Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

नक्कली आरोहण अनुमतिपत्र बनाउने तीन जना पक्राउ

काठमाडौँ, १८ असोज । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली आरोहण अनुमतिपत्र बनाउने तीन कर्मचारीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा सेभेन समिट ट्रेक्स प्रालिका कानून विभाग प्रमुख निभेश कार्की, बजार व्यवस्थापक फुर्तेन्जी शेर्पा र लेखापाल विजयश्वर अर्याल रहेका छन् । तीनै जनाले विसं २०७४ चैत ३० गते सोही प्रालिमार्फत सगरमाथा आरोहण गर्न तयार भएको १२ जना विदेशी नागरिकको आरोहण अनुमतिपत्र पर्यटन विभागबाट बुझेर त्यसलाई लुकाइ सोही मिति र परमिट नं राखी सक्कली अनुमतिपत्रमा भएको १२ जनाको नाममा एक चिनियाँ नागरिक र एक अष्ट्रेलियन नागरिकको नाम थप गरी १४ जनाको नाम भएको अर्को कीर्ते आरोहण अनुमतिपत्र तयार गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । सोही कीर्तेपत्रको छायाँप्रति सगरमाथा प्रदूषण नियन्त्रण समिति, सोलुखुम्बुमा पेश भएकामा पर्यटन विभागबाट पनि सो आरोहण दलको सम्पर्क अधिकृतका रुपमा खटिएका कर्मचारीले पर्यटन विभागबाट बुझिलिएको सक्कली आरोहणपत्रको छायाँप्रति सगरमाथा प्रदूषण नियन्त्रण समितिमा बुझाएपछि विभागका कर्मचारी र ट्रेकिङ एजेन्सीका कर्मचारीले बुझाएको एकै मिति र एकै परमिट नं को पत्रमा आरोही सङ्ख्या फरक भएपछि सोबारे अनुसन्धान शुरु भएको थियो । आरोहण दल सगरमाथा आरोहणमा जाने अन्तिम दलमा सक्कली आरोहण पत्रानुसार चिनियाँ नागरिक आठ जना, भारतीय दुई, स्पेनिस एक र बेलायती एक जना रहेकामा नक्कली आरोहणपत्रमा थप भएका दुईमध्ये एक जना चिनियाँ र एक अस्टे«लियाली नागरिक रहेको भेटिएको ब्युरोले जनाएको छ । प्रहरीका अनुसार ती दुई विदेशी नागरिकको परमिट शुल्कबापत २२ हजार अमेरिकी डलर तीनै जनाले बाँडेर लिएको अनुसन्धानबाट खुलेको छ । प्रहरीले कार्कीलाई ठमेल, अर्याललाई महाराजगञ्ज र शेर्पालाई सोलुखुम्बुबाट पक्राउ गरिएको हो । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: