सप्तरी, १९ असोज । क्षतिपूर्तिबापत मृतक परिवारले पाउने रु ४५ लाख बेपत्ता गरेको आरोपमा प्रहरीले आज तीन जना कर्मचारीलाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा मृत्यु भएका कञ्चनरुपका बौवालाल सदाको श्रीमती डोली सदाले पाउने क्षतिपूर्ति रकम ठगी गरेको आरोपमा प्रहरीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ का २९ वर्षीय विजय यादव, राजविराज नगरपालिका–७ का ३५ वर्षीय राजाराम यादव र झापा भद्रपुर नगरपालिका–२ का २९ वर्षीय नारायणप्रसाद निरौलालाई पक्राउ गरेको हो । विजय स्थानीय शान्ति समिति भङ्ग भएपछि जिल्ला प्रशासन कार्यालयमा कार्यरत छन् भने राजारामसमेत स्थानीय शान्ति समितिमा कार्यरत रहेका थिए । जिल्ला प्रशासन कार्यालयमा लेखापाल पदमा कार्यरत निरौला गत वैशाखमा मात्र सरुवा भई भूमिगत सिँचाइ कार्यालय विराटनगरमा कार्यरत छन् । कतारमा २०७२ साल फागुनमा मृत्यु भएका सदाकी श्रीमती डोलीले पाउने क्षतिपूर्ति बापतको रकम ठगी गरेर भागबण्डा गरेको आरोपमा उनीहरुलाई पक्राउ गरी कारवाही थालेको सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए । विष्टका अनुसार बौवालालको मृत्यु भएपछि क्षतिपूर्तिबापत परराष्ट्र मन्त्रालयमार्फत डोलीले पाउने ४४ लाख ९३ हजार रकम मिलोमतो गरी भागबण्डा गरेर ठगी गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । लामो समयसम्म रकम हात नलागेपछि जिल्ला प्रशासन कार्यालयमा आएर गुनासो गरेपछि प्रजिअ पौडेलले जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरी अनुसन्धान गर्न निर्देशन दिनुभएको थियो । डोलीकै नाममा खाता खोली उनैलाई प्रयोग गरेर रकम गायब गरिएको सम्भावना देखिएपछि अनुसन्धान गरिएको भन्दै प्रजिअ पौडेलले भन्नुभयो, “डोलीले पाउने रकम बीचमै गायब भएपछि अनुसन्धान थालिएको हो ।” रासस
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: