Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

वामदेवबारे यसो भन्छन् प्रचण्ड

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी उपनिर्वाचनको लफडामा नलाग्ने बताएका छन् । काठमाडाैं– ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिएर वामदेव गौतम चुनाव लड्ने तयारी थियो । तर, चतर्फी आलोचना भएपछि गौतम पछि हटेका छन् । शुक्रबार राजधानीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले त्यसको पुष्टि गरे । विकास निर्माण छाडेर यो दलफडामा नलाग्ने भन्दै उनले भने, ‘हिजो स्वयंम वामदेवले म लड्दिनँ भन्नुभयो, सिद्धियो कुरा ।’ प्रचण्डले सरकारको खुलेर प्रशंसा गरे । ६ महिनाको अवधिमा नै सरकारले विकासको आधार खडा गरेको भन्दै उनले अब देखिने गरी काम हुने बताए । १०÷११ वर्षदेखि विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हटाउने, डुवान समस्या हल गर्ने सहमति भएको भन्दै उनले भने, ‘भारतसँग हाम्रो सम्बन्धका दृष्टीले यो पटक महत्वपूर्ण समझदारी भए । कार्यान्वयन पनि हुन थाले, जसले नेपालको आर्थिक विकासको राम्रो पूर्वाधार तयार भएको छ ।’ प्रधानमन्त्रीको भ्रमणपछि अर्को छिमेकी चीनसँग ट्रेड एण्ड ट्रान्जिटसम्बन्धी समझदारी भएको र यसले चार वटा बन्दरगाह प्रयोग गर्न पाउने भएको उनले बताए । यसले नेपालको परिभाषा नै फेरिएको भन्दै प्रचण्डले भने, वामपन्थीहरुको सरकार आएर केही पनि भएन भन्नेहरुले यसबारे गहिरो गरी सोच्नुस् ।’ भारत र चीन दुबैतिरबाट रेल ल्याउन सर्वे गर्ने सहमति भएको भन्दै उनले भने, ‘कनेक्टिभिटीमा महत्वपूर्ण उपलब्धी भएको छ । यसले आउने दिनमा नेपालको आर्थिक विकासमा ठूलो क्रान्तिकारी परिर्वतन हुने आधार खडा भएको छ ।’ यद्यपि आम जनताले बाटोको खाल्डा पुरिहालोस्, बुढाबुढीको भत्तामा चिन्ता रहेको उनले बताए । यसतर्फ ध्यान गएको भन्दै उनले भने, ‘दशैंसँगै दशैंसँग पार्टी एकता पूर्णता दिने र विकासमा पनि जनताले हेर्ने वित्तिकै देख्ने बनाउँछौं ।’ विकास निर्माण र सुशासनमा केही महिनाभित्र जनताले देख्ने गरी काम गर्ने प्रचण्डको दाबी छ । ‘एक वर्ष पुग्दा नपुग्दै जनताले महसुस गर्ने दिन आउँछ’ उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending