काठमाडौं । खानेपानी मन्त्री बिना मगर महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै खानेपानी मन्त्री मगरले सम्मेलनमा सहभागी सबै राष्ट्रहरुले सरसफाईको क्षेत्रमा साझा संकल्प बनाउनु पर्नेमा जोड दिएको जानकारी दिइन् ।
उनले सरसफाई क्षेत्र सबैका लागि साझा एजेण्डा भएको बताइन् । उनले भनिन्, ‘अहिले सबै राष्ट्रले सरसफाई तथा ढलको बारेमा चिन्ता र चासो देखाएका छन् । नेपालले सरसफाईको क्षेत्रमा अरुको भन्दा राम्रै उपलब्धी हासिल गरेको छ । ढलको व्यवस्थापन गर्नु अहिले सबै राष्ट्रका लागि चिन्ताको विषय बनेको देखियो । हामी पनि ढलको समुचित व्यवस्थापनमा जोड दिईरहेका छौं ।’
मन्त्री मगरले राज्यका सबै निकायले सरसफाई र ढलको क्षेत्रमा विशेष गम्भीर भएर सोच्नुपर्ने अवस्था आइसकेको बताइन् । उक्त सम्मेलनमा भाग लिन उनी गत शुक्रबार भारतको नयाँ दिल्ली प्रस्थान गरेका थिइन् ।
महात्मा गान्धीको १५० औं जन्मजयन्तीको अवसरमा भारत सरकारले आयोजना गरेको ४ दिने सम्मेलनमा नेपालको तर्फबाट उनले भाग लिएकी थिइन् । सम्मेलनमा खानेपानी मन्त्रीसँगै खानेपानी तथा ढल निकास विभागका उप–महानिर्देशक सुनीलकुमार दाससमेत सहभागी रहेका थिए । उक्त सम्मेलनमा ६० भन्दा बढी देशका खानेपानी तथा सरसफाई मन्त्रीहरु सहभागीता थियाे ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...



प्रतिकृया लेख्नुहोस्: