Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

नेपालको हित प्रवर्द्धनमा भ्रमण सफल भयोः प्रम

काठमाडौँ, १८ असोज  । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो संयुक्त राज्य अमेरिका र कोष्टारिकाको भ्रमण अत्यन्त फलदायी र नेपालको हित प्रवर्द्धनमा सफल रहेको बताएका छन् । संयुक्त राष्ट्र सङ्घको ७३ औँ महासभामा भाग लिई आज स्वदेश फर्केपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले अतिकम विकसित र भूपरिवेष्टित राष्ट्रका समस्याप्रति विश्वको ध्यानाकर्षण गराउँदै त्यस्ता देशलाई थप सहयोग आवश्यक रहेको विषय जोडदार रुपमा नेपालले उठाएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले भने, “मैले संविधान जारी भएसँगै राजनीतिक सङ्कटकाल अन्त्य भएको, द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याएको र नेपालले अवलम्बन गरेको स्वतन्त्र परराष्ट्र नीति तथा नेपालको विश्व सम्बन्धमा बढेको पहुँचको विषयसहित १२ वर्षमा सम्पन्न भएको युगान्तकारी राजनीतिक परिवर्तन र नेपालले हाल अवलम्बन गरेको आर्थिक समृृद्धिको दिशा र सुशासनको नीतिका बारेमा धारणा राखेँ ।” महासभाको सम्बोधनका क्रममा उनले समकालीन विश्वका समस्या सम्बोधन गर्न अन्तरराष्ट्रिय सहयोग, प्रविधि हस्तान्तरण र लगानीका माध्यमबाट गरिबी तथा असमानता हटाउँदै जानुपर्ने विषयमा विशेष जोड दिइएको अवगत गराए । “जलवायु परिवर्तनले पर्वतीय पर्यावरणमा पारेको प्रभाव न्यूनीकरण गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न साधनस्रोतको आवश्यकता औँल्याउँदै मानवअधिकार, आतङ्कवादलगायत विश्व राजनीतिका विविध विषयमा नेपालको स्पष्ट धारणा राखेको छु”, उनले भने। प्रधानमन्त्री ओलीले राष्ट्र सङ्घले विश्वका अतिगरीब र जोखिममा रहेका राष्ट्रको समस्या सम्बोधन गर्न खेलेको भूमिकाको सराहना गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’को उद्देश्य हासिल गर्न अन्तरराष्ट्रिय सहयोग र सद्भावका लागि समेत आग्रह गरिएको बताए । प्रधानमन्त्री ओलीले राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेससँग छुट्टै भेटघाट गरी नेपाल र राष्ट्र सङ्घसँग सम्बन्धित शान्ति, विकास, सहकार्य र सहयोगसम्बन्धी विषयमा कुराकानी गरेका थिए । उनले अमेरिकी राष्ट्रपति डोनाल ट्रम्पसँग पनि भेट गर्नुभएको थियो । महासभाकै अवसरमा उनले क्यानडा, स्वीट्जरल्याण्ड, बेलायत, कम्बोडियालगायत मुलुकका सरकार प्रमुख र राष्ट्र प्रमुखसँग उच्चस्तरीय द्विपक्षीय भेटघाटसमेत गरेका थिए । उनले न्यूयोर्कस्थित एशिया समाजद्वारा आयोजित कार्यक्रममा नेपालको शान्ति, लोकतन्त्र र विकास विषयमा सार्वजनिक सम्बोधन पनि गरेका थिए । महासभामा सहभागिताका अतिरिक्त मध्यअमेरिकी मुलुक कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभादो क्येसादाको निमन्त्रणामा सो मुलुकको औपचारिक भ्रमण गरी द्विपक्षीय सम्बन्धमा थप विस्तार र सुदृढ गर्ने विषयका अतिरिक्त जलवायु परिवर्तन, महिला सशक्तीकरण, कानूनी शासन, कृषि, आणविक अप्रसारण, शान्ति तथा दुई मुलुकबीच द्विपक्षीय एवं बहुपक्षीय मञ्चमा सहकार्यबारे छलफल भएको प्रधानमन्त्रीले उल्लेख गरे । प्रधानमन्त्री ओलीले कोस्टारिकाको सान होजेस्थित राष्ट्रसङ्घीय शान्ति विश्वविद्यालयले आयोजना गरेको विशेष समारोहमा सहभागी भई विश्वविद्यालयका विद्वत् वर्ग, कूटनीतिक नियोगका प्रतिनिधि, सरकारी उच्च अधिकारी एवं विद्यार्थी उपस्थित समारोहलाई सम्बोधन गरेका थिए । उक्त विश्वविद्यालयले उनलाई सम्मानार्थ विद्यावारिधि पनि प्रदान गरेको थियो । भ्रमणका दौरानमा नेपालमा लामो सङ्घर्षपछि आएको परिवर्तन र नेपालीको विकासको चाहना पूरा गर्न वर्तमान सरकारले लिएका नीति तथा कार्यक्रमका बारेमा एकै ठाउँबाट अन्तर्राष्ट्रिय जगत्लाई जानकारी गराउने अवसर मिल्नाका साथै आर्थिक विकासका कार्यक्रमलाई अझ सशक्त तथा प्रभावकारी बनाउन, सन् २०२२ सम्म नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नति गराउन र दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा सबैको सहयोगका लागि आह्वान गरिएको उनले उल्लेख गरे । विभिन्न बैठकमा नेपालको विकास प्रक्रियामा सघाउँदै आएका मित्रराष्ट्रका नेताहरुलाई भेटेर धन्यवाद दिनाका साथै थप सहयोग र लगानीका लागि उपयुक्त समय शुरु भएको सन्देश उच्च तहबाटै प्रवाह भएको र पेचिला बन्दै गएका बहुपक्षीय मामिला तथा विषयमा सही समन्वय र सहयोगका लागि राष्ट्र सङ्घको केन्द्रीय भूमिका हुनुपर्नेमा विशेष जोड दिइएको उनले उल्लेख गरे । प्रधानमन्त्रीका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्रीको सम्बोधन पढेर सुनाएका थिए । प्रधानमन्त्री ओलीको स्वागतका लागि सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्री, नेकपाका नेता, सांसद, संवैधानिक अङ्गका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत र सुरक्षा अङ्गका प्रमुखलगायत विमानस्थल पुगेका थिए । सो अवसरमा प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । राष्ट्र सङ्घको ७३औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्र्दै यही असोज ६ गते अमेरिका प्रस्थान गरेका थिए । महासभामा विश्वभरबाट १२१ राष्ट्र÷सरकार प्रमुखले भाग लिई समकालीन अन्तर्राष्ट्रिय व्यवस्था, अन्तर्राष्ट्रिय शान्ति सुरक्षा र यसका चुनौती, दिगो विकास, जलवायु परिवर्तन, राष्ट्र सङ्घको सुधार, द्वन्द्व तथा आतङ्कवादजस्ता जल्दाबल्दा विषयमा आआफ्ना देशका धारणा राखेका थिए । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending