Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८१ बुधबार | 15th May, 2024 Wed
NIMB

रोनाल्डोले जबर्जस्ती गरेको अपार्टमेन्ट नम्बर ५७३०६

उनी जीवनभर शान्त भएर बस्ने अनुमान गरिएको थियो। किनभने रोनाल्डोले बलत्कार सार्वजनिक नगर्ने सर्तमा पैसा दिएका थिए। उनले नबोलेको भए सन् २००९ लास भेगसमा भएको त्यो घटना कहिल्यै बाहिर आउने थिएन। तर यतिबेला उनी निडर भएर आवाज उठाउने पक्षमा छिन्। उनी अमेरिकाको प्राथमिक विद्यालयको शिक्षिका हुन्। र आफ्नो सम्पूर्ण सामथ्र्य लगाएर यो विषय सार्वजनिक गरिरहेकी छिन्। रोनाल्डो कुनै साधारण मानिस होइनन्। उनी विश्वकै उत्कृष्ट फुटबलर हुन्। उनीसँग विश्वका कुना कुनामा पनि समर्थक छन्। प्रशस्त पैसा छ। शक्ति छ। उनै ३३ वर्षे पोर्चुगेली फुटबल स्टार रोनाल्डोविरुद्ध ९ वर्ष अगाडि भएको बलात्कारको घटना क्याथरिन मायोर्गाले जर्मन म्यागेजिन स्पाइगलमार्फत् सार्वजनिक गरिदिएपछि अहिले विश्व तरंगित भएकाे छ। ३४ वर्षिया क्याथरिनले आफूमाथि भएको बलात्कारको घटना रोनाल्डोले पैसा दिएर साम्य बनाउन खोजेको स्पष्ट पारेकी छिन्। उनीसँग त्यस्ता दस्तावेज छन् जसले विश्व विख्यात फुटबलरलाई बलात्कारीको रुपमा प्रमाणित गरिदिनसक्छ। एकजना सामान्य विद्यालय शिाक्षकाले विश्व विख्यात खेलाडीको कर्तुतविरुद्ध उभिँदाको यो घटना निकै रोचक देखिन्छ। यो घटनाको बलियो पक्ष के छ भने मुद्दा सल्टाउँदा भएका लिखित कागजातहरु क्याथरिनसँग छन्। ती कागजातले रोनाल्डोलाई दोषी प्रमाणित गरिदिन सक्छन्। रोनाल्डो र क्याथ्रिनको भेट सन् २००९ जुन १२ मा लास भेगसको नाइट क्लबमा भएको थियो। रोनाल्डो बिदा मनाउन आफ्ना भाइ र ज्वाइँसँग त्यहाँ पुगेका थिए। त्यसबेला रोनाल्डो २४ वर्षका थिए। उनी म्यानचेस्टर यूनाइटेडबाट रियल मड्रिडमा विश्वकै महँगो खेलाडीको रुपमा ९० मिलियन यूरोमा ट्रान्सफर हुँदै थिए। २५ वर्षिया क्याथरिन त्यो बेला नाइट क्लबकी नयाँ मोडल थिइन्। उनको काम अन्य मोडलसँग बार अगाडि बसेर अतिथिको स्वागत गर्ने थियाे। \"\" जुन महिनाको १२ तारिख शुक्रबार सो नाइट क्लबमा रोनाल्डो पुगेका थिए। पापाराजीले रोनाल्डो र क्याथ्रिनको फोटो खिचे। त्यसको एक घण्टा नबित्दै विश्वभर रोनाल्डोसँग रहेकी महिला को हुन् भनेर चर्चा सुरु भयो। त्यो रात त्यहाँ के भयो रोनाल्डो र उनलाई मात्र थाहा छ। तर रोनाल्डोले क्याथरिनलाई कानुनी सहायतापछि ३ लाख ७५ हजार अमेरिकी डलर दिएको विषय भने वकिल र अमेरिकी सरकारी अधिकारीहरुलाई पनि थाहा भएको विषय हो। त्यतिबेला उनले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘रोनाल्डोले २००९ जुन १२ मा के गरे भन्नेबारे कहीँ कतै केही बताइने छैन।’ राेनाल्डाेबाट बच्न संघर्ष रोनाल्डोले क्याथरिनले काम गर्ने लास भेगासको क्लबमा पार्टी गरेका थिए। क्लबको भिआईपी क्षेत्रमा पार्टी आयोजना भएको थियो। त्यसबेला क्याथरिनलाई स्याम्पियन पिउन अफर गरिएको थियो। ‘डाइटिङमा भएकीले मैले स्याम्पियन पिउन मानिनँ’, उनले भनिन्, ‘त्यही बेला मेरी साथी जोर्डन (परिवर्तित नाम) ले भिआइपी क्षेत्रमा आउन अनुरोध गरिन् जसले त्यहाँ भएका धेरै मान्छे चिनेकी थिइन्। उनले रोनाल्डोबारे पनि मलाई सुनाइन्’, क्याथरिनले भनिन्। उनी चर्चित खेलाडी थिए। यद्यपि अमेरिकामा चर्चित खेलाडीको खासै महत्व हुँदैन। पार्टीमा समावेश हुन क्याथरिनले मानिनन्। त्यति नै बेला रोनाल्डोले उनालाई ताने। त्यसपछि दुवैबीच केही समय कुराकानी भयो। रोनाल्डोले त्यसैबेला उनको नम्बर मागेका थिए। उनले पनि सहजै नम्बर दिइन्। केही मिनेट नबित्दै रोनाल्डोले उनलाई साथीसहित त्यसै क्लबको नजिकै रहेको अर्को क्यासिनो रिसोर्टकाे पार्टीमा आउन आग्रह गरे। त्यहाँ पार्टी सकिएकाले आफूले अर्को पार्टी गर्ने राेनाल्डाेले सुनाए। रोनाल्डोले त्यहाँ ५७३०६ नम्बरको अपार्टमेन्ट लिएका थिए। अहिले त्यस अपार्टमेन्टमा एक रात बिताएको १ हजार डलर पर्छ। सबै आएर त्यहाँको स्विमिङ पुलमा हाम्फाले। तर क्याथ्रिनको त्यही बिहानका लागि फोटो सुटको कार्यक्रम तय भएको थियो। त्यसैले उनले पौडी खेल्न मानिनन्। \"\" पाैडीपछि कोठासँगै जोडिएको बाथरुममा छिरेर रोनाल्डोले नुहाए। बाहिर निस्किँदा रोनाल्डो नाङ्गै थिए। त्यतिबेला रोनाल्डोले उनलाई समाते। आफ्ना यौनाङ्ग छुन लगाए। ‘किस गरेपछि छाड्छु भने। मैले किस गरेँ तर उनको यौनाङ्ग छुन मानिनँ’, उनले भनिन्, ‘तर त्यसपछि रोनाल्डोले मलाई बेस्सरी समाते। मेरो बल उनको पञ्जाबाट उम्किन पर्याप्त भएन। जर्बजस्ती गर्न खोजेपछि म आफ्नो यौनाङ्ग छोप्दै बस्न विवश भएँ।’ रोनाल्डोले माथिबाटै उनीमाथि कण्डमको प्रयोगबिनै जर्बजस्ती गरे। उनी रुन थालेको केही समयपछि रोनाल्डोले यो घटनाप्रति माफी मागेका थिए। केही समय अघिसम्म बाघजस्तो गर्जन भएका रोनाल्डो त्यो बेला निरास देखिएका थिए। उनी त्रसित र चिन्तत देखिएका थिए। न्यायको लडाइँ जारी रहन्छ उक्त घटनापछि क्याथरिनले ३ महिनासम्म पिडामा बस्नु परेको बताइन्। रोनाल्डोले जबर्जस्ती गरेपछि आफूलाई शारीरिक र मानसिक रुपमा असह्य पिडा भएको उनले सुनाइन्। अस्पतालमा उनले एचआइभीको परीक्षण समेत गरेकी थिइन्। धन्न एचआइभी नभएको मेडिकल रिपोर्ट पाइन्। यो घटनापश्चात आफू भावनाबिहीन भएको अनुभव उनले गरिन्। यो कुरा त्यतिबेला आफूले परिवासँग समेत नसुनाएकाे उनकाे भनाइ छ। घटनामा को को संलग्न छन् भन्नेबारे छलफल पनि गरिनन्। एकातिर रोनाल्डोको नाम सार्वजनिक गर्न नचाहने सर्त र अर्कोतर्फ न्यायको खोजीमा रहेकी उनी लामो समयसम्म द्वविधामा रहिन्। तर ९ वर्षपछि यतिबेला उनी न्यायको खोजीमा छिन्। अमेरिकी नायिका अलिशा मिलानोको ‘ह्यासट्याग मि टु’ अभियानपछि क्याथरिनलाई रोनाल्डोविरुद्ध आवाज उठाउने साहस आएको हो। महिला हिंसाविरुद्ध आवाज उठाउन मि टु अभियानले यतिबेला विश्वमा नयाँ तरंग ल्याइरहेको छ। यही अभियानकै कारण महिला हिंसाको घटनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समेत मुछिएका छन्। उनीविरुद्ध बलात्कारको आरोप लागेको छ। ‘रोनाल्डो निकै चर्चित छन्। उनी शक्तिशाली पनि छन्। त्यसैले म त्रसित छु’ क्याथरिनले भनिन्। उनले पहिले आफ्नो नाम सार्वजनिक हुने डरले रोनाल्डोसँग सहमति गरेको उल्लेख गरेकी छिन्। \"\" आरोप झुठो हो: राेनाल्डाे कागजातसहित क्याथरिनले सार्वजनिक गरेको विवरणको रोनाल्डोले खण्डन गरेका छन्। इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै उनले भनेका छन्, ‘यो झुटो आरोप हो। गलत मान्छेहरुले मेरो नाम बेचेर आफूलाई माथि ल्याउन चाहेका छन्।’ उनले घटना सत्य नभएकाे बताए पनि क्याथरिनले सार्वजनिक गरेका तथ्यहरूकाे खण्डन गरेका छैनन्। एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies