Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

रामदेवकाे पतञ्जलि योग समितिबाट बिद्राेह गर्दै पातञ्जल योग समिति दर्ता

भक्तपुर, १६ असोज । पतञ्जलीकै नाममा भारत स्वाभिमानको बिल्ला भिर्नुपर्छ, भारतीय झण्डा, लोगो र ब्यानर बोक्नुपर्छ, नेपालीबाट आजीवन सदस्य बनाएको करोडाँै रुपैयाँ भारतमा लगेर बुझाएको छ, आर्थिक अनियमितता व्यापक रहेकाे अाराेप लगाउँदै एक समुहले अाज पातञ्जल योग समिति नेपाल गठन गरेकाे छ ।

राष्ट्रियतामा आँच आउने गतिविधि गरेको, आर्थिक अनियमितता गरेको भन्दै पतञ्जलि योग समिति परित्याग गर्दै पातञ्जल योग समिति नेपाल गठन गरिएको बताइएकाे छ । पातञ्जल योग समिति नेपाल केन्द्रीय कार्यालयले आज भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै पतञ्जलि योग समिति त्यागेर पातञ्जल योग समिति नेपाल गठन भएको घोषणा गरिएको छ ।

पतञ्जलि योग समितिमा संलग्न रहेर त्यागेका ठूलो समूहको सहभागितामा पातञ्जल योग समिति नेपालका केन्द्रीय अध्यक्ष सुदर्शन सुवेदीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा विधिवत् रुपमा दर्ता गरी पातञ्जल योग समितिको केन्द्रीय तथा जिल्ला समिति गठन गरिएको बताए ।

कार्यक्रममा योगगुरु एवं योगका अभियन्ता बालमुकुन्द सुवालले योग भारतबाट प्रारम्भ भएको भन्दै पतञ्जलि योग समितिले गलत प्रचार गरेको बताउँदै शास्त्रबाटै योग नेपालको हिमाञ्चलबाट शुरु भएको बताए । उनले नेपालका हरेक योग साधना केन्द्रमा भारतकै झण्डा, लोगो र ब्यानर प्रयोग भइरहेको भन्दै अब त्यसलाई विस्थापित गर्दै नेपालको झण्डा, लोगो र ब्यानरको प्रयोग गरिने बताए । पत्रकार सम्मेलनमा सुदर्शन सुवेदीको अध्यक्षतामा पातञ्जल योग समिति नेपालको नवगठिन कार्यसमितको नाम सार्वजनिक गरिएको छ । त्यसैगरी योगप्रसाद आचार्यको अध्यक्षतामा भक्तपुर जिल्ला समिति गठन गरिएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending