Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि सूर्यविनायक तनावग्रस्त

काठमाडौं । टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि भक्तपुरको सूर्यविनायककाे स्थिति तनावग्रस्त बनेको छ । प्रहरीका अनुसार बा ४ ख ३६५० नम्बरको टिपरले बा ८८ प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् । स्थानीयबासीको भिडले टिपरमा आगजनी पनि गरेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज र अश्रुग्यास समेत प्रहार गरेको बताइएकाे छ । प्रशासनले टिपर चल्ने समय अाज एक सूचना जारी गर्दै बेलुकी ७ बजे देखि बिहान ७ बजेसम्म संचालन गर्न अनुमति दिने निर्णय गरेको छ । यसअघि बेलुका ८:०० बजेदेखि बिहान ५:०० बजेसम्म मात्र ट्रिपर संचालन गर्न अनुमती दिएको थियाे । घटनामा प्रहरीको व्यापक लापर्वाही  घटनालाई शान्तिपूर्णरुपमा नियन्त्रणमा लिन सकिने भए पनि प्रहरीको लापर्वाहीका कारण सूर्यविनायक क्षेत्र तनावग्रस्त बनेको स्थानीय बासिन्दाले बताएका छन् । प्रहरीले राति घर जान लागेका, पसल सञ्चालन गरेको व्यापारीदेखि सुत्केरी महिला समेतलाई अन्धाधुन्दा लाठीचार्ज गरेको स्थानीयले बताएका छन् । स्थानीय प्रत्क्षयदर्शी सावित्री पोखरेलले प्रहरीले बच्चा बोकेको सुत्केरी महिलालाई समेत लाठी प्रहार गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “ढुङ्गा हान्ने भागे, सोझा र निर्दोषमाथि प्रहरीले लाठी र अश्रुग्यास बर्सायो, टाढाटाढा घर जानेको कन्तबिजोग बनायो, धेरै घाइते भए ।” प्रहरीले घरको छतछतमा समेत अश्रुग्यास हानेको स्थानीय सुरेन्द्र बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीको लापर्वाहीका कारण स्थानीयदेखि घर जान हिँडेका नागरिकसमेत निकै दुःख पाएको बताउनुहुन्थ्ये । आक्रोसित भीडले गरेको ढुङ्गा प्रहारका कारण दमकल तोडफोड हुनुका साथै दमकलका कर्मचारीसमेत घाइते भएको र केही प्रहरी घाइते भएको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । प्रहरीको लाठीचार्ज र अश्रुग्यासबाट कति घाइते भए भन्ने यकिन तथ्याङ्क नआए पनि जिल्लामा विभिन्न अस्पतालमा घाइतेको उपचार भइरहेको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिनुभयो । दिउँसै चल्यो टिपर  भक्तपुरमा आज दिउँसो १२ बजेदेखि नै टिपर सञ्चालनमा आएको स्थानीय बासिन्दा बताउँछन् । स्थानीय सञ्जय श्रेष्ठले यसअघि सागाबाट ६ बजे टिपर आउने गरे पनि आज प्रहरी प्रशासनकै मिलेमतोमा टिपर १२ बजेदेखि सञ्चालनमा आएको स्थानीयको आरोप छ । सरकारको निर्णयविपरीत दिउँसो टिपर सञ्चालन गर्न दिएको भन्दै स्थानीयले प्रहरी र प्रशासनप्रति आक्रोस व्यक्त गरेका छन् । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: