Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

नेकपाको चियापान दुई समयमा हुनेः कार्यकर्ता र जनतालाई एउटा, भीआइपीलाई अर्को

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले दसैं÷तिहारको उपलक्ष्यमा भोली चियापान गर्दैछ । शनिबार (भोलि) भृकुटीमण्डपमा हुने चियापानको लागि नेकपा करिब ५० हजारलाई आमन्त्रणा गरेको छ । नेकपाले दुईथरिको निमन्त्रणा गरेको छ । पार्टीका कार्यकर्ता र जनतालाई नेकपाले दिउँसो १२ बजेदेखि ३ बजेसम्मको लागि मात्र चियापानको लागि निमन्त्रणा गरेको महासचिव विष्णु पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै विभिन्न राजनीतिक दलका नेताहरू, मन्त्री तथा साँसदहरू, संवैधानिक अब्गका पदाधिकारीहरू, सरकारका उच्चपदस्थ पदाधिकारीहरू, सुरक्षा निकायका पदाधिकारीहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, सेवानिबृत्त पदाधिकारीहरू, विभिन्न पेसा तथा समुदायका विशिष्ट व्यक्तित्वहरूलगायतलाई भने ३ बजेदेखि ५ बजेको समयमा बोलाइएको छ । पौडेलद्वारी जारी विज्ञप्तिमा भनिएको छ ‘उक्त शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमको अपरान्ह १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता–कार्यकर्ता तथा आम जनसमुदायलाई आमन्त्रण गरिएको छ भने अपरान्ह ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेताहरू, मन्त्री तथा साँसदहरू, संवैधानिक अब्गका पदाधिकारीहरू, सरकारका उच्चपदस्थ पदाधिकारीहरू, सुरक्षा निकायका पदाधिकारीहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, सेवानिबृत्त पदाधिकारीहरू, विभिन्न पेसा तथा समुदायका विशिष्ट व्यक्तित्वहरू लगायतलाई आमन्त्रण गरिएको छ ।’ त्यस्तै स्वतन्त्र मधेस अभियानका नाममा खुलेआम मुलुक टुक्र्याउने अभियानमा सक्रिय सिके राउतदेखि नेत्रबिक्रम चन्द विप्लवसम्मलार्इ दिएको भन्दै नेकपाभित्र तिब्र असन्तुष्टि बढेको छ । अधिकांश केन्द्रीय सदस्य र स्थायी समिति सदस्यले राउतलाई चियापानमा बोलाइएकामा विभिन्न माध्यममार्फत नेतृत्वसमक्ष असन्तुष्टि जाहेर गरेका छन् । नेकपाले दसैं, तिहार, नेपाल सम्वत र छठजस्ता मुख्य पर्वका अवसरमा शनिबार चियापान आयोजना गरेको छ । राजधानीको भृकुटीमण्डपमा आयोजित चियापानमा सरकारले नेत्रविक्रम चन्द र सिके राउतलाई पनि अतिथि बोलाएको छ । राउतलाई मुलुकको अखण्डताविरुद्ध गतिविधि गरिरहेको आरोपमा प्रहरीले बेला बेलामा पक्राउ गर्दै छाड्दै आएको छ । सरकार आफैंले मुलुक टुक्र्याउने गतिविधिमा लागेको आरोपमा पक्राउ गर्ने अनि उनैलाई पार्टीको चियापानमा निम्ता दिनु आपत्तिजनक भएको एक नेताले बताए । महासचिव विष्णु पौडेल नेतृत्वको चियापान आयोजक कमिटीले राउतलाई औपचारिक पत्रै पठाएर चियापानमा निम्ता दिएको हो । र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending