पोखरा । इतिहास खोतल्दा विक्रम संवत्को १५ औँं शताब्दीतिर कास्कीकोटका राजा कुलमण्डन शाहले पोखरा उपत्यकाका ठाउँठाउँमा गाई पालेका थिए । गाई पाले पनि आैंलोको डरका कारण गोठाला बेँसीमा बस्दैनथे । गाई चरनका लागि ठूला चौर, खुला पाटन बनाइयो । विस्तारै गर्मीबाट बच्ने गरी तालका किनारमा बस्ती बस्न थाल्यो । यसबाट १६ औँं शताब्दीयता पोखरामा बस्ती विकासको शुरुवात भएको सहजै अनुमान गर्न सकिन्छ । उक्त समयमा बाटुले चौर, ढुङ्गेसाँघु र बैदाममा बस्ती बस्न थालेको थियो ।
पोखराका यिनै ऐतिहासिक घटना क्रमको जानकारीका साथै उपलब्ध भएसम्मका पुराना फोटालाई सङ्कलन गरी जगन्नाथ उलक स्मृति कोषले ‘उहिलेको पोखरा’ नामक ऐतिहासिक फोटोको प्रदर्शनी कक्ष सञ्चालनमा ल्याएको छ । पोखराको पहिलो फोटोग्राफर तथा फोटो सामग्री निर्माता स्व जगन्नाथ उलकको स्मृतिमा उहाँका परिवारका सदस्यले कोष स्थापना गरी त्यसैका माध्यमबाट प्रदर्शनी कक्ष निर्माण गरिएको हो । कोषका अध्यक्ष सुनिल उलकका अनुसार कक्षमा पोखरा र आसपासका २०१० सालको सेरोफेरोका फोटो प्रदर्शनीमा राखिएको छ । स–शुल्क अवलोकन गर्ने व्यवस्था मिलाइएको कक्षमा नेपाली सर्वसाधारणका लागि टिकट दस्तुर रु ५० छ, भने विद्यार्थी र ज्येष्ठ नागरिकका लागि रु २५ छ । त्यस्तै विदेशी नागरिकका लागि रु १०० टिकट शुल्क निर्धारण गरिएको छ । कक्षभित्र स्व जगन्नाथ उलकले खिच्नुभएका फोटाका साथै अमेरिकी पिस कोर भोलेन्टियरले खिचेका फोटा र २०१५ सालमा उत्तर–पश्चिम नेपालको अध्ययन भ्रमणमा आएको जापानी टोलीले खिचेका फोटा छन् । भैरव टोलमा राखिएको कक्षका लागि स्थान भने नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय अध्यक्षसमेत रहनुभएका समाजसेवी आनन्दराज मुल्मीले निःशुल्क रुपमा उपलब्ध गराएका हुन् । “कक्षमा राखिएका फोटा पोखरेली इतिहासको जीवन्त साक्षी हुन्,” मुल्मीले भने “इतिहासको अध्येताका साथै पोखरा शहरको विकास प्रक्रियाको अनुसन्धानका लागि पनि यो उत्तिकै महत्वपूर्ण बन्ने छ । प्रदर्शनीस्थलमा २०१२ सालमा खिचिएको पोखराको द्विप, २०१४ सालमा खिचिएको मोहोरिया टोल, भीमकाली पाटन, २०१४ सालमा खिचिएको पोखराको पहिलो फुटबल टिम, २०१६ सालमा खिचिएको नालामुखको फोटो जस्ता थुप्रै स्थान विशेषका फोटो जो कोहीलाई लोभ्याउने खालका छन् । त्यस्तै तत्कालीन समाज, व्यापार, बालबालिकाका खेल आदिका फोटो पनि कक्षमा अवलोकन गर्न पाइन्छ । जापानी प्राध्यापक ताकायामाले २०१५ सालमा खिचेको पोखराका प्रेमराज मुल्मीले विदेशी मुद्रा सटही गर्न बसेको तस्वीर, पिसकोर भोलेन्टियरबाट २०२० चैत महिनामा खिचिएको माझठानाका महिलाले पानी बोकेको तस्वीर, अमेरिकी नागरिक जिम फिल्ड्सले २०२२ मा खिचेको पोखराका महिलाले दाउरा बोकेको तस्वीर, अमेरिकी नागरिक वाटसनले २०१३ मा खिच्नुभएको बालविवाहको तस्वीर आदिले तत्कालीन समाजको अनुभव र अनुभूति दिलाउँछ । पोखरामा गाडी चल्नुभन्दा लगभग १५ वर्षअघि नै २००८ सालमा विमान अवतरण भएको थियो । तत्कालीन समयमा विमानस्थल वरपरका निर्माण, समान ढुवानीलगायतका विषयलाई पनि तस्वीरले जीवन्त चित्रण गरेका छन् । कक्षभित्र ४० देखि ६० वर्षसम्म पुराना पोखराका फोटा तथा डकुमेन्ट्री अवलोकन गर्न सकिने कोषका सदस्य नवीन उलकले जानकारी दिए । “पोखराको विगत जान्न चाहनेका लागि तस्वीर साक्षी प्रमाण हुन्,” उजले भने “तत्कालीन पोखराको वास्तविकता, जीवनका भोगाइ जस्ता धेरै कुरा तस्वीरले बोलेका छन् ।” रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...



प्रतिकृया लेख्नुहोस्: