Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

प्रचण्ड भारत उडे, यस्तो छ कार्यक्रमकाे तालिका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड भारतको नयाँ दिल्ली  प्रस्थान गरेका छन् । क्षेत्रीय तथा वैश्विक मुद्दाहरुमा उच्चस्तरीय छलफल चलाउँदै आएको इण्डिया फाउण्डेसनको यो वर्षको सम्मेलनमा भाग लिन प्रचण्ड त्यसतर्फ गएका हुन् । अध्यक्ष प्रचण्डले तीनदिनसम्म चल्ने सम्मेलनको मूल उद्घाटन समारोहमा प्रमुख अतिथिकारुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रममा प्रचण्डसहित उद्योग, वाणिज्य तथा नागरिक उड्डयन मन्त्री सुरेश प्रभु तथा राज्यसभाका उपाध्यक्ष हरिवंश नारायण सिंहले सम्बोधन गर्ने कार्यक्रम छ । इण्डिया फाउण्डेसनले यसवर्षको मुख्य नारा ‘नागरिकको घोषणापत्र– विचारहरुको मन्थन’ भन्ने रहेको छ । कार्यक्रम अक्टुबर २६ देखि २६ अक्टोबर सम्म चल्ने बताइएको छ । तर, अध्यक्ष प्रचण्ड भने आज नै उद्घाटन कार्यक्रमलार्इ सम्बोधन गरि आज नै स्वदेश फर्कने कार्यक्रम छ । इण्डिया आइडिया कन्क्लेभ नाम दिइएको सम्मेलनमा राजनीति, मिडिया, आर्थिक तथा सामाजिक क्षेत्रका चार सय भन्दा बढी विशिष्ट व्यक्तित्वहरुलाई आमन्त्रित गरेको आयोजकले जनाएका छन् । यसमा सरकारी तथा व्यापार क्षेत्रका नेताहरु, बौद्धिक व्यक्तित्व, पत्रकार, सामाजिक अभियन्तालगायतका रहेका छन् । यसअघि चारवटा वार्षिक कन्क्लेभ सम्पन्न गरिसकेको इण्डिया फाउण्डेसनको कार्यक्रममा नेपालका पूर्व प्रधानमन्त्री शेर बहादुर देउबाले समेत सम्बोधन गरिसकेका छन् । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउबाले सन् २०१६ को सम्मेलनमा सम्बोधन गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: