काठमाडौं, १४ असोज । काठमाडौं, झापा, रुपन्देही, बाँके र मकवानपुरबाट अवैध लागूऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाई छिपाई कतार लैजान लागेको लागूऔषध गाँजा ३ सय २६.४ ग्राम सहित सिराहा कल्याणपुर नगरपालिका-१२ का २२ वर्षीय मोहमद कलामुद्दिन साहलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
बङलादेशको बिजि ०७२ को उडानद्वारा ढाका हुँदै कतार जान लागेका साहलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट सुटकेशमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
झापा बिर्तामोड नगरपालिका-७ का २१ वर्षीय अनिष उप्रेती र बिर्तामोड नगरपालिका-३ का २४ वर्षीय डल्लु भन्ने आकाश राईलाई लागूऔषध खैरो हेरोईन ४ ग्राम सहित शनिबार प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-४ भद्रपुरबाट उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
रुपन्देही सिद्धार्थनगर नगरपालिका-१३ हाटबजारबाट भारत महाराजगंज थाना सुनौलीग्राम सुनौली भारत बस्ने २६ वर्षीय अर्जुन मल्लाह र भारत महाराजगंज गोपालग्राम थाना गौरदुबे बस्ने ३० वर्षीय सुनिल हरिजनलाई नियन्त्रित लागूऔषध डाईजेपाम २ सय एम्पुल, फेनारगन २ सय एम्पुल, नुर्फिन २ सय एम्पुल र नाईट्रोसन ५० ट्याब्लेट सहित शनिबार प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
बाँके कोहलपुर नगरपालिका-१० बस्ने १५ वर्षीय प्रकाश मल्ल र १५ वर्षीय यज्ञ राज शाहीलाई नियन्त्रित मनोद्धिपक पदार्थ नाईट्रोभेट ३० ट्याब्लेट सहित शनिबार प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरी टोलीले नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर मनहरी गाउँपालिका-५ बस्ने २९ वर्षीय अर्जिलाल प्रजालाई लागूऔषध गाँजा १० के.जी.सहित आइतबार प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका-१० बसपार्कमा नारायणगढबाट हेटौडातर्फ आउँदै गरेको ना.५ ख ९३०५ नम्बरको यात्रुवाहक बस जाँच गर्ने क्रममा बसमा सवार प्रजालाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: