Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

वामदेवबारे यसो भन्छन् प्रचण्ड

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी उपनिर्वाचनको लफडामा नलाग्ने बताएका छन् । काठमाडाैं– ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिएर वामदेव गौतम चुनाव लड्ने तयारी थियो । तर, चतर्फी आलोचना भएपछि गौतम पछि हटेका छन् । शुक्रबार राजधानीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले त्यसको पुष्टि गरे । विकास निर्माण छाडेर यो दलफडामा नलाग्ने भन्दै उनले भने, ‘हिजो स्वयंम वामदेवले म लड्दिनँ भन्नुभयो, सिद्धियो कुरा ।’ प्रचण्डले सरकारको खुलेर प्रशंसा गरे । ६ महिनाको अवधिमा नै सरकारले विकासको आधार खडा गरेको भन्दै उनले अब देखिने गरी काम हुने बताए । १०÷११ वर्षदेखि विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हटाउने, डुवान समस्या हल गर्ने सहमति भएको भन्दै उनले भने, ‘भारतसँग हाम्रो सम्बन्धका दृष्टीले यो पटक महत्वपूर्ण समझदारी भए । कार्यान्वयन पनि हुन थाले, जसले नेपालको आर्थिक विकासको राम्रो पूर्वाधार तयार भएको छ ।’ प्रधानमन्त्रीको भ्रमणपछि अर्को छिमेकी चीनसँग ट्रेड एण्ड ट्रान्जिटसम्बन्धी समझदारी भएको र यसले चार वटा बन्दरगाह प्रयोग गर्न पाउने भएको उनले बताए । यसले नेपालको परिभाषा नै फेरिएको भन्दै प्रचण्डले भने, वामपन्थीहरुको सरकार आएर केही पनि भएन भन्नेहरुले यसबारे गहिरो गरी सोच्नुस् ।’ भारत र चीन दुबैतिरबाट रेल ल्याउन सर्वे गर्ने सहमति भएको भन्दै उनले भने, ‘कनेक्टिभिटीमा महत्वपूर्ण उपलब्धी भएको छ । यसले आउने दिनमा नेपालको आर्थिक विकासमा ठूलो क्रान्तिकारी परिर्वतन हुने आधार खडा भएको छ ।’ यद्यपि आम जनताले बाटोको खाल्डा पुरिहालोस्, बुढाबुढीको भत्तामा चिन्ता रहेको उनले बताए । यसतर्फ ध्यान गएको भन्दै उनले भने, ‘दशैंसँगै दशैंसँग पार्टी एकता पूर्णता दिने र विकासमा पनि जनताले हेर्ने वित्तिकै देख्ने बनाउँछौं ।’ विकास निर्माण र सुशासनमा केही महिनाभित्र जनताले देख्ने गरी काम गर्ने प्रचण्डको दाबी छ । ‘एक वर्ष पुग्दा नपुग्दै जनताले महसुस गर्ने दिन आउँछ’ उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending