काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्मचारीलेभन्दा पहिले मन्त्री र राजनीतिकर्मीले भ्रष्टाचार गर्दिन भनेर शपथ खान आग्रह गरेका छन् । उनले राजनीतिक नेतृत्वले खास बेलामा खास निर्णय गर्नुपर्ने भन्दै आफूले हतियार विसाएर शान्तिप्रकृयामा आउने निर्णय गरेको बताए । प्रचण्डले माओवादी आन्दोलनदेखि नेपालको शान्ति प्रक्रियाका विषय आफू र प्रधानमन्त्री केपी शर्मा ओलीले पुस्तक नलेखेसम्म पूर्णरुपमा नबुझिने बताए।
अध्यक्ष दाहालले भने, “माओवादी आन्दोलनदेखि शान्ति प्रक्रिया र पार्टी एकताका विषयमा केपी जीले र मैले एउटा पुस्तक नलेखेसम्म पूर्ण हुँदैन ।” हिजोको विचार सङ्घर्ष, राजनीति सङ्घर्ष र पार्टी एकताको विषय पुस्तकले सुन्दर ढङ्गले समेटेको भन्दै दाहालले ठूलो अंश माओवादी र सङ्घर्षसँग सम्बन्धित रहेकोे टिप्पणी गरे । अध्यक्ष दाहालले स्व गिरिजाप्रसाद कोइलालाको आँटले शान्ति प्रक्रिया अगाडि बढेको स्मरण गरे । आफूले शान्ति प्रक्रियाका बेला र त्यसअघि केही त्रुटि गरेको स्वीकार गर्दै प्रचण्डले भने, “गिरिजाप्रसादलाई नै राष्ट्रपति बनाउनुपर्ने थियो त्यो त्रुटि भएकै हो ।” उनले कम्युनिष्टसँगको एकता र शान्ति प्रक्रियाका बेला क्यान्टोनमेन्टमा सेना पठाउने निर्णय ठीक समयको ठीक निर्णय हो भने । सङ्घर्षका बेला शान्ति प्रक्रियामा नगई सम्भव छैन भनेर पर्खिरहँदा दरबार हत्याकाण्ड र ज्ञानेन्द्रको कर्मले मौका दिएको उनले स्मरण गरे । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाले शान्ति प्रक्रियाको केही भाग टुङ्ग्याउन अझै बाँकी रहेको उल्लेख गरे । अहिले हामी कतै चुकिरहेका त छैनौँ भन्ने आभाष भइरहेको भन्दै कोइरालाले दुई तिहाइको सरकारलेसमेत सुशासन दिन नसकेको जिकिर गरे । टिप्पणीकार प्राध्यापक कृष्ण खनाल र परराष्ट्रविद् रमेशनाथ पाण्डेले ‘अवतरण’ पुस्तकले सार्वजनिक नभएका धेरै कुरा समेटेको भन्दै द्वन्द्व, रुपान्तरण र एकतालाई सुन्दर ढङ्गले प्रस्तुत गरेको उल्लेख गरे ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: