्यालयले चर्केको भवनमा टालटुल गरी पढाउन खोजेकाले पनि अभिभावकले सुरक्षाको चिन्ता उठाएका छन् । अभिभावक सङ्घ नेपालका उपाध्यक्ष सरिता अर्यालले आफूहरूले अनुगमन गरेका विद्यालयमा २५ प्रतिशत मात्र विद्यार्थी उपस्थित भएको पाइएको बताउँदै स्थानान्तरण हुन चाहनेलाई रोक्ने वा आनाकानी गर्ने काम उचित नहुने बताए । उपाध्यक्ष अर्यालले भने– ‘विद्यार्थीको अधिकारलाई कसैले रोक्न सक्दैन, उनीहरूलाई जहाँ सुरक्षा हुन्छ, जहाँ जान आवश्यक पर्छ, त्यहाँ जान सक्छन् ।” काठमाडौँलगायत भूकम्प प्रभावित १४ जिल्लामा सामुदायिक र निजी विद्यालय खुले पनि उपस्थित पचास प्रतिशत मात्र भएको र कक्षा सञ्चालन नभई मनोसामाजिक परामर्श दिएर आधा दिनमा बिदा दिने गरिएको पाइएको छ । सञ्चालनमा आए पनि अधिकांशमा पढाइ सुरु गरिएको छैन । भवन क्षति भएका र विकल्प तयार नभएका विद्यालयमा अझै केही दिनपछि विद्यार्थी आउनेछन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) का अध्यक्ष कर्णबहादुर शाहीले अहिलेसम्म विद्यार्थी बाहिरिएको जानकारीमा नआए पनि केही प्रतिशत स्थानान्तरण हुन सक्ने बताए । काठमाडौँ उपत्यकालगायत सामुदायिक निजी विद्यालयका भवनको प्राविधिक परीक्षण गरेर ध्वस्त तथा क्षतिग्रस्त भवनको विकल्पमा टहरा निर्माण गरी अभिभावकको अवलोकनपछि विद्यार्थीलाई विद्यालय पठाउन थालिएको छ ।शिक्षा मन्त्रालयले केही दिन झोला नदिई विद्यालय पठाउन अभिभावकमा आग्रह गरेको थियो भने शिक्षकले केही दिन मनोसामाजिक परामर्श दिनुपर्ने निर्देशन गरेको थियो ।
सोअनुसार विद्यालयले पाठ्यपुस्तकमा प्रवेश नगरी परामर्श, गीत, नृत्य, खेल, साङ्गीतिक प्रस्तुतिमा भुलाएका थिए । विद्यार्थीबीच आफ्ना भूकम्पीय अनुभव आदानप्रदान गराइएको छ ।
सहुलियत ऋण दिन अर्थमन्त्री सकारात्मक
निजी शिक्षालय संस्थाहरूको सञ्जाल (अपिन) ले साेमबार अर्थमन्त्री डा. रामशरण महतलाई भेटी भूकम्पबाट क्षति भएका निजी शिक्षण संस्थालाई सहुलियत ऋण दिन र करमा छुट दिन माग गरेको छ । प्याब्सन, एनप्याब्सन, उच्चमाध्यमिक विद्यालय सङ्घ (हिसान) का प्रतिनिधि रहेको अपिनका पदाधिकारीले आज सिंहदरबारस्थित कार्यालयमा भएको भेटमा मन्त्री डा. महत सो मागमा सकारात्मक रहनुभएको पाइएको प्याब्सनका अध्यक्ष केसीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...


प्रतिकृया लेख्नुहोस्: