Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

प्रचण्डलार्इ प्रदेश २ का मन्त्रीको काउन्टर, अाखिर के भनेका थिए प्रचण्डले ?

काठमाडाैं । प्रदेश नं २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले संघीय सरकारले जे भन्यो त्यही मान्न नसकिने स्पष्ट पारेका छन् । संघीय सरकारसँग प्रदेश २ को सरकारको दुरी बढिरहेका बेला मन्त्री रामनरेशले संविधानअनुसार प्रदेश सरकारले काम गरिरहेको दावी गर्दै केन्द्र सरकारको दसत्व नसहने बताएका हुन् । रामनरेशले जनताले दिएको म्याण्डेट र संविधानको भावनाअनुसार काम गर्दा रोक्ने प्रयास गरिएको आरोप लगाए । प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डलाई संकेत गर्दै उनले भने, “प्रदेश नम्बर २ को सरकार कसैको दास होइन । संघीय सरकार वा राजनीतिक दलका नेतालाई भ्रम छ भने हटाए हुन्छ । हामी जनताको दास हौँ, संघीय सरकारको होइन ।” प्रचण्डप्रति आक्रोषित देखिएका रामनरेशले १७ हजार जनता मारेर पनि कुनै काम नगरेको आरोप लगाए । प्रचण्डले सस्तो नारा बाँडेर अहिले प्रदेश सरकारलाई दास बनाउन खोजेको पनि आरोप लगाए । मन्त्री रामनरेशले संविधान संशोधनका लागि पनि जोडदार माग गरेका छन् । उनले प्रदेश २ को सरकारले जनताको हितमा काम गरिरहेको दावी पनि गरे ।केन्द्र सरकार नै संघीयता असफल बनाउन लागिपरेको आरोपसमेत उनले लगाएका छन् । के भनेका थिए प्रचण्डले ? प्रचण्डले प्रदेश नम्बर २ को जनकपुरमा नेकपा पाटी कार्यालयको उद्घाटन गर्दै कात्तिक ६ गते ऐन बनाउने क्रममा ओभरटेग नगर्न प्रदेश नंं. २ का मुख्यमन्त्रीलाई आग्रह गरेका थिए । प्रदेश नम्बर २ को जनकपुरमा नेकपा पाटी कार्यालयको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले ओभरटेग गर्न खोज्दा खतरा बढेर जानेतर्फ सचेत रहन मुख्यमन्त्री लालबाबु राउतलाई सुझाव थियो । संघिय प्रहरी ऐन अहिलेको राष्ट्रिय चर्चाको विषय बनेको छ, उनले भने,‘संविधानले पहिले संघीय प्रहरी ऐन र त्यस अन्तगर्त प्रदेशले पनि आ आफ्नो अवस्था अनुसार ऐन बनाउने परिकल्पना गरेको छ । केहि नबनाई नहुने मैलिक अधिकार सम्बन्धी ऐनले गर्दा ढिलो भयो भन्दैमा ओभरटेग गर्न नखोज्नुस् ।’ उनले ढिलो भयो भन्दैमा संघिय समानुपातिक समावेश मान्यतालाई स्थापित गर्ने नेतृत्वलाई अभोटेग गर्नु दुरभाग्य हुने बताएका थिए । यसले गभ्भिर दुर्घटना हुन सक्ने भन्दै अध्यक्ष प्रचण्डले ध्यान दिएर अगाडि बढ्न मुख्यमन्त्री राउतलाई आहवान समेत गरेका थिए । उनले भने,‘मधेसी जनताको भावना अनुसार प्रधानमन्त्री केपी शर्मा ओली म र उपेन्द्र यादवबीच सहमति भएकाले संविधान परिर्माजित हुने जानकारी दिएका थिए । ‘सिंहदरबारको अधिकार गाउँगाउँमा’ भन्ने नारा आफूले अघि सारेको दाबी गर्दै उनले आफूले पाइसकेको अधिकार गुम्ने गरी अघि बढ्यो भने मुर्खता हुने बताएका थिए । प्रदेश २ को विकासलाई आफ्नो पार्टीले प्राथमिकतामा राखेको भन्दै नेकपा अध्यक्ष प्रचण्डले अतिवाद तथा विखण्डनको पछि नलाग्न प्रदेश २ का जनतालाई अपीलसमेत गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending