Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

‘सिमली छायाँ’ले नेतादेखि दर्शक झुमायो

जिन्दगीका कहानी सम्झिएर प्रस्तुत भएको उक्त गीतका भावले दर्शक र नेतालाई मन्त्रमुग्ध बनायो । हल नै चकमन्न भयो । सामान्य परिवारका जिन्दगीका कथा उनेका उहाँका दुःख र वेदनाका गीतहरुले दर्शकलाई मनोरञ्जन मात्रै दिएन एक पटक सोच्न बाध्य बनाएको महसुश हुन्थ्यो ।

नारायण ढुंगाना  । काठमाडौँ, १९ असोज ।

सिमली छायाँमा बसी, भरिया लामो सास फेरेको उमेर भैसक्यो असी, झन् ठूला दुःखले घेरेको जनगायक जीवन शर्माका गीत शुरु हुनुअघि सङ्गीतको धुनसँगै दर्शक जुरुक्कै उठे । तालीका साथ गीतमा स्वर मिसाउँदै मच्चीमच्ची नाचे । बालबालिका स्टेजमै चढेर साथ दिए । दर्शकदीर्घामा रहेका कलाकार, साहित्यकारसँगै उच्च राजनीतिक नेतृत्वले समेत ताली पड्काएर गायक शर्मालाई साथ दिनुभयो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमदल दाहाल ‘प्रचण्ड’, नेता झलनाथ खनाल, मणि थापा, श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट, खानेपानी तथा सरसफाइमन्त्री बिना मगरलगायतले आज साँझ राष्ट्रिय सभागृहमा आयोजित ‘संयुक्त साङ्गीतिक साँझ’मा मनोरञ्जन लिए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीका महासचिव मोहन वैद्य र नेता सिपी गजुरेल पनि थिए । राष्ट्रिय सभागृहको हल भरिएका दर्शकले ‘वान्स मोर’ भन्न भ्याए । दर्शकको सिटी सहितको हुटिङले कलाकारलाई जोस थपेको थियो । जनगायक शर्माले १० भन्दा बढी जनवादी गीत प्रस्तुत गर्दा राजनीतिक नेतृत्वले गम्भीर भएर सुने । कार्यक्रममा गायक शर्माले एकताको सन्देश यसरी गीतमार्फत प्रस्तुत गरे... मधेशी पहाडी, हिमालका हिमाली सयाँै जाति जनजाति, हामी सबै नेपाली गीतको भाव झैँ शर्माले राजनीतिक नेतृत्वलाई आग्रह गर्दै भन्नुभयो, “हामी सबै नेपाली, देश हामी सबै मिलेर माथि उठाउनु पर्छ ।” दर्शकले हो मा हो मिलाए । \"\" म निर्धाको गाथा लेखेर गीत सुनाउँदै हिँड्छु म दुःखीको व्यथा देखेर आँसु बगाउँदै हिँड्छु म जिन्दगीका कहानी सम्झिएर प्रस्तुत भएको उक्त गीतका भावले दर्शक र नेतालाई मन्त्रमुग्ध बनायो । हल नै चकमन्न भयो । सामान्य परिवारका जिन्दगीका कथा उनेका उहाँका दुःख र वेदनाका गीतहरुले दर्शकलाई मनोरञ्जन मात्रै दिएन एक पटक सोच्न बाध्य बनाएको महसुश हुन्थ्यो । गीतमा नेपाल र नेपालीका असली पात्रको कहानी भेटिन्थ्यो । म डुल्दै जाँदा तराईको फाँटमा, आधी रातमा हुरी चल्दा, चाहिँदैन मलाई सिसाको महल, झरनाको चिसो पानी, यसपालि त यस्तै भो आमा... लगायतका गीतमा दर्शक मजैले झुमे । राजनीतिक नेतृत्व गम्भीर बने । विदेशिएका नेपालीलाई फर्काउन श्रम तथा रोजगारमन्त्रीलाई गायक शर्माले आह्वान नै गरे । विसं २०४२ मा रचना गरिएको गीत ‘फोकल्याण्डको टापुबाट’ र विसं २०५२ सालको द्वन्द्वका बेलाको ‘समयसँग सम्झौता हैन सङ्घर्ष गर’ लगायत गीतले दर्शकलाई ऊर्जा भरेको थियो । सानो सानो बुकुरो पहाडको छेउमा मेरो घर, त्यहीँ नि साहुले खाइदियो अब मलाई झनै के को डर उक्त गीतलाई कलाकारले नाट्य रुपान्तरण गरेर प्रस्तुत गरेका थिए भने हास्य कलाकार सुबोध गौतमले सहभागी नेताकै क्यारिकेचर गरेर पेट मिचिमिचि हँसाए । कार्यक्रममा सामना सांस्कृतिक परिवारले ‘रातो लाल्टिन’ लगायत विभिन्न गीतमा नृत्य देखाएर दर्शकलाई मनोरञ्जन दियो । आयोजक इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीले शर्माका गीत वैचारिक मूल्यले सजिएको भन्दै गीतको माध्यमबाट नयाँ सन्देश दिन खोजिएको उल्लेख गरे । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending