Khabar Dabali २७ पुष २०८२ आईतवार | 11th January, 2026 Sun
Investment bank

साना घर निर्माण गर्नेलाई निःशुल्क नक्सा बनाइदिइने

हेटौँडा, १३ असोज । हेटौँडा उपमहानगरपालिकाले साना खालका घर निर्माण गर्ने नागरिकलाई निःशुल्क नक्सा बनाइदिने अभियान शुरु गरिएको छ । अभियानअन्तर्गत अहिलेसम्म ४०० निवेदन परिसकेको उपमहानगरपालिकाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

सो अवसरमा उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले हेटौँडा अस्पतालमा निःशुल्क रुपमा मिर्गौला डायलासिस गर्नका लागि काम शुरु गर्न लागिएको बताउँदै मिर्गौला डायलासिसका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हटाउनका लागि उपमहानगरपालिकाले हेटौँडा अस्पताल सँगको सहकार्यमा सो अभियान शुरु गरिएको जानकारी दिए ।

हेटौँडामा भ्यू टावर सहितको सफा, सुन्दर र ठूलोे बसपार्क निर्माण गरिने योजना रहेको बताउँदै उनले स्वदेशी उत्पादनलाई प्रवद्र्धन हुनेगरी मेला महोत्सव गर्ने कार्यलाई प्रोत्साहन गर्ने नीति उपमहानगरपालिकाको रहेको धारणा व्यक्त गरे ।

प्रमुख महतले विभिन्न खालका दुई दर्जन भन्दा बढी सिफारिश निःशुल्क रुपमा गर्ने गरेको चर्चागर्दै उपमहानगरपालिकाले निर्माण गरेका सडकलाई फराकिलो पार्ने र त्यहाँ फलफूल लगाउने काम जारी राखेको बताए । उपमहानगरपालिकाले कभर्डहल निर्माणमा रु डेढ करोडभन्दा बढी खर्च गरिसकेको उल्लेख गर्दै उनले टाटा सुमो व्यवस्थापन, मोटरसाइकल पार्किङ व्यवस्थापन, कान्तिलोक पथमा रोड डिभाइडर, वृक्षरोपण तथा सडक पेटीमा पुष्प बगैँचा निर्माणलगायत महत्वपूर्ण काम गरिएको बताए । आम्दानी रु एक अर्ब ४२ करोड  उपमहानगरपालिकाले गत आर्थिक वर्षमा आन्तरिक र बाह्य गरी कूल रु एक अर्ब ४२ करोड ९५ लाख ९४ हजार आम्दानी गरेको छ । तीमध्ये रु एक अर्ब २४ करोड तीन लाख बाह्य र रु १८ करोड ९२ लाख ८९ हजार आन्तरिक आम्दानी गरेको छ । कूल आम्दानीमध्ये उक्त अवधिमा रु एक अर्ब १५ करोड नौ लाख खर्च गरिएको उपमहानगरपालिकाले जनाएको छ । यसैगरी गत आवमा सानाठूला योजना गरी ४६८ वटा योजना सम्पन्न भएका छन् । तीमध्ये सामाजिक विकासतर्फ १३७ वटा योजना सम्पन्न भएको उपमहानगरपालिकाका सूचना अधिकारी शंकर उपाध्यायले बताए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending