Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

यसरी चिया बेचे सुर्खेतका पत्रकारले

सुर्खेत, पत्रकारको काम समाचार र सूचना संकलन गरी सञ्चार माध्यमबाट आम नागरिकसामु प्रवाह गर्नु हो । तर, सोमबार सुर्खेतका पत्रकारहरुले बिहान  साढे तीन घन्टा सडकको चोकमा बसेर चिया बिक्री गरेका छन् । सुर्खेतका नागरिकले यसअघि व्यावसायिक रुपमा स्थापना भएका कटेज, चिया पसलहरु र होटलमा पकाइएको चिया पिउँने गरेका भए पनि सोमबार भने सुर्खेतका पत्रकारहरुले बिक्री गरेको चिया पिए । भूकम्पबाट प्रभावितहरु पत्रकारहरुको सहयोगका लागि सोमाबार सुर्खेतका पत्रकारहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको साथमा चिया बिक्री गर्न वीरेन्द्रचोकमा घुम्ती पसल सञ्चालन गरेका हुन् । उक्त घुम्ती पसलबाट करिब साढे तीन घन्टामै १ लाख २८ हजार ४ सय ९७ रुपैयाँ संकलन भएको छ । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको नेतृत्वमा आयोजना गरिएको चियापान कार्यक्रमको उद्घाटन महासंघका केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतमले गरेका थिए । वैशाख १२ र २९ गतेको भूकम्पका कारण पीडित भएका सिन्धुपाल्चोक, दोलखालगायतका जिल्लामा कार्यरत पत्रकारहरुलाई यो रकम पत्रकार महासंघको केन्द्रीय समितिमार्फत प्रदान गरिने छ । पत्रकार महासंघ सुर्खेत शाखाले पीडित पत्रकारहरुको घाउमा थोरै भए पनि मलम लगाउने आफ्नो अभियानमा साथ दिने व्यक्ति तथा संस्थाहरुलाई धन्यवाद ज्ञापन समेत गरेको छ । \'चिया पिउँ, भूकम्पपीडितलाई मन दिउँ\' भन्ने श्लोगानसहित पत्रकार महासंघ सुर्खेत शाखाले सोमबार बिहान सात बजेदेखि करिब ११ बजेसम्म चिया बिक्री गरेको थियो । महासंघले चियाको मूल्य नतोकी आयोजना गरेको चियापान कार्यक्रममा ग्राहकहरुका रुपमा उपस्थित उद्योगी, व्यवसायी तथा व्यापारी, सरकारी कार्यालयका प्रतिनिधिहरु, गैरसरकारी संस्थाका प्रतिनिधिहरु, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु सहभागी भएका थिए । उनीहरुले घुम्ती चिया पसलमा स्वेच्छिक रुपमा सहयोग रकम हस्तान्तरण गरेर चिया पिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending