Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

करछलीमा चीनमा प्रख्यात अभिनेत्रीलाई १२ करोड ९० लाख डलर जरिवाना तिर्न आदेश

चीनकी प्रख्यात अभिनेत्री फान बिङबिङलाई करछलीसहितका अभियोगमा १२ करोड ९० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश दिइएको छ ।

गत जुलाईदेखि बेपत्ता भएकी ती अभिनेत्रीले सामाजिक सञ्जालमा लामो क्षमायाचना गरेकी छन् । चीनमा धेरै पारिश्रमिक पाउने अभिनेत्रीमध्येकी एक फानले समयमै जरिवाना तिरे फौजदारी अभियोगहरू खेप्नु नपर्ने चिनियाँ समाचार संस्था सिन्हुआले जनाएको छ । कलाकारहरूको पारिश्रमिकबारेको एउटा सरकारी छानबिनमा उनी तानिएकी थिइन् ।

पारिश्रमिक

चलचित्रका केही कलाकारमाथि तथाकथित \'यिन-याङ सम्झौता\' अन्तर्गत पारिश्रमिक लिने गरेको आरोप छ । सो सम्झौताअन्तर्गत कलाकारहरूले लिने वास्तविक सम्झौता एउटा हुन्छ भने कम पारिश्रमिक देखिने अर्को सम्झौता हुन्छ । अधिकारीहरूले फान र उनको कम्पनीलाई कर, जरिवाना तथा दण्डस्वरूप अर्को जरिवाना तिर्न आदेश दिएका छन् । एक्स-मेन र आइरन म्यान फिल्म फ्र्यान्चाइजमा देखा परेकी ३७ वर्षीया यी अभिनेत्री जुलाई १ देखि सार्वजनिक रूपमा देखिएकी छैनन् । उनी कहाँ छिन् भन्नेबारे विभिन्न लख काटिँदैछ । अहिले उनी कहाँ छिन् भन्ने थाहा नभए पनि उनलाई गोप्य थुनामा राखिएको विवरणमा जनाइएको छ । बुधबार सामाजिक सञ्जाल वेइबोमा आफ्ना दशौँ लाख प्रशंसकसँग क्षमायाचना गर्दै उनले लेखेकी छन्, \"यसअघि नभोगेको पीडाबाट म अहिले गुज्रिरहेकी छु । मैले जे गरेकी छु त्यसका लागि म लज्जित छु । म सबैसँग क्षमायाचना गर्छु ।\"

कठिनाइ

\"कर अधिकारीहरूले छानबिनपछि गरेको दण्ड जरिवानालाई म पूर्ण रूपमा स्वीकार गर्दछु । म कानुनको पालना गर्नेछु, कठिनाइबाट पार पाउने सक्दो प्रयास गर्नेछु, रकम सङ्कलन गर्नेछु, कर र जरिवाना तिर्नेछु ।\" आफ्नो वक्तव्यमा फानले सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीको पनि प्रशंसा गरेकी छन् । \"पार्टीका र देशका राम्रा नीति नभइदिएको भए र जनताका माया नपाएको भए फान बिङबिङ हुन्नथिन् ।\" फानको प्रतिनिधिलाई थप अनुसन्धानका लागि थुनामा राखिएको छ। यसअघि उनको स्टुडियोले फानले \'यिन-याङ सम्झौता\' कहिल्यै नगरेको बताएको थियो । बीबीसीका चीन सम्वाददाता रोबिन ब्रान्ट भन्छन्, भ्रष्टाचार अथवा करछलीको आरोपमा बेपत्ता हुने फान चिनियाँ राजनीति बाहिरको ठूलो व्यक्तित्व हुन् । उनी चीनका अति प्रभावशाली कलाकारमा पर्छिन् र गत वर्ष फोर्ब्स म्यागजिनमा उनी वार्षिक ३० करोड युयान कमाउने अभिनेत्रीका रूपमा शीर्ष चिनियाँ कलाकारको सूचीमा परेकी थिइन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending