Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सरस्वती खड्का ७ कक्षामा पढ्दा जब मायाप्रेममा परिन...

\"\"रोल्पा। कक्षा ७ मा अध्ययनरत् रोल्पा नगरपालिका– २ की सरस्वती खड्का एक युवासँग मायाप्रेममा परिन । केही समय चलेको प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा रुपान्तरण गर्ने सोचका साथ दुबैजनाले विवाह गर्ने निर्णय गरे । सरस्वतीले प्रेम गरेको केटासँगै बिहे गरिदिन उनको परिवार राजी भयो । प्रेम सम्बन्ध मागी विवाहमा परिणत भयो । विवाह गर्दा १४ वर्ष उमेर रहेकी सरस्वतीले १६ वर्षमै छोरा जन्माइन । अहिले सरस्वतीको उमेर २० वर्ष भयो भने उनको छोराका उमेर चार वर्ष पुगेको छ । छोरालाई नजिकै विद्यालयमा भर्ना गरेकी सरस्वती आफूले भने सदरमुकाम लिवाङमा व्यापार गरिरहेकी छिन । सदरमुकामको एक विद्यालयमा कक्षा ६ मा अध्ययन गर्दै गर्दा १४ वर्षकै उमेरमै विवाह बन्धनमा बाँधिन पुगिन्, रोल्पा नगरपालिका ४ की गोमा पुन । विवाहपछि लाज लागेका कारण उनले पढाइलाई निरन्तरता दिन सकिनन् । विवाह भएको एक वर्षपछि छोरी जन्माएकी उनको पारिवारिक सम्बन्ध भने सफल हुनसकेन । फलस्वरुप १७ वर्षको उमेरमा श्रीमान्सँग सम्बन्ध विच्छेद गरिन् । उनले हाल सदरमुकाममा व्यापार गरिरहेकी छिन् । यी बालविवाहका प्रतिनिधिमूलक घटना पात्र हुन् । रोल्पा जिल्लामा हुने विवाहमध्ये अधिकांश विवाह उमेर नपुगेरै हुने गरेका छन् । चेतनाको अभाव तथा परम्परागत मूल्यमान्यताका कारण अझै पनि समाजमा ठूलो सङ्ख्यामा बालविवाह भइरहेको छ । कानूनले २० वर्ष उमेर नपुग्दै गरिने विवाहलाई बालविवाह भनिएको छ । बालविवाह गर्नेको सङ्ख्या धेरै भए पनि यस विरुद्ध निकै कम उजुरी आउने गरेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार, आर्थिक वर्ष २०७३÷०७४ मा बालविवाह विरुद्ध दुई वटा उजुरी परेको थियो । आर्थिक वर्ष २०७४/०७५ मा यो सङ्ख्या घटेर एउटा मात्रै मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय रोल्पा मुद्दा फाँटका प्रहरी नायब निरीक्षक हेमन्त केसीले जानकारी दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालयको अभिलेखमा गर्भवती जाँच गराउनेमध्ये ठूलो सङ्ख्याका किशोरी २० वर्ष मुनिका देखिएका छन । अघिल्लो आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा यसरी गर्भवती चेकजाँच गर्ने २० वर्ष मुनिका किशोरीको सङ्ख्या ४७८ रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सिनियर अनमी नैना डाँगीले जानकारी दिए । सोही अवधिमा भएका गर्भपतनमध्ये २६ वटा २० वर्ष मुनिका किशोरीले गराएका छन्, उनले भने । यता अस्थायी साधन प्रयोगकर्ता किशोरीको सङ्ख्या पनि बढ्दै गएको देखिन्छ । सबै प्रकारका अस्थायी साधन प्रयोग गर्ने २० वर्ष मुनिका किशोरीको सङ्ख्या ५५३ रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयको यो तथ्याङ्कले जिल्लामा बालविवाहको रुप भयावह देखिए पनि जिल्ला प्रहरी कार्यालयसम्म आइपुग्ने उजुरी भने नाम मात्रैको छ । बालविवाह गर्नु गैरकानूनी काम हो भन्ने जनतामा चेतना नहुँदा उजुरी कम परेको हुन सक्छ महिला मानवअधिकार रक्षक सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्यले भने । “बालविवाहका अधिकाँश घटना गाउँमै मिलापत्रमा टुग््याइने चलनले पनि प्रहरी समक्ष यस्ता उजुरी निकै कम आइपुग्ने गरेको छ”, आचार्यले भने । जिल्लामा बालविवाह न्यूनीकरणका लागि विभिन्न प्रयाससमेत भइरहेका छन् । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी यूनिटले नियमित रुपमा जनताको सहभागितामा बालविवाह न्यूनीकरण सम्बन्धी चेतनामूलक कार्यक्रम गरिरहेको छ । संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या विकास कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाले जिल्लाका विभिन्न गाउँपालिकामा किशोरी शिक्षासमेत सञ्चालन गरिरहेको बताइएको छ । सुनछहरी गाउँपालिका रोल्पाले गाउँपालिकाभित्रका विद्यालयमा हरेक शुक्रबार किशोरी शिक्षा अध्यापन गराउँदै आएको सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले जानकारी दिए । यसका अतिरिक्त स्थानीय सरकार, आमा समूह र विभिन्न गैरसरकारी संस्थालेसमेत बालविवाह न्यूनीकरण अभियान सञ्चालन गरिरहेको छ तर पनि जिल्लामा बालविवाह दर बढ्दो छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies