काठमाडौँ, १८ असोज । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली आरोहण अनुमतिपत्र बनाउने तीन कर्मचारीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा सेभेन समिट ट्रेक्स प्रालिका कानून विभाग प्रमुख निभेश कार्की, बजार व्यवस्थापक फुर्तेन्जी शेर्पा र लेखापाल विजयश्वर अर्याल रहेका छन् । तीनै जनाले विसं २०७४ चैत ३० गते सोही प्रालिमार्फत सगरमाथा आरोहण गर्न तयार भएको १२ जना विदेशी नागरिकको आरोहण अनुमतिपत्र पर्यटन विभागबाट बुझेर त्यसलाई लुकाइ सोही मिति र परमिट नं राखी सक्कली अनुमतिपत्रमा भएको १२ जनाको नाममा एक चिनियाँ नागरिक र एक अष्ट्रेलियन नागरिकको नाम थप गरी १४ जनाको नाम भएको अर्को कीर्ते आरोहण अनुमतिपत्र तयार गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । सोही कीर्तेपत्रको छायाँप्रति सगरमाथा प्रदूषण नियन्त्रण समिति, सोलुखुम्बुमा पेश भएकामा पर्यटन विभागबाट पनि सो आरोहण दलको सम्पर्क अधिकृतका रुपमा खटिएका कर्मचारीले पर्यटन विभागबाट बुझिलिएको सक्कली आरोहणपत्रको छायाँप्रति सगरमाथा प्रदूषण नियन्त्रण समितिमा बुझाएपछि विभागका कर्मचारी र ट्रेकिङ एजेन्सीका कर्मचारीले बुझाएको एकै मिति र एकै परमिट नं को पत्रमा आरोही सङ्ख्या फरक भएपछि सोबारे अनुसन्धान शुरु भएको थियो । आरोहण दल सगरमाथा आरोहणमा जाने अन्तिम दलमा सक्कली आरोहण पत्रानुसार चिनियाँ नागरिक आठ जना, भारतीय दुई, स्पेनिस एक र बेलायती एक जना रहेकामा नक्कली आरोहणपत्रमा थप भएका दुईमध्ये एक जना चिनियाँ र एक अस्टे«लियाली नागरिक रहेको भेटिएको ब्युरोले जनाएको छ । प्रहरीका अनुसार ती दुई विदेशी नागरिकको परमिट शुल्कबापत २२ हजार अमेरिकी डलर तीनै जनाले बाँडेर लिएको अनुसन्धानबाट खुलेको छ । प्रहरीले कार्कीलाई ठमेल, अर्याललाई महाराजगञ्ज र शेर्पालाई सोलुखुम्बुबाट पक्राउ गरिएको हो । रासस
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: