Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

एयरलाइन्स भन्छन् ‘दशैँको बुकिङ सकियो’, किन सकियाे, कारण यस्ताे

सीबी अधिकारी  । काठमाडौँ, १४ असोज । दशैँ आउन १५ दिन अगावै वायु सेवा प्रदायक कम्पनीले टिकट बुकिङ सकिएको जनाएका छन् । यसले खासगरी, लामो तथा दूर्गम गन्तब्यमा जाने यात्रुलाई थप समस्या बेहोर्नुपर्ने देखिन्छ । राजधानी काठमाडौँबाट विभिन्न गन्तव्यमा उडान भर्ने वायु सेवाले ७० देखि ७५ प्रतिशत टिकट बुकिङ भइसकेको बताएका छन् । बुद्ध एयर, यती एयर, श्री एयर, सौर्य एयरलगायतले दशैँका लागि टिकट बिक्री गरिसकेको जनाएको छ । घटस्थापनासम्म सामान्य अवस्था र फूलपाती अघिसम्म केही सुगम गन्तब्यमा मात्र टिकट पाउन सकिनेछ । अष्टमी, नवमी र दशमीसम्म यात्रुले टिकट पाउने छैनन् । तुम्लिङटारलगायतका गन्तब्यमा दुईसाता अघिनै टिकट सकिएको वायु सेवा कम्पनीको भनाई छ । यती एयरलाइन्सको ७० प्रतिशत टिकट बुकिङ भइसकेको छ । कम्पनीका वरिष्ठ प्रबन्धक तथा प्रवक्ता भीमराज राईले फूलपाती अघिसम्म सहज रुपमा टिकट पाइने उल्लेख गरे । यती एयरलाइन्सले तुम्लिङटार, भद्रपुर, विराटनगर, जनकपुर, भैरहवा, भरतपुर, पोखरा र नेपालगञ्जमा उडान भर्दै आएको छ । यतीको भगिनी संस्था तारा एयरले दूर्गम गन्तव्यमा उडान गर्छ । यतीसँग हाल तीन वटा एटीआर–७२–५०० र ६ वटा बीएई जेटस्ट्रीम ४१ विमानले उडान भर्नेछन् । यतीकै भगिनी संस्था तारा एयरसँग दुई वटा डोरनियर डीओ–२२८, दुई वटा ट्वीन अटर डीएचसी–३०० र २ वटा ट्वीन अटर भिकिङ ४०० सिरिज छन् । बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीका अनुसार दशैँ लक्षित टिकट करीब सकिएको छ । फूलपाती अघिसम्म यात्रुले सहज रुपमा टिकट पाउनेछन् । यो कम्पनीसँग नौ वटा एटीआर र दुई विचक्राफ्ट विमान गरी ११ वटा विमान छन् । बुद्ध एयरले हाल १३ गन्तव्य भद्रपुर, विराटनगर, तुम्लिङटार, जनकपुर, सिमरा, भैरहवा, भरतपुर, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा विराटनगर–तुम्लिङटार र पोखरा–भैरहवा उडान भर्दै आएको छ । श्री एयरलाइन्सका बजार प्रबन्धक अनिल मानन्धरले आफ्नो कम्पनीमा दशैँको ५० प्रतिशतभन्दा बढी बुकिङ भइसकेको बताउनुभयो । यात्रुको अवस्था हेरेर अतिरिक्त उडान थप्ने योजना रहेको पनि उहाँले बताउनुभयमे । श्री एयरसँग दुई ७० र दुई ५० सिट क्षमताका जेट इन्जिन विमान छन् । नेपाल वायु सेवा निगमको पनि कतिपय गन्तब्यमा टिकट सकिएको जनाएको छ । अन्य सुगम गन्तब्यमा भने धमाधम टिकट बुकिङ भइरहेको निगमका उपनिर्देशक शैलेश कंसाकारले जानकारी दिनुभयो । निगमले आन्तरिकतर्फ नौ वटा विमानले २३ भन्दा बढी गन्तब्यमा उडान भर्दै आएको छ । अतिरिक्त उडान थप्ने तयारी  दशैँमा यात्रुको चापलाई मध्यनजर गर्दै वायुसेवा कम्पनीले अतिरिक्त उडान गर्ने तयारी गरेका छन् । तर यस्तो उडान आवश्यक गन्तव्य र विमानको पर्याप्तता हेरेर मात्र हुनेछ । बुद्ध, यती, श्री एयर, सौर्य एयरलाइन्सलगायतका आन्तरिक उडान भर्ने कम्पनीहरूले चाप भएका गन्तब्यमा उडान थप्ने जनाएका हुन् । यती एयरलाइन्सका प्रवक्ता राईले अतिरिक्त उडान थप्नेबारे अहिलेको अवस्थामा भन्न नसकिए पनि यात्रुको मागअनुसार अतिरिक्त उडान गरिने बताए । वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता घनश्याम आचार्यले गन्तव्यअनुसार ६० देखि ७५ प्रतिशत दशैँको टिकट बुकिङ भएको जानकारी दिए । सरकारले तोकेको न्यूनतम र अधिकतम भाडा दरअनुसारनै यात्रुलाई गन्तब्यमा लगिने उनले बताए । चाडबाडमा यात्रुको बढी चाप हुने र एकतर्फीमात्रै यात्रु हुने हुँदा केही तलमाथि पर्नसक्ने प्रवक्ता आचार्यको भनाई छ । दशैँमा यात्रुको चाप, गन्तब्य र विमानको अवस्थालाई मध्यनजर गरी अतिरिक्त उडानको तयारी पनि गरिएको सङ्घले जनाएको छ । आन्तरिकतर्फ हेलिकोप्टरसहित २० वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE