Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

रुकुम पश्चिमको १३ सामुदायिक विद्यालयको खाता रोक्का

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले १३ सामुदायिक विद्यालयको खाता रोक्का गरेको छ । नगरपालिकाभित्रका सामुदायिक विद्यालयको नियमित अनुगमनपछि यहाँका १३ विद्यालयको खाता रोक्का गरिएको हो । आधारभूत विद्यालय गोइरी, अङ्गेरी, लहरेसिमल, जोगिनेटालगायत अन्य विद्यालयको खाता रोक्का गरिएको हो । विद्यालयमा नियमित नपढाउने र प्रायःअनुपस्थित हुने शिक्षक तथ्याङ्कका आधारमा विद्यालयको खाता रोक्का गरिएको नगरप्रमुख विशाल शर्माले बताए । “सबै विद्यालयमा रहेका शिक्षकको सही तथ्याङ्क उपलब्ध गराउन नगरले पटक–पटक आग्रह गरेको थियो तर केही विद्यालयले अटेरी गरेका कारण खाता रोक्का गरिएको हो”, उनले भने । पछिल्लो समय नगरपालिकाको शैक्षिक क्षेत्र सुधारका लागि नगरका सबै विद्यालयमा नियमित अनुगमन र निगरानी तीव्र पारिएको छ । विद्यालयमा नपढाउने र कुनै जानकारीविना बिदामा बस्ने शिक्षककोसमेत तलब कट्टा गरिएको नगरपालिकाले जनाएको छ । नगर शिक्षा शाखाका अधिकृत धनञ्जय आचार्यका अनुसार चालू आर्थिक वर्षदेखि विद्यालयमा नियमित अध्यापन नगराउने शिक्षकको पनि तलब कटौती गरिएको छ । नगरपालिकाले यसअघि नै विद्यालयमा अनुपस्थित हुने शिक्षकको तलब कट्टा गरी विद्यालयको खातामा जम्मा गर्ने निर्णय पारित गरेको छ । उक्त तलब रकममार्फत विद्यालयको भौतिक सुधार र व्यवस्थापन गर्न नगरपालिकाले तलब रोेक्का भएका सबै विद्यालयलाई निर्देशन दिएको छ । यहाँका कतिपय शिक्षकले आफूले पाउनुपर्ने सेवा सुविधा कटौती गरिएकोप्रति दुःख व्यक्त गरेका छन् । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending