Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

मन्त्रीपिरषद्काे निर्णयः गाेरखापत्र संस्थानकाे अध्यक्षमा वरिष्ठ पत्रकार भण्डारी नियुक्त

काठमाडाैं । अाइतबार दिउँसाे मन्त्रीपिरषद्काे कार्यलयमा बसेकाे बैठकले सरकारी स्वामित्वकाे सञ्चारगृह गाेरखापत्र संस्थानमा वरिष्ठ पत्रकार तथा लेखक स्तम्भकार कृष्णमुरारी भण्डारीलाई अध्यक्षमा नियुक्त गरेको छ । त्यसैगरी उखु किसानका समस्याका विषयमा पनि बैठकले निर्णहरू गरेकाे छ । बैठकले पत्रकारकाे तलब पनि बृद्धि गरेकाे छ । मन्त्रीपरिषद् बैठकका निर्णयहरू बुंदागतरूपमा यस्ता छन् ः-

  • उखु उत्पादक कृषक, चिनी उद्योग र उपभोक्ता संरक्षणलाई ध्यानमा राखी रणनीति तयार गर्नका लागि राष्ट्रिय योजना आयोगको कृषि क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदलमा उखु उत्पादक संघ, चिनी उत्पादक संघ, उपभोक्ता हित संरक्षण सम्बन्धी संस्थाका साथै उद्योग, अर्थ र कृषि मन्त्रालयका सहसचिवहरु रहने छन् ।
  • गोरखापत्र संस्थापनको कार्यकारी अध्यक्षमा वरिष्ठ पत्रकार तथा लेखक स्तम्भकार कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको छ । बैठकले गोरखापत्रका महाप्रबन्धक बसन्त प्रकाश उपाध्यायसँग ३ दिने स्पष्टिकरण समेत माग्दै यसअघिका अध्यक्ष गोविन्द पोखरेलको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।
  • बैठकले संञ्चार संस्थामा काम गर्ने पत्रकारलगायत सबै कर्मचारीको न्यूनतम तलब २५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ ।
  • विश्व बैंकको अन्तराष्ट्रिय बिकास संस्थाबाट उर्जा क्षेत्रमा लगानी बढाउने कार्यका लागी ऋण स्वरुप ११ अर्व ६३ करोड रुपैया स्वीकार गर्नका लागी अर्थसचिवलाई अख्तियारी प्रदान गर्ने ।
  • बैठकले जापान सरकारले सिन्धुली सडक सुधारका लागि प्रदान गर्ने १ अर्ब ४ करोड रुपैयाँ सहायता स्वीकृत गर्ने निर्णय गरेको छ ।
  • नागरिक लगानी कोषको सञ्चालकमा डाक्टर रामचन्द्र भट्टराईलाई मनोनयन गरि सञ्चालक समितिको अध्यक्ष तोकिने निर्णय पनि बैठकले गरेकाे छ ।
  • बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अमेरिका र कोष्टारिका भ्रमणका क्रममा भएका मुख्य गतिविधीका बारेमा जानकारी गराएका थिए । [caption id=\"attachment_197917\" align=\"aligncenter\" width=\"720\"]\"\" File Photo[/caption]

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending