Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

गृहमन्त्रीले भने–जासुसी संयन्त्रले ‘आँखा’को काम गर्नुपर्छ

काठमाडाैं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले राष्ट्रिय अनुसन्धान विभाग बलियो बन्नसके मात्रै मुलुक बलियो हुने बताएका छन् । शुक्रबार विभागमा आयोजित १८औं अनुसन्धान अधिकृत आधारभूत तालिम, दिक्षान्त कार्यक्रममा गृहमन्त्री थापाले जून मुलुकको जासुुुसी संयन्त्र बलियो छ तिनै मुलुकले आर्थिक र सामाजिक विकास गरीरहेको टिप्पणी गरे । उनले अन्य सुरक्षा निकायलाई औँला र विभागलाई आँखाको संज्ञा दिँदै यि निकायबीचको समन्वयमा मात्रै अपराधका घटना नियन्त्रण गर्न सकिने बताए । उनले भने ‘ विभागले आँखाको रुपमा राष्ट्र र समाजका शत्रुहरुलाई पहिचान गर्ने, लक्ष्य तथा प्रहार स्पष्ट पार्नेे काम गर्नुपर्छ । यसले संकेत गरेका आधारमा अन्य सुरक्षा निकायले औंलाको काम गरी ट्रीगर दबाउनुपर्छ । ’ विभागले वस्तुनिष्ठ सूचना, तथ्य र तथ्यांक संकलन गर्न आवश्यक रहेकोमा जोड दिँदै गृहमन्त्री थापाले कल्पनाको आधारमा योजना बनाउँदा असफल हुने बताए । उनले भने ‘ सहि योजना बनाउन पर्याप्त सूचना आवश्यक छ । त्यसका लागि तपाईहरुले अझै मिहिनेत गर्नुहोस् । ’ बिभिन्न नाममा देशमा अस्थिरता निम्ताउन खोज्नेहरु सक्रिया भईरहेको भन्द्यै तिनको समेत निगरानी बढाउन गृहमन्त्रीले निर्देशन दिए । उहाँले कार्यक्रममा दिक्षित भएका अधिकृतहरुलाई कार्यकाल सफलताको सुभकामना दिँदै देशले उनिहरुबाट धेरै आशा लिएको भन्दै सोही अनुसार जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले विभागको महत्व धेरै भएपनि सो अनुसार काम हुन नसकेको बताउँदै यसलाई थप प्रभावकारी बनाउने तयारी भईरहेको जानकारी दिए । अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीले राज्यको आवश्यकता र सोँच अनुसार आफूहरु परिवर्तित भई काम गर्न तयार रहेको स्पष्ट पारे । तीन महिना चलेको सो तालिममा उत्कृष्ट प्रशिक्षार्थी किरण भट्टराई सहित २२ जना प्रशिक्षार्थीहरुलाई कार्यक्रममा गृहमन्त्री थापाले प्रमाणपत्र प्रदान गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: