Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

क्षतिपूर्ति रकम ठगी गरेको आरोपमा तीन कर्मचारी पक्राउ

सप्तरी, १९ असोज । क्षतिपूर्तिबापत मृतक परिवारले पाउने रु ४५ लाख बेपत्ता गरेको आरोपमा प्रहरीले आज तीन जना कर्मचारीलाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा मृत्यु भएका कञ्चनरुपका बौवालाल सदाको श्रीमती डोली सदाले पाउने क्षतिपूर्ति रकम ठगी गरेको आरोपमा प्रहरीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ का २९ वर्षीय विजय यादव, राजविराज नगरपालिका–७ का ३५ वर्षीय राजाराम यादव र झापा भद्रपुर नगरपालिका–२ का २९ वर्षीय नारायणप्रसाद निरौलालाई पक्राउ गरेको हो । विजय स्थानीय शान्ति समिति भङ्ग भएपछि जिल्ला प्रशासन कार्यालयमा कार्यरत छन् भने राजारामसमेत स्थानीय शान्ति समितिमा कार्यरत रहेका थिए । जिल्ला प्रशासन कार्यालयमा लेखापाल पदमा कार्यरत निरौला गत वैशाखमा मात्र सरुवा भई भूमिगत सिँचाइ कार्यालय विराटनगरमा कार्यरत छन् । कतारमा २०७२ साल फागुनमा मृत्यु भएका सदाकी श्रीमती डोलीले पाउने क्षतिपूर्ति बापतको रकम ठगी गरेर भागबण्डा गरेको आरोपमा उनीहरुलाई पक्राउ गरी कारवाही थालेको सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए । विष्टका अनुसार बौवालालको मृत्यु भएपछि क्षतिपूर्तिबापत परराष्ट्र मन्त्रालयमार्फत डोलीले पाउने ४४ लाख ९३ हजार रकम मिलोमतो गरी भागबण्डा गरेर ठगी गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । लामो समयसम्म रकम हात नलागेपछि जिल्ला प्रशासन कार्यालयमा आएर गुनासो गरेपछि प्रजिअ पौडेलले जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरी अनुसन्धान गर्न निर्देशन दिनुभएको थियो । डोलीकै नाममा खाता खोली उनैलाई प्रयोग गरेर रकम गायब गरिएको सम्भावना देखिएपछि अनुसन्धान गरिएको भन्दै प्रजिअ पौडेलले भन्नुभयो, “डोलीले पाउने रकम बीचमै गायब भएपछि अनुसन्धान थालिएको हो ।” रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: