Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

नेविसङ्घ कार्यकर्ताद्वारा सरकारी वकिल कार्यालय तोडफोड र कर्मचारीमाथि हातपात

भीमदत्तनगर, १६ असोज । कञ्चनपुरको भीमदत्तनगरमा नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताले यहाँस्थित जिल्ला सरकारी वकिल कार्यालयमा आज तोडफोड गर्नाका साथै कर्मचारीमाथि हातपात गरेका छन् ।

नेविसङ्घले भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग गर्दै आज एकदिने कञ्चनपुर बन्दको आह्वान गरेको थियो । बन्द अवज्ञा गरेको भन्दै नेविसङ्घ कार्यकर्ताले जिल्ला सरकारी वकिल कार्यालयमा कार्यरत नायब सुब्बा कृष्णदत्त भट्ट, अपरेटर मञ्जु भट्ट र कार्यालय सहायक धनवीर भाटमाथि हातपात गरेका हुन् । साथै कार्यालय परिसरमा रहेको बा २ झ २७१५ नम्बरको कारसमेत तोडफोड गरिएको छ । भीमदत्तनगरमा प्रदर्शन गर्दै आइरहेका नेविसङ्घ कार्यकर्ताले बन्दमा कार्यालय किन खोलेको भन्दै कुटपिट र तोडफोडमा उत्रिएको सरकारी वकिल कार्यालयका कार्यालय सहायक भाटले बताउनुभयो । कार्यालयभित्रै प्रवेश गरेका आन्दोलनकारीले कार्यालयमा समेत तोडफोड गरेका छन् । सरकारी वकिल कार्यालयमै समाचार सङ्कलन गरिरहेका ‘सगरमाथा टेलिभिजन’का जिल्ला संवाददाता चन्द्रकान्त जोशीमाथि पनि तिनले हातपात गर्दै क्यामेरा फुटाएका छन् । पत्रकार जोशीले कार तोडफोड गरिरहेको दृष्य छायाङ्कनका क्रममा नेविसंघ कार्यकर्ताले आफूमाथि हातपात गर्दै क्यामेरा फुटाएको बताए । पन्त हत्या घटना भएको लामो समय बितिसक्दा पनि हत्यारा कानूनी दायरामा ल्याउन नसकेको भन्दै बन्द गरिएको नेविसंघ कञ्चनपुरले जनाएको छ । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending